वडा नं. १ मा सार्वजनिक सुनुवाई तथा वडाभेला सम्पन्न
नेपालगन्ज, ७ असार - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ ले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्ने स्थानीय वडा वासीहरुले आफ्नो वडा सामाजिक जवाफदेहिता र पारदर्शितामा अग्रणी रहेको बताएका छन् । १६५ जनाको सहभागिता रहेको कार्यक्रममा वडाबासीले वडाको प्रशंसा गर्दै स्थानीय सरकारको अभ्यास भएसँगै वडाले नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको र त्यसको प्रभाव समुदायमा देखिएको बताएका छन् ।
नागरिक र वडा विच दोहोरो अन्तरसंवाद गरी नागरिकहरुका रचनात्मक सुझावहरु संकलन गर्ने, वडाले प्रवाह गरेका सेवा सुविधाहरुको बारेमा पृष्ठपोषण संकलन गर्ने, नागरिकहरुका सुझाव, सल्लाह र गुनासाहरु संकलन गर्ने उद्द साथ वडाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो ।
बास नेपालले सहजिकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति वक्तका रुपमा उपस्थित भएका नेपालगन्ज उपमह...









