
नेपालगन्ज, १२ असार – वाटर पार्कमा सञ्चालनमा आएको मोटर बोट (बोटिङ) विवादमा तानिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ र १८ मा रहेको वाटर पार्कमा बोटिङ सञ्चालनमा २ करोड रकम ठगी भएको आरोपमा विवाद भएको हो ।
काठमाण्डौ महानगरपालिका वडा नम्वर २६ बस्ने बोटे बोरा प्रालीका सञ्चालक विष्णुबहादुर ढकाल र दोस्रो पक्ष भनिने नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ बस्ने रम्मी गिरीको २०८०/०८/२० गते ५०/५० प्रतिशत शेयर लगानीमा सञ्चालन गर्ने सम्झौता भएको थियो । तर बोेटे बोरा प्रालिका सञ्चालक विष्णु ढकालले करिब १५ महिनाको हिसाव नदेखाएर लगानी गरेको रकम २ करोड समेत ठगी गरेको रम्मी गिरीले दाबी गरेकी छिन् ।
बोटिङ खरिद गरेर सञ्चालन गर्नका लागि ११ सिटर बोट खरिदको लागि ४३ लाख रुपैँया लगानी गरेका थिए तर बोटे बोरा प्रालीका सञ्चालक विष्णुबहादुर ढकालले नयाँ बोट खरिद नगरि भाडामा ल्याएर शुरु मै त्यो रकम ठगी गरेका थिए । उनले भाडामा ल्याएको बोट खरिद गरेर ल्याए तर बोटको साहु भाडा लिन आएको बेला खरिद नगरी भाडामा ल्याएको जानकारी भएको ५० प्रतिशत लगानी गरेकी रस्मी गिरेले जानकारी गराईन । त्यो सँगै ६ महिना भाडा सहित व्यवस्थापन खर्च २५ लाख, माछा पालन तथा अन्य खर्च १५ लाख, काउन्टर सेड तयार गर्न लाख ५० हजार, बजार व्यवस्थापन २ लाख ५० हजार, कफि सप–पानी माथिको संरचना तयार गर्न १० लाख र अन्य व्यवस्थापन १० लाख गरी एक करोड ८ लाख लगानी रस्मी गिरीले एकलैले लगानी गरेका थिए ।
तर सम्झौतामा पहिलो पक्ष भनिएको ५० प्रतिशत लगानी गर्ने भनिएका बोटे बोरा प्रालीका सञ्चालक ढकालले कुनैपनि लगानी नगरी झुक्याएर सबै रस्मी गिरी मार्फत नै लगानी गराएको पुष्टी भएको देखिन्छ ।
बोटे बोरा प्रालीका सञ्चालकले रस्मी गिरीसँग पहिलो चरणमा ५८ लाख लिए जसमा २२ लाख मात्र खर्च भएको देखाए । अरु पैसा खर्च कहाँ भयो भनेर सोधपुछ गर्दा एकै ठाउँमा बसेर हिसाब फर्छौट गरौँ भन्दा अलटाल गरेको १५ महिनासम्म कुनै हिसाब देखाएका छैनन् । उनले नेपालगन्जको पुष्पलाल चोकमा रहेको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्वर ०६२०१०१०००९२७० खाताबाट १४ लाख २२ हजार ७ सय १८ रुपैँया शाखा प्रबन्धकको मिलेमतोमा एकल हस्ताक्षर गरेर निकालेर त्यो खाता समेत बन्द गरिसकेको छन् ।
रस्मी गिरीले मिटर व्याजमा ८३ लाख रुपैँया लिएर लगानी गरेका थिए तर बोटे बोरा प्रालीका सञ्चालक ढकालले हिसाब नदिएपछि उनले नेपालगन्जमा रहेको घर बिक्री गरेर साहुलाई पैसा तिरेका छन् । उनले वाटरपार्कको बोटिङमा लगानी गरेर बिचल्ली भएको बताउँछिन् । उसले आफु १२ लाख किस्ता, निर्माण खर्च २ लाख र ५ लाख बैंक ग्यारेन्टी गरेको दाबी गरेका छन् तर त्यस्तो रहेको बैंकमा कतै देखिएको छैन् । तर बोटे बोरा प्रालीका सञ्चालकले एकल रुपमा सम्झौता गरेर सञ्चालनमा ल्याएको जानकारी गराए ।
यो अवस्थामा रहेको देख्दा, निकै चर्चामा आएको र सबैले रमाउने ठाउँ मानिएको वाटरपार्कको बोटिङ्ग बन्द हुने अवस्था देखिन्छ । उनीहरुले बोटिङ्ग गराएर मासिक ३ लाख संकलन गरिरहेका छन् । एक बर्षसम्म सेयर लगानीकर्ताहरुले एक बर्ष राम्रो गरे पनि बोटे बोरा प्रालीका सञ्चालकको नियत खराब भएको कारणले गर्दा विवाद भएको देखिन्छ । उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाबाट बार्षिक २४ लाखमा १० बर्षको लागि सम्झौता गरेर सञ्चालन गरेका छन् ।