Thursday, February 13सत्यम खबर
Shadow

चीनको नक्सामा नेपालको आधा हिस्सा

काठमाण्डौ, ३२ जेठ – नक्सा विवाद चलिरहेकै बेला चीनको नक्सा पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको चिनको नक्सामा नेपालका धेरै जसो भाग समेटिएको हुँदा उक्त नक्सामाथि सार्वजनिक सञ्जालमार्फत विरोध जनाईएको छ ।
केही दिन अगाडी मात्र भारतले आफ्नो नयाँ बनाईएको सांसद भवनमा राखेको नक्सामा नेपालको केही भूभाग समेटिएको विषय हाल सार्वजनिक सञ्जालमा ततिएको अवस्था रहेकै बेला चीनको नक्साले समेत तताएको देखिन्छ ।
सार्वजनिक सञ्जालमा सुरेश कुमारले नक्सासहित पोष्ट गर्दै लेखेका छन्– “नक्सा पछि नक्सा, अहिले चीनको पुरानो नक्सामा नेपालको आधारभन्दा बढी हिस्सा चीनको भूभाग देखाइएको छ । अब हाम्रा राष्ट्रवादी साथीहरु अगाडी आउनुपर्छ र हाम्रो मातृभूमिको रक्षा गर्नुपर्छ । हामी तपाईको साथमा छौं” भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *