
नेपालगन्ज, ८ असार – कबाड व्यवसायीहरुले ट्रकको ठाउ“मा साईकल प्रयोग गरेर तस्करहरुमार्फत दैनिक भन्सार नाकाबाट निकासी गर्न थालेको छन् । पहिला भन्सारको नियम अनुसार एक ट्रक कबाड नेपालबाट भारत निकासी गर्दा एक सय दश रुपैँया सेवा शुल्क पर्ने भएको थियो तर नियम परिवर्तन गरेर सरकारले कबाडमा प्रति केजी दश रुपैँया भन्सार शुल्क लगाएपछि साईकलबाटै दैनिक रुपमा कबाड तस्करी गर्न थालेका छन् ।
नेपाली उद्योगीहरुले आफ्नो देशमा उत्पादन भएका कबाडहरु आफ्नो देश मै कच्चा पदार्थको रुपमा प्रयोग गर्न नपाए मित्र राष्ट्र भारतबाट कच्चा पदार्थ आयत गर्दा लाग्ने भन्सार शुल्क बच्ने र सामान उत्पादन गर्दा र बजारका बिक्री मुल्य कम हुने थियो । त्यसैलाई मध्यनजर गर्दै सरकारले कबाड निकासीमा प्रतिकेजी दश रुपैँया भन्सार शुल्क लगाएको बताईएको छ । भन्सार शुल्क प्रतिकेजि दश रुपैँया लगाए सँगै कबाड व्यवसायीहरु साईकल मार्फत भारत तर्फ निकासी गर्न थालेका छन् । उनी भारत तर्फ कबाड निकासी गर्दा साईकलमा कम मात्रामा निकासी गर्दा प्रशासनको ध्यान नजाने भएकोले भन्सार शुल्क तिर्न नपर्ने भएकोले साईकलमा निकासी गर्न लागेको नेपालगन्ज भन्सार कार्यालय बाँकेका प्रमुख जनार्दन पौडेलले जानकारी गराए । पहिला नेपालमा उद्योग कम भएको कारणले कबाड निकासी गर्नमा सरकार र व्यवसायीहरुका पनि त्यति ध्यान थिएन ।
तर नेपाल मै उद्योगहरुको स्थापना थपिन्दै गएको र सामान उत्पादन गर्नका लागि भारतको बाटो हुदै विदेशबाट समेत कच्चा पदार्थ आयत गर्नु पर्ने भएको कारणले उद्योगीहरु कबाडलाई भारतमा भन्दा नेपाल मै बिक्री गरे उद्योगीहरुलाई प्रतिकेजी दश रुपैँयासम्म कम हुने बताउँछन् । कबाड व्यवसायीहरुका अनुसार भारतमा लगेर कबाड बिक्री गर्दा नेपालमा भन्दा दश–बाह्रा रुपैँया महंगोमा बिक्री हुने भएकोले त्यहाँ लगेर बिक्री गर्ने गरेका छन् ।
कबाडको भन्सार प्रतिकेजी दश रुपैँया नभएको बेला व्यपारीहरुले ट्रकमा लगेर बिक्री गर्दा प्रति ट्रक एक सय दश रुपैँयाको दरले भन्सार शुल्क उठाउँदा एक बर्षमा ७२ लाखसम्म राजस्व उठ्ने गरेको थियो तर प्रतिकेजी दश रुपैँयाको दरले भन्सार शुल्क लगाउ“दा कबाडबाट उठ्ने शुल्क शुन्य भएको भन्सार प्रमुख पौडेलले जानकारी गराउनुभयो । कबाड कसरी तस्कारी हुन्छ कुनै ठाउँ नै हु“दैन तर दैनिक लाखौँ रकमको कबाड तस्कारी भएको हुन्छ । कम मात्रामा निकासी गर्न लागेका कबाडीहरुलाई राजस्व लिने कुरा भएन तर पनि रोकथाम गर्दा गर्दै तस्करी भएको छ । उनले भने, यो कुनै नौलो होइन कबाडीहरुको पुरानै तरिका हो । कबाड निकासी गर्नका लागि बाँकेको मात्र नभएर नेपालगन्ज भन्सार कर्णाली प्रदेशको समेत कबाडहरु यहाँबाटै निकासी हुदै आइरहेको छ ।
यता सरकारले प्रतिकेजी दश रुपैँया भन्सार शुल्क लगाउ“दा कबाडबाट हुने राजस्व संकलन भएको छैन । जुन हरेक बर्ष लाखाँैँको राजस्व संकलन हु“दै आएको थियो । यता थोकका कबाडीहरुले फुट्कर कबाडीहरु सँग कबाड खरिद गर्न नपाउ“दा कारोबारमा समेत मन्दि अएको नेपालगन्जका कबाड व्यवसायी सालिम कबडियाले बताए । बर्षौदेखि कबाड किनबेच गरेर गुजारा गर्दै आएको पुस्तौँ वितिसकेको छ । सरकारले कबाडहरुलाई ट्रकमा भारत निकासी गर्न दि“दा फुट्कर कबाडीहरु गाउ“ र पसलहरुबाट संकलन गरेर हामी कहाँ बिक्री गर्थै तर भारतमा कबाडका सामानहरु नेपाल भन्दा प्रतिकेजी दश–बाह्रा रुपैँयाका दरले नाफा पाउने भएको कारणले अवैधबाटो भएर भारतमा कबाड तस्करी गरिरहेका छन् । उनले भने, भारतको मुल्यमा यहाँ बिक्री गर्न कठिन हुन्छ, यहाँ खरिद गरेर भारत बिक्री गर्नका लागि गाडी भाडा र भन्सार तिर्दा महंगो पर्न जाने भएकोले यहाँ भारतीय व्यपारीको प्रतिस्प्रर्धा गर्न सकिंदैन ।
उक्त प्लास्टिक जन्य तस्करीको कारोबारमा अफाक, फरिउद्दीन र नसिम भन्ने कारोबारीको लगानी रहेको समेत कवाडी संकलकहरूले जानकारी दिए । उनीहरूको लगानी भएको उक्त प्लास्टिक जन्य कवाडी सुरक्षाकर्मीहरूलाई मिलाएर भारततर्फ तस्करी गराउने काम भने मुन्ना भनेर चिनिने रसुल अहमद जसगरले गर्दै आएका छन् ।
नाकाबाट प्लाष्टिक, पानीका बोतल, र प्लाष्टिकजन्य अन्य सामान तस्करी हुँदै आएको छ । तर, कवाडी सामग्री प्रशोधन गर्ने करिब एक दर्जन जति उद्योग नेपाल मै स्थापना भएका छन् । सशस्त्र प्रहरी, भन्सार, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यालय लगायतका सरकारी निकायहरूले तस्करी रोक्न कुनै पहल गर्न सकेका छैनन् । उनीहरूबाट तस्करी नियन्त्रणमा पर्याप्त सहयोग नहुँदा स्थापना भएका यस्ता प्रशोधन उद्योगहरू बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरूले गरेका छन् ।
उद्योगीले करोडांै रकम लगानी गरेर उद्योग स्थापना गरेको भएपनि कच्चा पदार्थको अभाव झेल्दै आएका छन् । नेपालबाट भने खुल्ला रूपमा उद्योगमा प्रयोग हुने यस्ता कच्चा पदार्थ बिना शुल्क भारततिर तस्करी भइरहेको गुनासो गरेपनि कतैबाट पनि सुनुवाई भने हुन सकिरहेको छैन । नेपालबाट चोरी निकासी भएर भारततर्फ गएका यस्ता कच्चा पदार्थबाट तयार भएर भित्रिएका गुणस्तरहीन सामान भने लाखौं, करोडौं मूल्य तिरेर खरिद गर्नु परेको छ ।
काठमाडौ उपत्यका र विराटनगरमा दुई–दुई वटा, नवलपरासी, पोखरा, हेटांैडा र बुटवलमा एक–एक वटा गरी ९ वटा कवाडी प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् । तर पर्याप्त कच्चा पदार्थको अभावमा यी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइन्छ । यस्ता उद्योगहरूले वार्षिक करोडौं राजस्व नेपाल सरकारलाई कर बापत बुझाईरहेका छन् । कवाडी प्रशोधन उद्योगहरू सञ्चालन नहुँदा प्रत्यक्ष रूपमा कार्यरत सयौं श्रमिकहरू बेरोजगार बन्न पुगेका छन । करोडौं लगानी गरेर स्थापना भएका उद्योगहरू धरासायी हुने अवस्थामा पुगेका मात्र छैनन् कि श्रमजीवीहरूको रोजिरोटी गुम्ने खतरा बढेको छ । कवाडी प्रशोधन उद्योगमा अधिकांश महिला श्रमिक रहेका छन् ।
प्लाष्टिकजन्य कवाडी सामान तस्करी भएर भारत जाँदा राजस्व चुहावट हुँदा नेपाल सरकारलाई ठुलो राजस्व क्षति भईरहेको छ । अवैध रूपमा चोरी निर्यात भईरहेको पदार्थलाई नेपाल कै प्रशोधन उद्योगहरूलाई उपलब्ध गराउने वातावरण सिर्जना भएमा नेपाल सरकारलाई दिगो रूपमा आम्दानी हुनुका साथै आर्थिक स्रोत र सर्वसाधारण नागरिकलाई रोजगारीको व्यवस्था हुने बताइएको छ ।
नेपालले वार्षिक रूपमा करिब १३ अर्ब रकम बराबरको प्लाष्टिकजन्य कच्चा पदार्थ पोलिथिन ग्रानुअल्सलगायतका सामग्री अन्य मुलुकबाट आयात गर्दै आएको छ । नेपाल कै कवाडी प्रशोधन उद्योगहरूलाई राज्यले प्रवद्र्धन र संरक्षण गर्न सकेको खण्डमा मुलुकबाट हरेक वर्ष बाहिरिने गरेको महँगो डलर रोकिन सक्छ । अहिलेको आर्थिक मन्दीमा यसले देश कै अर्थतन्त्रमा सकारात्मक असर पर्न जानेछ । यी कवाडी प्रशोधन उद्योग र कलकारखानाहरूले नेपाल मै उत्पादित विद्युत खपत गर्दा नेपाल विद्युत प्राधिकरणको कोष बढाउनमा पनि मद्दत पुग्नसक्ने अनुमान गरिएको छ । बोटल, प्लाष्टिकका झोला, अन्य प्लास्टिकजन्य सामग्रीको कवाडी संकलन हुँदा वातावरणलाई प्रत्यक्ष रूपले राम्रो हो । प्लाष्टिकलाई कुहिन करिब ५ सय वर्ष भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । प्लाष्टिकको बढ्दो प्रयोगले वातावरण प्रदुषणमा ठुलो असर पारिरहेको छ ।
एउटा मुलुकबाट अर्को मुलुकमा यस्ता सामग्री लैजान प्रतिवन्ध रहेको छ । सन् २०१५ मा नेपाल र भारत सरकारका बिचमा संझौता गरेर यस्ता फोहोरजन्य सामग्री दुवै देशले आ–आफनै मुलुकमा व्यवस्थापन गर्नु पर्ने सहमति गरेका छन । तर, यो सहमतिको कुनै पालना भएको पाइँदैन । नेपालको भारतसँग सीमाना जोडिएका जिल्लाहरूबाट दैनिक जसो निर्वाध र खुल्ला रूपमा यस्ता फोहोरजन्य सामग्री प्रहरी प्रशासनको आडमा तस्करी भइरहेको स्रोत बताउ“छ ।
नेपालभरिबाट वार्षिक रूपमा करिब १ हजार टनदेखि १२ सय टन प्लाष्टिकजन्य पदार्थ र पेट बोटल निस्किने गरेको बताइएको छ । त्यस मध्ये ५ हजार टन केजी प्लाष्टिक पेट बोतल अवैध रूपमा भारत निकासी हुने गरेको जानकार स्रोत बताउँछ । पर्सा, बारा, नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँके जिल्लाका नेपाल–भारत सीमा नाकाहरूबाट अझ बढी कवाडीका सामान चोरी निकासी हुँदै आएको छ ।