Wednesday, November 20सत्यम खबर
Shadow

खेल

बिसीसीसी किर्तिपुर र यस एक्स्पर्ट क्वार्टरफाइनलमा

बिसीसीसी किर्तिपुर र यस एक्स्पर्ट क्वार्टरफाइनलमा

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ पौष – शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् ।बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरु जित्दै युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले क्वार्टरफाइनल प्रवेश गरेका छन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगंज च्याम्पलाई ३४ रनले पराजित गर्यो । युभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो ।लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पको लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । युभीसीसीको बलिंगमा आलोक ...
च्याम्पियन्स र बि एण्ड बि क्वार्टरफाइनलमा

च्याम्पियन्स र बि एण्ड बि क्वार्टरफाइनलमा

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ पौष – शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन सम्पन्न तिन वटा खेल सम्पन्न भएका छन् ।बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलहरु जित्दै च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् । दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४.५ ओभरमा पुरा गर्यो ।च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए ।यस अघि पहिले ब्याटिंग गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विके...
कोहलपुर ओपन क्रिकेट सुरु, न्यु दर्पण र कारकाँदो क्वार्टरफाइनलमा

कोहलपुर ओपन क्रिकेट सुरु, न्यु दर्पण र कारकाँदो क्वार्टरफाइनलमा

खेल, प्रदेश ५, समाचार, समाज
कोहलपुर, २१ पौष – शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन् । दिनको पहिलो खेलमा न्यु दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै न्यु दर्पणले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।जगवारको ब्याटिंगमा मोहम्मद सलमानले सर्वाधिक २३ रन, अंकुरकुमार सिंहले १२ रन तथा अस्लम हलवाई र अरमान सल्मानीले समान १० रन बनाए । न्यु दर्पणका बलर रेशमसिंह ठकुरी र दिप रानाले समान २ विकेट लिए भने...
भारतका पूर्व कप्तान गाङ्गुलीलाई हृदयघात, स्वास्थ्य अवस्था स्थिर

भारतका पूर्व कप्तान गाङ्गुलीलाई हृदयघात, स्वास्थ्य अवस्था स्थिर

खेल, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
एजेन्सीकोलकटा, १९ पौष – भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ ।गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो । “सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,” गाङ्गुलीको उपचारमा सम्लग्न चिकित्सक सरोज मण्डलले अस्पताल बाहिर पत्रकारहरूसँग भने ।गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ ।भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्व कप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली ग...
टिकटक बनाउने क्रममा गम्भिर घाईते

टिकटक बनाउने क्रममा गम्भिर घाईते

खेल, प्रदेश ५, समाचार, समाज
दाङ, ५ पौष – टिकटक बनाउने क्रममा यहाँएका एकजना युवा झुलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा टिकटक बनाउने क्रममा पुलमा झुन्डिएका थिए । त्यही क्रममा पुलबाट खसेर उनी गम्भीर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार गम्भीर घाइते थापाको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।थापालाई राप्ती प्रादेशिक अस्पताल तुसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको हो । शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा नजिकको झुलुङ्गे पुलमा टिकटक बनाउने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए ।...
नेपाल सिधै छनोट टि २० विश्वकपको ग्लोबलमा

नेपाल सिधै छनोट टि २० विश्वकपको ग्लोबलमा

खेल, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० मंसिर – नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टी २० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो ।आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो । फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटबाट १६ टोलीमध्ये कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । यसमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ ।दुई समूहमा हुने ग्लोबल छनोटबाट २÷२ टोली विश्वकपमा खेल्नेछन् ।ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका...
एन्फा बाँकेद्धारा क्लबहरुलाई फुटबल वितरण

एन्फा बाँकेद्धारा क्लबहरुलाई फुटबल वितरण

खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २० मंसिर – बाँके जिल्ला फुटबल संघले आफना मातहतका क्लबलाई फुटबल वितरण गरेको छ । संघसँग आवद्ध ११ क्लबलाई एक कार्यक्रमका बिच फुटबल हस्तान्त्रण गरेको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रत्येक क्लबलाई चारवटा फुटबल प्रदान गरेको हो । नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, सचिव गोविन्दप्रसाद श्रेष्ठ तथा तरुणदल बाँकेका सचिव बिनोद रिजालले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्त्रण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झनाले कोरोनाको महामारीले पारेको प्रभावको सामना गर्दै फुटबल गतिविधि सुरु हुनु पर्ने बताए । उनले भने, ‘जिल्ला संघले क्लबलाई फुटबल दिनु सकारात्मक कुरा हो । यसले अब...
गोपीचन्द्र पार्की बने छैठौं म्याराथनका च्याम्पियन

गोपीचन्द्र पार्की बने छैठौं म्याराथनका च्याम्पियन

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ६ मंसिर – छैठौं धारा नेपालगन्ज म्याराथन नेपालगन्जको बिपि चोकमा शनिबार सम्पन्न भएको छ ।पुरा म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) गरी दुईवटा इभेन्टमा नेपालगन्ज म्याराथन सम्पन्न भएको छ । पूरा म्याराथन तर्फ सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी छैठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन । उनले ७५ हजार रुपैयाँको पुरस्कार हात पारे । पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाउने भएका छन् । उनी १३ औं सागमा स्वर्ण पदक विजेता समेत हुन ।त्यसैगरी, २ घण्टा २० मिनेट ४९ सेकेन्डमा उक्त दुरी पार गरेर त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेत द्वितीय बने उनले ३० हजार रुपैयाँको पुरस्कार हात पारे । आर्मी क्लब कै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छन् । उनले २०...
खजुरामा भलिबल प्रतियोगिता शुरु

खजुरामा भलिबल प्रतियोगिता शुरु

खेल, प्रदेश ५, समाचार
खजुरा, २८ कार्तिक – सचेत युवा मन्चको आयोजनामा खजुरामा आज शुक्रबारदेखी भलिबल प्रतियोगिता शुरु भएको छ ।खजुरा गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा ९ वटा टीमको सहभागिता रहेको छ । शुक्र भलिबल स्टेडियमा सञ्चालन भएको प्रतियोगिताको बाँके ३ नं. का सांसद नन्दलाल रोकायले उद्घाटन गर्दै विभिन्न भौतिक विकास जस्तै खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताए । प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदमा लगानी स्वस्थ्य र सभ्यताको पहिचान भएको बताए ।मन्चका अध्यक्ष मनप्रकाश रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा सचिब प्रदीप खनालले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगिता भोलीसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी खजुराको समन्वय र वडा नं. २ खजुरा गाउँपालिकाको सहयोग रहेको छ ।...
एक्सन एडको म्याराथनमा साझेदारी

एक्सन एडको म्याराथनमा साझेदारी

खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – धारा छैठौ नेपालगन्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’ भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगन्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।नेपालगन्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खुशीको माहोल बनेको छ । एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भन्नुभयो, ‘कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो, बाच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’उहाँले भन्नुभएको छ, ‘राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिका व...