Saturday, April 26सत्यम खबर
Shadow

साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

नेपालगन्ज, २९ चैत – नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले गत चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरु मध्ये आधा भन्दा धेरै ईट्टा उद्योगहरुमा नोक्सानी भएको बताउनु भयो ।
अध्यक्ष वलीले विभिन्न ठाउँमा रहेका ईट्टा उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब–करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य जोड्दा करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको बताउनुभयो ।

अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए ।

एउटा काँचो ईट्टा तयार गर्दा करीब–करीब ५ रुपैयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । सोमा प्रयोग हुने माटो, पानी, मजदुरीलगायत प्रयोग गरी तयार गरिन्छ भने सो तयार भईसकेपछि सुकाउनका लागि खुला ठाउँमा राखिने गरिएको हुन्छ । तर सोही बेला हावाहुरी तथा पानी परेको हुँदा सो भिœयाउन नपाउँदै नोक्सानी भएको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सुर्यमणि पौडेलले बताउनुभयो ।

श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले दिएको जानकारी अनुसार अस्ती आएको हावाहुरी तथा पानीले गर्दा मेरो उद्योगमा मात्रै करीब १० लाख बढी ईट्टाहरु नोक्सानी भएको छ । जसको अनुमानित मूल्य निकाल्दा ५५ लाख बराबर नोक्सानी भएको बताउनुभयो ।

आफ्नो पीडा पोख्दै सञ्चालक सिंहले ‘हाम्रो पीडा कसले बुझ्ने, हामी प्रति सहानुभूतिसम्म कसैले प्रकट गर्दैनन् । हाल सञ्चालनमा रहेको ईट्टा उद्योगहरु प्रायः बैंक ऋणबाट सञ्चालनमा रहेका छन् । तर बैंकले ब्याज समयमा नपुगे फोन गर्छन, नोक्सानी कति भयो, बुझ्न कहिल्यै फोन गर्दैनन्’ उहाँले भन्नुभयो ।

सम्बन्धित सरोकारवाला पक्षहरुको यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउँदै ईट्टा उद्योगीहरुले काँचो ईट्टाको बीमा व्यवस्था भई दिएको भए हामी उद्योगीहरुलाई समेत केही राहत मिल्ने थियो । यसतर्फ सरोकारवाला निकायले पहलकदमी गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *