Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

खजुरा गापा अध्यक्ष बिकले अमानवीय, अमर्यादित, तुच्छ शब्द प्रयोग गरेको भन्दै खेद प्रकट

खजुरा गापा अध्यक्ष बिकले अमानवीय, अमर्यादित, तुच्छ शब्द प्रयोग गरेको भन्दै खेद प्रकट

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १० भाद्र – नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गरेको भन्दै प्रेस मिटको आयोजना गरी खेद प्रकट गर्दै कानुनी उपचारमा जाने भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । जारी विज्ञप्तीमा ‘यही भदौ ५ गते हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज कमरेड खेममान खड्काले हाम्रो पार्टीका अध्यक्ष एवम् निवर्तमान खजुरा गाउँपालिकाका अध्यक्ष कमरेड किस्मतकुमार कक्षपतिलाई पार्टी कामको सन्दर्भमा गाउँपालिकाको स्वमात्विमा रहेको ९८५८०६०११५ मा फोन सम्पर्क गर्दा हालका गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले हाम्रा अध्यक्षलाई अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गर्दै पार्टी नेता एवम् इन्चार्ज समेतलाई गाली, बेइजती र अपशब्द प्रयोग गरेकोमा अध्यक्ष...
महासचिव रानाभाटद्वारा पत्रकार त्रिपाठीलाई धम्की

महासचिव रानाभाटद्वारा पत्रकार त्रिपाठीलाई धम्की

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ५ भाद्र – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना स्थलबाट रिर्पोटि· गर्ने क्रममा महासचिव पदका उम्मेदवार भीमबहादुर रानाभाटले क्यामरा अगाडी खुलेआम पत्रकार चन्द्रेश्वरराज त्रिपाठीलाई धम्की दिएका छन् ।सत्यमखबरका सञ्चालक त्रिपाठीको भनाई अनुसार केही मतको कुरालाई लिएर विवाद सृजना भएको तथा एउटा पक्षले मतगणना हुनु पर्छ भनेको छ भने अर्को पक्षले मत परिणाम घोषणा भईसकेपछि मत गणना हुनु हुँदैन भनी रहेकै अवस्थामा क्यामरा अगाडी भीमबहादुर रानाभाटलाई प्रश्न गर्दै निर्वाचन अधिकृतले राखेको भनाई प्रति तपाईको प्रतिकृया के भन्दा रानाभाट पत्रकार माथि नै खनिएका थिए । पत्रकार माथि विभिन्न आरोप लगाउँदै तपाईले देखिरहनु भएको छ म ७ मतले विजयी भएको हुँ, तपाई कसको पत्रकार हो ? तपाई एक पक्षमा समाचार बनाउनु भयो ? तपाईलाई अगामी दिनमा पत्रकारिता गर्नु छ छैन ? भन्दै आक्रोश पोख्दै राखिएको टेबुल ठोक्दै...
जय किसान बहुप्राविधिक शिक्षालयको आफ्नै वेबसाइट

जय किसान बहुप्राविधिक शिक्षालयको आफ्नै वेबसाइट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
प्रमोद सहनीरौतहट, ३२ श्रावण - रौतहटका जय किसान पोलिटेक्निकल ईन्स्टिच्युट डिजिटल मैत्री बनेको छ । रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ९ मा अवस्थित जय किसान बहुप्राविधिक शिक्षालयले छिटोछरितो पहुँच पुर्‍याउन डिजिटल प्रविधिमा जोड दिएको छ ।अहिलेको युग डिजिटल युगको भएको भन्दै डिजिटल प्रविधिलाई मूलधार ल्याएको जनाइएको छ । रौतहटको एक मात्र शिक्षालय जय किसान बहुप्राविधिक शिक्षालयले मंगलबार पूर्ण विधिवत डिजिटल प्रविधिक रुपमा प्रवेश गरेको छ । अब यो शिक्षालय सधैंका लागि प्रविधीमैत्री बनेको जय किसान बहुप्राविधिक शिक्षालयको दावी छ ।सुम्निमा बहुप्राविधिक शिक्षालयलका शिक्षालय प्रमुख राजीव कुमार ठाकुर र जय किसान बहुप्राविधिक शिक्षालयका प्रमुख ई. धनोजकुमार यादवले डिजिटल मैत्री बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।शिक्षालय डिजिटलमैत्री भएपछि सबैले शिक्षालय सम्बन्धी प्रत्येक गतिविधि तथा क्रियाकलाप ...
भ्रष्टाचारमा हुवावेको प्रयोग

भ्रष्टाचारमा हुवावेको प्रयोग

अपराध, आर्थिक, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, सूचना-प्रबिधि
मनोज घिमिरे७ श्रावण २०८०, आइतबारअल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग भएका कारण घुस खोरी र भ्रस्टाचार भएको थियो। यसै कारण पश्चिमा देशले हुवावेप्रति आक्रोश व्यक्त गर्छन्। पश्चिमा देशले हुवावेमाथि लगाउँदै आएको जासुसीको आरोप पुष्टि हुने धेरै आधार देखिन थालेपछि भ्रष्टाचारमा पनि संलग्न भएको तथ्य सार्वजनिक भएको हो। सन् २०१९ को अन्त्यमा कोरोना महामारी सुरु हुनु भन्दा अघि नै यस्ता अनेकन् घटनामा हुवावेको संलग्नता देखिएको थियो। चाहे त्यो जाम्बिायामा होस् या सालोमान टापुमा होस्। जाम्बियाको ग्रामीण क्षेत्रमा सेल् टावर बनाउने मल्टी मिलिनियर ठेक्काका थुप्रै कुरामा भ्रष्टाचारको आरोप लागेको थियो। सालोमान टापुमा समुद्र मुनी फाइबर अब्टीक केबल बिछ्याउने क्रममा लाखौँ डलर...
भ्रमणमा रहेका चिनियाँ नेता युआनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल सम्वाद

भ्रमणमा रहेका चिनियाँ नेता युआनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल सम्वाद

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ७ श्रावण – नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।...
चीनः अब टवाइलेटमा पिशाव फेर्नुहोस, मुत्र परिक्षणको रिर्पोट लिएर निस्कनु होस्

चीनः अब टवाइलेटमा पिशाव फेर्नुहोस, मुत्र परिक्षणको रिर्पोट लिएर निस्कनु होस्

आर्थिक, आस्था, कला/साहित्य, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ३० अषाढ – चीन आफ्नो आधुनिकताका लागि विश्वभर प्रसिद्ध छ। तपाईले यहाँ यस्ता आविष्कारहरू र अनौठो चीजहरू देख्नु हुनेछ, जुन तपाईले अरू कतै विरलै देख्नुहुनेछ। यदि यो अन्य कतै देखेको छ भने मान्नुहाेस यो चीनमा धेरै पहिले तयार भएको हुनुपर्छ। आजकल यस्तै एउटा आविष्कारले मानिसहरुको ध्यान तानिरहेको छ । चिनियाँ युरिनल अर्थात् हाईटेक युरिनल चर्चामा छ, जसमा पिसाब गरेपछि सजिलै जाँच गर्न सकिन्छ। यसको प्रयोगको लागि त्यहाँ मूल्य तिर्नुपर्छ। अडिटी सेन्ट्रल न्युज वेबसाइटको रिपोर्ट अनुसार बेइजिङ लगायत चीनका अन्य सहरहरूमा (चाइना युरिन टेस्ट इन युरिनल) सार्वजनिक ठाउँका बाथरुममा विशेष युरिनल (शुल्क तिरेर युरिनले पिसाब परीक्षण) स्थापना भइरहेका छन् । यी पिसाबहरू मल वा घुम्न जाने ठाउँहरूमा पनि जडान गरिएको छ। यिनीहरुको बिशेषता यो हो कि यसमा पिसाब गर्दा कसैले चाहेमा आफ्नो पिसाब पनि परिक्षण गर्न सक्छ । ह...
कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् । स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ ...
चीनको नक्सामा नेपालको आधा हिस्सा

चीनको नक्सामा नेपालको आधा हिस्सा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ३२ जेठ – नक्सा विवाद चलिरहेकै बेला चीनको नक्सा पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको चिनको नक्सामा नेपालका धेरै जसो भाग समेटिएको हुँदा उक्त नक्सामाथि सार्वजनिक सञ्जालमार्फत विरोध जनाईएको छ ।केही दिन अगाडी मात्र भारतले आफ्नो नयाँ बनाईएको सांसद भवनमा राखेको नक्सामा नेपालको केही भूभाग समेटिएको विषय हाल सार्वजनिक सञ्जालमा ततिएको अवस्था रहेकै बेला चीनको नक्साले समेत तताएको देखिन्छ ।सार्वजनिक सञ्जालमा सुरेश कुमारले नक्सासहित पोष्ट गर्दै लेखेका छन्– “नक्सा पछि नक्सा, अहिले चीनको पुरानो नक्सामा नेपालको आधारभन्दा बढी हिस्सा चीनको भूभाग देखाइएको छ । अब हाम्रा राष्ट्रवादी साथीहरु अगाडी आउनुपर्छ र हाम्रो मातृभूमिको रक्षा गर्नुपर्छ । हामी तपाईको साथमा छौं” भनी उल्लेख गरिएको छ ।...
भारतीय पत्रकारकाे भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कदै

भारतीय पत्रकारकाे भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कदै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ३२ जेठ – चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्। यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस बर्षकाे सुरूवातीमा चार भारतीय पत्रकार चीनमा थिए । चीन र भारतले दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ–आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि छाड्न भनिएको छ। ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार यस मामिलासँग परिचित व्यक्तिका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएका छन्। ती पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । र, यसले सम्बन्ध बिग्रँदै गएको विश्वलाई देखाउ...