
माेहित मिश्रा
जानकी, १२ पाैष – बाँकेको जानकी गाउँपालिका वडा १ मा आज साेमबार दोस्रो जानकी गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त प्रतियाेगिताको उद्घाटन पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले आईतबार गर्नु भएको थियो ।
उद्घाटन समारोह कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो. रजा राई र संस्था अध्यक्ष सकिल अहमद राई तथा जसपा जानकी गाउँपालिकाका युवा नेता राजीव बर्माको सहभागिता रहेकाे थियो ।
कार्यक्रममा मन्त्री राईले- “अब जानकी १ नं. मा खेल मैदानमा मेरो पनि प्रतिबद्धता रहनुका साथै खेलका विकास एवम् स्थानिय युवा खेलाडीहरूकाे प्रतिभालाई चिनाउन जिल्ला स्तरीय क्रिकेट गराउन आवश्यक रहेकाे बताउनुभयाे ।”
आयोजकका अनुसार क्रिकेट खेलमा जानकी गाउँपालिका बाट ५ टिम दर्ता भएको थियो । जसमा आज पहिलो मैच बुढीया गाउँ, पठन पल्टन टिम र एमएस स्पोर्ट क्लब रमुवापुर संग सम्पन्न भएको खेलमा विजयी हासिल गरेको बुढीया गाउँ पठन पल्टन टिम तथा दोस्रो मैच बेलभार टाइगर टिम र शिवपुरी क्रिकेट क्लब ‘B’ टिममा विजय हासिल गरेको शिवपुरी क्रिकेट क्लब ‘B’ बीच आज साेमबार पहिलो मैच बिहान ९ बजे सुरु भएकाे जानकारी गराए ।
बाँकेको जानकी गाउँपालिका वडा नं १ शिवपुरीमा एकता शिक्षा समाज कल्याण संस्थाले आयोजना गरेको प्रतियाेगिता आज साेमबार सम्पन्न भएको छ ।
आयोजकका अनुसार पौष ११ गतेदेखि सञ्चालन भएको प्रतियाेगिता आज साेमबार सेमीफाइनल खेल्दै बुढिया गाउँ पठान पल्टन टिम र शिवपुरी क्रिकेट क्लब “A” बीच शिवपुरी क्रिकेट क्लब “A” ले विजय हासिल गरेको जनाईएकाे छ ।
क्रिकेट प्रतियोगितमा विजेता टीमलाई नगद २१ पुरस्कार मेडल, शिल्ड, प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी उप विजेतालाई नगद ११ हजार पुरस्कार मेडल, शिल्ड, प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियाेगितामा ४ जनालाई मैन अफ दि म्याच प्रदान गर्दै मैन अफ दि सिरिजलाई बैड र स्ट्याम्प प्रदान गरिएको छ ।
आयाेजित कार्यक्रममा उपस्थित जानकी गाउँपालिकाका का. बा. अध्यक्ष भुमिसरा धिताल, वडा अध्यक्ष मो रजा राई, लेखा अधिकृत मतीन अहमद अन्सारी, आइट विकास जेसी, जासपा क्षे नं ३ का अध्यक्ष राजीव बर्मा, संस्थाका अध्यक्ष सकिल अहमद राई तथा संस्थाका पदाधिकारीहरु, दर्शकलगायत पत्रकार तथा आम जनता गरि लगभग ३०० जनाको उपस्थिति रहेको थियो ।
