Thursday, July 10सत्यम खबर
Shadow

स्थापना दिवसमा औषधी व्यवसायी संघद्वारा ७० जनाले गरे रक्तदान

नेपालगन्ज, ११ असार – नेपाल औषधी ब्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा, नेपाल औषधी ब्यवसायी संंघ बाँके शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७० जनाले मंगलवार रक्तदान गरेका छन् ।

नेपाल औषधी ब्यवसायी सँंघको ५२ औं स्थापना दिवसको अवसरमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममानेपाल औषधी ब्यवसायी संंघ बाँकेका सदस्य सन्तोष बाबु सुवेदी, वरिष्ठ बन अधिकृत श्याममणि प्रसाद मण्डल ७५ औं पटक, डा. मेगा मण्डल १५ औं पटक, भरत चौधरी, माधव जोशी, रमन थारु, रामकिसन चौधरी, उमेश थारु, अकबरअली मनिहार, भिमकर थारु, नेपालगन्ज–२० रमेशरपुरका मंहगुप्रसाद यादव १९ पटक, गोबिन्द रोका, योगश बुढा, लव राना मगर, सीता नेपालीलगायत ७० जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सम्झना नाथ, जिवराज शाही ठकुरी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा महिला÷पुरुष गरी ५५ जना र कोहलपुरमा १५ जना गरी ७० जनाले रक्तदान गरेको कोषाध्यक्ष प्रदीप शाहले बताएका छन् । रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपाल औषधी ब्यवसायी संंघ बाँके शाखाका अध्यक्ष जयदेव गिरी, उपाध्यक्ष शरदराज अधिकारी, महासचिव जीवन शर्मा, कोषाध्यक्ष प्रदीप शाह, सचिव पूर्णदेव गिरी, सदस्य सन्तोष बाबु सुवेदी, लोकबहादुर कठायत, केन्द्रिय सदस्य सरला बिष्ट,नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुदिप खडका लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *