
रुपैडीहा, २५ बैशाख – भारत नेपाल सीमा बन्द हुने अफवाह मात्र भएकाे सशस्सात्र सीमा बलले बताएकाे छ ।
स्थानीय र एसएसबीका अधिकारीहरूले स्पष्ट गरे कि रुपैडीहा सीमानाकामा आवागमन र व्यापारले सामान्य रूपले जारी रहेकाे जनाएका छन् । दुबै देशका नागरिकहरूले आफ्नाे परिचय खुल्ने कार्ड देखाउँदै सीमानाका पार गरिरहेकाे बताए ।
बुधबार राती भारतद्वारा पाकिस्तान माथि चलाईएकाे सिन्दुर अपरेशनले गर्दा सीमानाका बन्द भएकाे झुठाे अफवाह मात्र फैलाईएकाे भएपनि हाल व्यापारिक आवागमनका साथै बाहनहरू समेत ओहाेरदाेहाेर भईरहेकाे रूपैडीहा स्थित सञ्चारकर्मी सन्ताेष शुक्लाले बताएका छन् ।