
नेपालगन्ज, ५ भाद्र – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना स्थलबाट रिर्पोटि· गर्ने क्रममा महासचिव पदका उम्मेदवार भीमबहादुर रानाभाटले क्यामरा अगाडी खुलेआम पत्रकार चन्द्रेश्वरराज त्रिपाठीलाई धम्की दिएका छन् ।
सत्यमखबरका सञ्चालक त्रिपाठीको भनाई अनुसार केही मतको कुरालाई लिएर विवाद सृजना भएको तथा एउटा पक्षले मतगणना हुनु पर्छ भनेको छ भने अर्को पक्षले मत परिणाम घोषणा भईसकेपछि मत गणना हुनु हुँदैन भनी रहेकै अवस्थामा क्यामरा अगाडी भीमबहादुर रानाभाटलाई प्रश्न गर्दै निर्वाचन अधिकृतले राखेको भनाई प्रति तपाईको प्रतिकृया के भन्दा रानाभाट पत्रकार माथि नै खनिएका थिए ।

पत्रकार माथि विभिन्न आरोप लगाउँदै तपाईले देखिरहनु भएको छ म ७ मतले विजयी भएको हुँ, तपाई कसको पत्रकार हो ? तपाई एक पक्षमा समाचार बनाउनु भयो ? तपाईलाई अगामी दिनमा पत्रकारिता गर्नु छ छैन ? भन्दै आक्रोश पोख्दै राखिएको टेबुल ठोक्दै धम्की दिएका छन् ।’ त्यति मात्र नभई महासचिवले पालेका गुण्डाहरुले समेत धम्कीपूर्ण भाषाको प्रयोग गर्दै पत्रकारलाई धम्की दिएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।’

पत्रकार त्रिपाठीका अनुसार ‘मैले रिर्पोटि· गरेको सम्पूर्ण भिडियोहरु सत्यमखबर डटकम पेजमा सुरक्षित रहेको छ, महासचिव पदका उम्मेदवार रानाभाटद्वारा लगाईएको आरोपमा कतिको सत्यतथ्य छ, उक्त भिडियो हेर्दा आफै सबैजनामा प्रष्ट हुन्छ । तर मैले निष्पक्ष रिर्पोटि· गर्ने क्रममा यस्तो धम्की दिनु गलत हुनुका साथै सञ्चारकर्मीहरुको स्वतन्त्रतामा समेत अंकुश लगाउन खोज्नु सरह भएको बताउनुभयो ।
