Thursday, April 23सत्यम खबर
Shadow

जय किसान बहुप्राविधिक शिक्षालयको आफ्नै वेबसाइट

प्रमोद सहनी
रौतहट, ३२ श्रावण – रौतहटका जय किसान पोलिटेक्निकल ईन्स्टिच्युट डिजिटल मैत्री बनेको छ । रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ९ मा अवस्थित जय किसान बहुप्राविधिक शिक्षालयले छिटोछरितो पहुँच पुर्‍याउन डिजिटल प्रविधिमा जोड दिएको छ ।
अहिलेको युग डिजिटल युगको भएको भन्दै डिजिटल प्रविधिलाई मूलधार ल्याएको जनाइएको छ । रौतहटको एक मात्र शिक्षालय जय किसान बहुप्राविधिक शिक्षालयले मंगलबार पूर्ण विधिवत डिजिटल प्रविधिक रुपमा प्रवेश गरेको छ । अब यो शिक्षालय सधैंका लागि प्रविधीमैत्री बनेको जय किसान बहुप्राविधिक शिक्षालयको दावी छ ।
सुम्निमा बहुप्राविधिक शिक्षालयलका शिक्षालय प्रमुख राजीव कुमार ठाकुर र जय किसान बहुप्राविधिक शिक्षालयका प्रमुख ई. धनोजकुमार यादवले डिजिटल मैत्री बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।
शिक्षालय डिजिटलमैत्री भएपछि सबैले शिक्षालय सम्बन्धी प्रत्येक गतिविधि तथा क्रियाकलाप लगायत सुचना, जानकारी सजिलै प्राप्त गर्न सकिने जय किसान बहुप्राविधिक शिक्षालयका प्रमुख यादवले बताए ।
यादवले यो प्रविधिमार्फत सबै भन्दा लाभान्वित यस शिक्षालयमा अध्य्यन गर्न खोज्ने र अध्य्यनरत विद्यार्थी हुने बताउँदै हरेक नागरिकसम्म शिक्षालय सम्बन्धी सहज रुपमा सुचना  पुग्ने बताए । समयसँगै आवश्यकता हेरेर वेबसाइटलाई परिमार्जन गरिदैँ जाने शिक्षालयका प्रमुख ई.धनोजकुमार यादवकाे भनाई छ ।
लिङ्क वेवसाइट –https://jkp.edu.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *