Wednesday, November 20सत्यम खबर
Shadow

खेल

मंसिर ६ गते नेपालगन्जमा छैठौं म्याराथन हुने

मंसिर ६ गते नेपालगन्जमा छैठौं म्याराथन हुने

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २३ कार्तिक – बाँकेको नेपालगन्जमा छैठौं म्याराथन प्रतियोगिता हुने भएको छ । आठ महिना भन्दा लामो समयदेखि कोरोना भाइरस कोभिड–१९ का कारण सबै क्षेत्रलाई असर परेको छ । त्यसमा खेलकुद मात्रै अछुतो रहने कुरै भएन । कोराना संक्रमणलाई न्यूनिकरण गर्न सरकारले सुरुमा लकडाउन त्यसपछि निषेधाज्ञा गरेको थियो । संक्रमण अहिले पनि कम भइनसकेकोले देश भित्रको खेलकुद गतिविधि सुरु हुन सकेको छैन । यस्तो पृष्ठभूमिका वावजुद क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैठौं संस्करण आयोजना गर्न लागेको हो । मंसिर ६ गते शनिबार छैठौं धारा नेपालगन्ज म्याराथन आयोजना हुने आज आईतवार पत्रकार सम्मेलनमा आयोजक टिमका संयोजक टिएस ठकुरीले जानकारी गराउनुभयो । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको ब...
मुम्बईमाथि पञ्जावको रोमाञ्चक जित….

मुम्बईमाथि पञ्जावको रोमाञ्चक जित….

खेल, विदेश, समाचार
नेपालगन्ज, ३ कार्तिक – आइपिएलमा आइतबार राति मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जावबीच भएको खेल दुई पटक सुपर ओभरमा पुग्यो । सुरुमा स्कोर बराबरी भएपछि भएको सुपर ओभरमा पनि फेरि स्कोर बराबरी भएको थियो । दोस्रो सुपर ओभरमा भने पञ्जाव विजयी भयो ।पहिलो ब्याटिङ गरेको मुम्बई इन्डियन्सले ६ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो । जवाफी ब्याटिङ गरेको पञ्जावले पनि २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन नै बटुल्यो ।त्यसपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको पञ्जावले ५ रन जोडेको थियो । जवाफमा मुम्बई पनि ५ रनमै समेटिएपछि सुपर ओभर बराबरी भएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले पहिले ब्याटिङ ग¥यो । मुम्बईका केइरन पोलार्ड र हार्दिक पाण्ड्याले ब्याटिङ गर्दा पञ्जावका क्रिस जोर्डनले बलिङ गरेका थिए । जसमा मुम्बईले १ विकेटको क्षतिमा ११ रन जोड्यो ।१२ रनको लक्ष्य पछ्याएको पञ्जावका लागि क्रिस गेल र मयंक अग्रवालले ब्याटिङ...
राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

खेल, विदेश, समाचार
नेपालगन्ज, २९ असोज – आइपिएलमा दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो ।पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १ सय ६१ रन जोड्यो । दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले ५७ रन र कप्तान श्रेयस इयरले ५३ रन जोडे ।त्यसअघि ओपनर पृथ्वी शा पहिलो बलमै आउट हुँदा अजिन्का राहाणेले २ रन मात्र जोड्न सके । दुवैलाई राजस्जथानका जोफ्रा आर्चरले आउट गरे। दिल्लीका लागि मार्कोस स्टोइनिसले १८ रन र एलेक्स क्यारीले १४ रनको योगदान दिए। बलिङमा राजस्थानका आर्चरले ३ विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए ।१ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन मात्र जोड्न सक्यो । उसका लागि ओपनर बेन स्टोक्सले ४१ रन जोडे । रविन उथप्पाले ३२ रन बनाउँदा जोस बटलरले २२ रन ...
अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिबारदेखि सन्यास लिएका महेन्द्र सिंह धोनीको करिअर र उनले बनाएका रेकर्डहरु

अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिबारदेखि सन्यास लिएका महेन्द्र सिंह धोनीको करिअर र उनले बनाएका रेकर्डहरु

खेल, प्रदेश ५, विदेश
नेपालगन्ज, ३२ श्रावण– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले शनिबार १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिने निर्णय गरेर सार्वजनिक सञ्चाल मार्फत सबैमा जानकारी गराएका छन् । सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले शनिबार एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पनि नखेल्ने निर्णय गरेका हुन् । व्यावसायिक क्रिकेट भने खेल्ने धोनीले सिजनको आइपिएलमा चेन्नई सुपरकिंग्सको नेतृत्व गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा बढी लोकप्रिय खेलमा क्रिकेटलाई मन पराउँछन् । त्यसमाथि लोकप्रिय खेलाडीहरुमा मन पराइएका क्रिकेटर धोनीले सन् २०१९ को विश्वकपछि भारतीय टिमबाट खेलेका थिएनन् । त्यसअघि उनले भारतीय टिमलाई दिएको योगदानका कारण उनी सधैं चर्चाको शिखरमा रहे । करिअरका दौरान उनले दर्जनौ रेकर्ड बनाए । आइसिसीका तीन प्रतियोगिता जित्ने एक्लो...