
नेपालगन्ज, ९ असार – नेपालगन्जस्थित जिभिएन स्कुल राष्ट्रिय शिक्षा उत्कृष्ट पुरस्कार-२०२५ बाट सम्मान गरिएको छ । शनिबार राजधानी काठमाडौं आयोजना गरिएको बृहत् कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हाे ।
फोकस नेपाल नामक संस्थाले शिक्षा क्षेत्रमा याे सम्मान प्रदान गर्दै आएको छ । उक्त सम्मान कलेजका सिइओ ईश्वर पौडेल,गणेश भण्डारी र संयोजक खुमलाल शर्माले संयुक्त रुपमा सम्मान ग्रहण गरेका थिए ।
बर्षों देखी नेपालगन्जमा स्कूल देखी कलेज +2 सम्माको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिंदै आएको जिभीएन स्कूल एवं कॉलेज बाँके कै उत्कृष्ट मध्येको एक रहेको छ ।
बिद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका एवं कर्मचारीकाे मिहिनेतले बेस्ट सेकेंडरी स्कूल अवार्ड को सम्मान पाउन सम्भब भएको बताए । सम्मानले कलेजलाई अझ परिस्कृत गर्न हाैसला प्राप्त भएको सञ्चालकद्वय को भनाइ रहेको छ ।