Thursday, July 10सत्यम खबर
Shadow

नेपालगन्जमा सम्पन्न भयो “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२”

८६ जना विद्यार्थीको सहभागिता, ११ विधामा प्रतिस्पर्धा
नेपालगन्ज, ८ असार – पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गर्नुभयो ।

सम्पन्न प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । गल्र्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वरी स्कुल) तृतीय भए ।

त्यस्तै २५ मिटर फ्रीस्टाइल (गल्र्स अन्डर–१०) तर्फ नित्याश्री दहित (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, कशिका गुरुङ (बागेश्वरी एकेडेमी) द्वितीय र मेघना बिष्ट (किड्स किङडम) तृतीय भए । ब्वाइज अन्डर–१० तर्फ संस्कार न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, सुमिक वाग्ले (शिखा एकेडेमी) द्वितीय र निर्भिक न्यौपाने (सोफिया स्कुल) तृतीय भए ।

५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१२ तर्फ सुसान्त बोहरा (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, इभान्शु भट्टराई (शिखा एकेडेमी) द्वितीय र युनिक खडका (शिखा एकेडेमी) तृतीय भए । ५० मिटर फ्रीस्टाइल गल्र्स अन्डर–१२ तर्फ जेनिशा बुढाथोकी (सोफिया स्कुल) प्रथम, आँचल शर्मा (जीवन ज्योती स्कुल) द्वितीय र इशिका जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भईन ।

५० मिटर फ्रीस्टाइल गल्र्स अन्डर–१४ तर्फ सकिरा रास्कोटी (बागेश्वरी स्कुल) प्रथम, सम्स्थिता गिरी (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र जिज्ञासा भुषाल (बागेश्वरी स्कुल) तृतीय भईन । ब्वाइज अन्डर–१४ तर्फ वसन्त थारु (महाराजा मावि) प्रथम, अनमोल केसी (शिखा एकेडेमी) द्वितीय र प्रज्वल राना (शिखा एकेडेमी) तृतीय भए ।

५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१७ तर्फ अमित रावल (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, अभियान श्रेष्ठ (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र विशेष सिंह (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । ५० मिटर फ्रीस्टाइल मेन्स ४० प्लसतर्फ नेपालगंजका डा. सगुन श्रेष्ठ प्रथम, डा. बिपीन आचार्य द्वितीय र कंचन बहादुर श्रेष्ठ तृतीय भए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर बिष्टले विद्यालय तहदेखि पौडीजस्ता खेलकुदको प्रवद्र्धन गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले बालबालिका तथा युवा माझ अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गराउने विश्वास व्यक्त गर्नुभयो। साथै, पूर्व खेलाडी समाज बाँकेको प्रयास सराहनीय भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष सिद्दिकीले विद्यालयस्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *