Thursday, April 23सत्यम खबर
Shadow

मन्त्री अथकद्धारा भलिबल टिमलाई बिदाई

काठमाण्डौं, ४ पौष – बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाई गर्नुभएको हो ।

डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाई गर्दै मन्त्री अथकले उद्धेश्य प्राप्तीका लागि शुभकामना समेत दिनुभएको छ ।

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिवलको संस्थागत विकासमा उल्लेख्य काम हुन नसकेता पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा निकाल्न सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु ।”

नेपाली टिम सोमबार मध्यान्न बंगलादेश उड्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *