अधिवक्ता रामकुमार दीक्षितले छोडे नेकपा एमाले
नेपालगन्ज, २५ भदौ – अधिवक्ता रामकुमार दीक्षितले नेकपा एमालेबाट राजीनामा दिएका छन् । अधिवक्ता दीक्षितले एउटा विज्ञप्ती जारी गर्दै आजकै मितिबाट नेकपा एमालेको कुनै पनि पदमा नबस्ने भन्दै विज्ञप्ती जारी गर्दै राजीनामा दिएका छन् ।
विज्ञप्तीमा “नेपालको संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने गरी केही दिन अगाडी नेपाल सरकारले सामाजिक संजाललाई बन्द गर्ने गरी गरेको अदुरदर्शी एवं घातक निर्णयले व्याप्त महंगी, बेरोजगारी, भ्रष्टाचार, कुशासनले आजिज युवाहरुको आक्रोशमा घ्युको काम गर्यो र काठमाडौँ लगायत देशभरमा उर्लेको निहत्था युवाहरुको महासागरलाई नियन्त्रणको नाममा भीड नियन्त्रण गर्ने सिद्धान्त विपरित २०८२÷५÷२३ गते टाउको, निधार र छातीमा ताकी ताकी गोली हानी १९ जना सपूतको हत्या र हजारौ युवाहरुलाई घाइते बनाएको प्रति स्तव्ध हुन् स्वाभाविक नै हो । सम्पूर्ण युवा सहिदलाई हार्दिक श...









