Thursday, May 22सत्यम खबर
Shadow

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवा, ३१ बैशाख – डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो ।

जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनुभयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो ।

पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो ।

सर्भेक्षणमा विशेषगरि व्यक्तीगत, संस्थागत, र व्यवसायिक विवरण अन्तर्गतका सूचनाहरु संकलन गरिने सूचना प्रविधी अधिकृत शुरेसकुमार बर्माले बताउनुभयो । उहाँले विवरण संकलनकर्तालाई तालिम दिएर मोवइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तीको प्रोफाईल तयार गरिने बताउनुभयो ।

डुुडुवामा रहेका १० हजार घुरधुरीको विवरण संकलन गरिनेछ । पालिकाले घरधुरी सर्भेक्षकलाई दुई दिनको तालिम दिएको छ । प्रयोगात्मक तालिममा विज्ञ परामर्शदाता त्रिलोचन भुषाल र सर्वज्ञ श्रेष्ठले अनलाईन सफ्टवेयरका बारेमा जानकारी गराउनुभएको थियो । अनलाईन सर्भेक्षणले व्यक्तीगत, संस्थागत, व्यवसायिक, शिक्षा, स्वास्थ्य कृषिलगायत सम्पुर्ण विवरण तयार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *