Thursday, June 12सत्यम खबर
Shadow

संरक्षणका लागि सामुहिक एक्येबद्धता हुन जरुरी रहेकोमा जोड

नेपालगन्ज, ११ जेष्ठ – बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सामुहिक एक्येबद्धता जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा शनिबार बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरु संग गरीएको अन्तत्र्रिmया कार्यक्रमका सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन । उनिहरुले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणका लागि बनाएका योजना तथा कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सहभागी हुन सकेमा पर्यावरणीय संरक्षण हुनुका साथै पर्यापर्यटनले पनि फड्को मार्ने बताएका हुन ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले अहिले बन्यजन्तुको संख्यामा बृद्धि भएको बताउँदै स्थापनाको उदेश्य अनुसार कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन २०२२ को सर्वेक्षण अनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन ।

यस्तै स्तनधारी बन्यजन्तु ३४, चरा २ सय ७६, सरिसृप २४, उभयचर ९ र माछा ५५ गरी ४ सय २२ प्रजाति रहेका छन् । जसमा दुर्लभ र सामान्य गरेर समेत प्रजातिको विभाजन गरिएको छ । यस्तै निकुञ्जका संरक्षण अधिकृत मन्दिप पंगेनीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा ८० वटा कृतिम पोखरी निर्माण गरिएतापनि १६ वटा मात्र सञ्चालित अवस्थामा रहेका छन् । जसमध्ये १३ वटामा सोलार सिस्टम जडान गरिएको छ । नेपालको १० औ राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको निकुजले सबै सरोकारवालाहरुसंग समन्वयात्मक रुपमा कार्य अगाडि बढाइएको पनि संरक्षण अधिकृत पंगेनीले बताउनुभयो ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले पत्रकार महिलाहरुले जङ्गगल सफारीका साथै जैविक विविधता संरक्षणका लागि स्थलगत रिपोर्टिङ्ग गर्दा विविध वातावरणीय सवालका बारेमा उजागर भएको बताउनुभयो । यस्तै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले स्थलगत रिपोर्टिङ्गले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु र तिनको बासस्थान, बनेका भौतिक संरचना, बन्यजन्तुको आहार ब्यहारका साथै मध्यवर्ती क्षेत्र ब्यबस्थापनका बिषयमा पनि मिडियामा सवाल उठाउन सहज भएको बताउनुभयो । अध्यक्ष गिरीले वातावरणीयसंगै आगामी दिनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत बिविध बिषयगत क्षेत्रको सामुहिक अवलोकन गर्ने र बिषयबस्तु उठान गर्ने बताउनुभएको छ ।

शनिबार गरिएको जङ्गल सफारी र अन्तक्र्रिया कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलारुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *