Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

साइबर अपराध बारे सचेतना

साइबर अपराध बारे सचेतना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र सम्भवतः पहिलो पटक नै आयोजना गरिएको साईबर अपराध सचेतना कार्यक्रम आज नेपालगन्जमा सम्पन्न गरिएको छ ।प्रमुख जिल्ला अधिकार विपिन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साईबर अपराध सचेतना कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर रहेका थिए ।प्रमुख अतिथि आचार्यले यस्तो खाले साइबर सचेतना मूलक कार्यक्रम बेलाबखत हुनुपर्छ । प्रायः नयाँ जेनेरेशनले बुझ्नु पर्ने हुन्छ सार्वजनिक सञ्जालमा हजुरले चाहेको सबथोक पाउनु हुन्छ तर अध्ययन सम्बन्धी यदि कुनै पनि बेभ भित्र हजुरको व्यक्तिगत डाटाहरु मागि रहेको छ भने त्यसभित्र शंका गर्ने स्थान भएको हुँदा त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो ।उहाँले यहाँबाट साइबर अपराध सचेतना बारे सिकेका तथा दफा ४७ को सूचना बारे बाहिर सबलाई जानकारी गराउन सके यस कार्यक्रमले सोचे जस्तो प्रतिफल अवश्यक दिने बताउनुभयो ।...
माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ जेठ – आफ्नो माँग सम्बोधन नभएपछि डुडुवा गाऊँ पालिका वडा नं.५ र ६ का वडा अध्यक्षले डुडुवा गाऊ पालिका कार्यालय घेराउ गर्न निर्णय सार्वजनिक गरेका छन । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएका भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गर्ने निर्णय सार्वजनिक गरेका छन । वडा अध्यक्ष अनुसार स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाऊँ पालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर...
खतरनाक चिनियाँ साइबर अपराध

खतरनाक चिनियाँ साइबर अपराध

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १७ बैशाख – चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ। विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनियाँ गिरोहले रुसी फिरौती असुल्ने ग्याङलाई हस्तान्तरण गरेको छ। यसका बारे अध्ययन गर्नेले गरेको खुलासा अनुसार फ्रान्समा समाजसेवाका संस्थालाई आक्रमण गर्ने क्रममा यसको प्रयोग हुने गरेको थियो। यसको निर्माण पनि फ्रान्सलाई नै लक्षित गरेर भएको हो। सन् २०२२ को सुरुवातदेखि नै यसको प्रयोग गरेर आक्रमण गर्ने काम हुने गरेको थियो। सन् २०२२ को गृष्म ऋतु भन्दा अघि नै चिनियाँ सिल्करोडर कम्पनीको उत्पादनलाई चिनियाँ आपराधिक समूहले सबैभन्दा धेरै प्रयोग गरेका थियो। पूर्वी एसियाका हङकङ लग...
विज्ञान र प्रविधिमा नयाँ वहसको सृजना गर्दै सकिएको हिमालयन साईन्स फेस्टिवल

विज्ञान र प्रविधिमा नयाँ वहसको सृजना गर्दै सकिएको हिमालयन साईन्स फेस्टिवल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ फागुन – विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ ।विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुआत गरेको छ ।आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक आतंक बस्नेतले उत्साह जनक रुपमा फेस्टिवलको दोस्रो संस्करण सकिएको बताए । उनले भने, ‘हामी निकै खुसी छौं । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालगन्जबाट नयाँ वहसको सुरुआत भएको छ । विद्यालयहरुको सहभागिता निकै उत्साहजनक रुपमा भयो । गत संस्करणको तुलनामा प्रोजेक्टहरु पनि उत्कृष्ट आए । यसले विद्यार्थीहरुमा नयाँ खोज, अनुसन्धान गर्ने बानीको विकास भएको छ । र अनुसन्धानमा लागेका विद्यार्थीलाई आफनो प्रोजेक्ट देखाउने फेस्टि...
सुरु भयो दोस्रो हिमालयन साईन्स फेस्टिवल

सुरु भयो दोस्रो हिमालयन साईन्स फेस्टिवल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ फागुन – नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अनुसन्धान गरिरहेका विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्न आयोजना गरिएको हिमालन साईन्स फेस्टिवलको दोस्रो संस्करण नेपालगन्जमा सुरु भएको छ ।मंगलबार नेपाल सरकारको सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले लुम्बिनी प्रदेश स्तरीय फेस्टिवलको उद्घाटन गरिन् । प्रविधिको प्रयोग गर्दै रिर्मोटबाट दिप प्रज्वलन गरेर प्रमुख अतिथि शर्माले फेस्टिवलको उद्घाटन गरेकी थिईन् ।अबको युग प्रविधिको भएकोले राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनु पर्ने अवस्था रहेको मन्त्री शर्माले बताईन । राज्यले अब नयाँ खोज, अनुसन्धान र प्रविधिको विकासको योजना बनाएर काम गर्नेमा उनले जोड दिईन । मन्त्रीले शर्माले भनिन, ‘हामीलाई एउटा सफटवेयर आवश्यक पर्दा विदेशमा बनाउनु पर्ने अवस्था छ । अहिलेको युगमा संसारसँग प्रतिस्पर्धा गर्ने हो भने त्यो प्रविधि हो । हामीले विकास र...
भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २३ माघ – भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ। यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ। प्रसारणको विषयवस्तुमा शिक्षा र साक्षरताको प्रचार–प्रसार, कृषि तथा ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण, विज्ञान तथा प्रविधि, महिला कल्याणलगायतका राष्ट्रिय महत्त्वका विविध विषय र सामाजिक सान्दर्भिक विषयवस्तु समेटिएको हुनुपर्नेछ।...
चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा (बाँके) २३ पुस । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि आईतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ ।गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनु भएको छ ।यसविचमा सामुदायिक विद्यालयहरुमा सञ्चालित परिक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परिक्षा विद्यालय खुलेपछि पुर्ववत अनुसार सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।...
नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा 

नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा 

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १३ पौष – नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगन्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेसँगै यहाँका २३ वटै वटा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्नेछ ।इन्टरनेट शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३ लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्याइएको बताउनुभयो । उहाँले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताउनुभयो । “तपाईंहरु पनि अब सूचना प्रविधिसंग जोडिनुभएको छ, सूचनाको अधिकार ...
चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ४ पौष – अमेरिकी माथिल्लो सदन सिनेटले चिनियाँ एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरको छ ।अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको छ । पारित भएको प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ । चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।अमेरिकी...