Thursday, June 12सत्यम खबर
Shadow

पत्रकार आचारसंहिता र हकहितको लागि प्रतिबद्ध छु : अध्यक्ष अधिकारी

नेपालगन्ज, ९ जेष्ठ – अनलाईन टिभी पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीती नियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आज नेपालगन्जमा सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दे अध्यक्ष अधिकारीले डिजिटल मिडियाको युगमा अनलाईन टेलीभिजन पत्रकारितामा आउनेलाई स्वागत गर्दे पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न, काम गर्ने, अनलाईन पत्रकारिता विकासका लागि भुमिका निर्वाह गर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि सिप प्रदान गर्ने बताउनुभयो ।

उहाँले पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधै प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । उहाँले भन्नुभयो ,“जवाफदेहीता र पारदर्शिताका लागि अनलाईन टेलीभिजनले प्रस्तुत गरिरहेको भाषा र शैलीका बिषयमा थप संयमित हुँदै आवाज बिहीनहरुको आवाजका रुपमा काम गर्नुपर्छ । यस बिषमया लुम्बिनी प्रदेशभरी अभियान लिएर जानेछौ ।”

आज बसेको बैठकले एआईको प्रयोगलाई ब्यबस्थित बनाउँदै प्राविधिक बिषयमा ज्ञान प्रदान गर्ने, स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरी मिडियामा प्रविधिको प्रयोगको सही प्रयोगमा सहजीकरण गर्ने र अनलाइन टेलीभिजनहरुले गरेको क्रियाकलापको अनुगमन गरी सही परामर्श दिने र विकासको काममा सहयोगी बनाउन अनलाइन टेलभिजनहरुलाई एकिकृत गर्ने बिषयमा निर्णय भएको छ ।

अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो बैठक दाङ जिल्लामा असार महिनामा बस्ने र जेष्ठ महिनाको अन्तिमतिर बर्दिया जिल्लामा शाखा विस्तार गर्ने समेत निर्णय गरिएको सचिव साबित्री गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार क्रमश लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुमा शाखा विस्तार गरी विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गरिने मुख्य उद्देश्य संघको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *