Thursday, July 16सत्यम खबर
Shadow

आस्था

वडा नं. १८ मा ५० लाख लागतमा कालाेपत्रे सडक निर्माण कार्य शुरू

वडा नं. १८ मा ५० लाख लागतमा कालाेपत्रे सडक निर्माण कार्य शुरू

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले विकास निर्माण कार्यलाई विगत वर्ष झै यस वर्ष पनि तिब्रता दिंदै एकपछि अर्काे शिलान्यास गरेका छन् । आज साेमबार नेपालगन्ज वडा नं. १८ बर्दिया बाईपास बिशालचौकदेखि बनियागाँव सडक खण्ड अन्तर्गत रु. ५० लाखको लागतमा २०० मीटर लम्बाई ६:५० मी सब बेस चौडाई तथा ५:५० मीटर चौडाइ भएको अस्फाल्ट कालोपत्रे सडकको निर्माण शुरु गरेका छन् । आजबाट निर्माण कार्य शुरू गरिएकाे उक्त सडकको शिलान्यास टोल बिकास समितिका अध्यक्ष तथा जेष्ठ नागरिक टीकाराम कँडेलबाट गराईएकाे जानकारी गराउँदै वडा अध्यक्ष बर्माले- उक्त निर्माण कार्य पौष मसान्तसम्म सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झाैता गरिएकाे बताउनु भयाे । अध्यक्ष बर्माकाे वार्डमा एक हप्ता भित्र कालोपत्रे सडकको यो दोश्रो शिलान्यास हो । यस अगावै ७० लाखकाे लागतमा निर्...
लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको मिति स¥यो, अब प्रतियोगिता बैशाखमा हुने

लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको मिति स¥यो, अब प्रतियोगिता बैशाखमा हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केही पछी सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं । मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’ प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय ...
आयोजकलाई दर्पण कपको उपाधी

आयोजकलाई दर्पण कपको उपाधी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १८ फागुन – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा भएको दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पार्न सफल भएको छ । गत संस्करणको समेत बिजेता रहेको आयोजक न्यू दर्पणले शनिबार भएको फाईनल खेलमा न्यू डाँफे स्पोर्टस क्लव डि गाउँलाई १ का बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक उपाधी जित्न सफल भएको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच बिपिन मगरले २ गोल गरेका थिए । विजेता न्यू दर्पणले नगद एक लाख ११ हजार १११ रुपियाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको न्यू डाँफेले नगद ५५ हजार ५५५ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यू दर्पणका प्रेम सुनार सर्बोत्कृष्ट खेलाडी, प्लेयर अफ द म्याच बिपिन मगर, उत्कृष्ट रक्षक न्यू डाँफेका सुनिल आले र उत्कृष्ट गोल...
अवधी पत्रकार संघ बाँके शाखाका पदाधिकारीहरूलाई पदभार ग्रहण

अवधी पत्रकार संघ बाँके शाखाका पदाधिकारीहरूलाई पदभार ग्रहण

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ फागुन, अवधि पत्रकार सङ्घ बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं संघीय सांसद माननीय लक्ष्मी तिवारीले अवधि भाषा, संस्कृतिकलाई संरक्षण सम्बर्धन गर्न र संस्थागत विकासका लागिका आफूले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नु भयो । उक्त कार्यका लागि प्रस्ताव ल्याउन अनुरोध गर्नुभयो। कार्यक्रममा निर्वाचन समिति संयोजक लियाकत अलिले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। अवधि पत्रकार सङ्घ बाँके शाखाका निवर्तमान अध्यक्ष प्रल्लाद विश्वकर्माले माइनेट बुक लगायत कागजातहरू वर्तमान अध्यक्ष समिर अलीलाई हस्तान्तरण गर्नुभएको थियो। निर्वाचन समिति संयोजक लियाकत अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंकप्रसाद शर्मा, अवधि पत्रकार सङ्घ केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्...
७० लाखकाे लागतमा आर.सी.सी. नालासहित अस्फाल्ट कालोपत्रे सडक निर्माणको शिलान्यास

७० लाखकाे लागतमा आर.सी.सी. नालासहित अस्फाल्ट कालोपत्रे सडक निर्माणको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्मा आज एक कार्यक्रम बीच ७० लाखकाे लागतमा आर.सी.सी. नालासहित अस्फाल्ट कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ सडक बिभाग पछाडी पशुपतिनगरमा कृष्ण बिष्टको घरदेखी निर्माणको क्रममा रहेको श्री तिरुपति बालाजी धाम जाने सडकको शिलान्यास टोलबासीहरूको उपस्थितिमा वडा अध्यक्ष बर्माले गरेका छन् । वडा अध्यक्ष बर्माले दिएकाे जानकारी श्री तिरुपति बालाजी धाम जान श्रद्वालु भक्तजन, टाेलबासीहरूलाई सहज हाेस भन्ने उद्देश्यका साथ उक्त अनुसार आर.सी.सी. नालासहित अस्फाल्ट कालोपत्रे सडक निर्माण थालनी गरिएकाे बताउनु भयाे ।...
न्यु दर्पण कपमा आयोजक फाईनल प्रवेश

न्यु दर्पण कपमा आयोजक फाईनल प्रवेश

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १६ फागुन – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा जारी दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लव फाईनल प्रवेश गरेको छ । ई गाउँस्थित मनकामना माविको खेल मैदानमा बिहिबार भएको पहिलो सेमिफाईनलमा न्यू जेनेरेशन एफसीलाई ० का बिरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक न्यू दर्पण फाईनलमा प्रवेश गरेको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच विपिन थापा मगर र श्याम बयादी गरि २ जनाले ह्याट्रिक पुरा गरे । प्रतियोगिताको दोश्रो सेमिफाईनल खेल शुक्रबार न्यू डाँफेस्पोर्टस क्लवब डि गाउँ र पशुपति युवा क्लव खजुरा ८ घियाबीच हुने आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवका कोषाध्यक्ष देबबहादुर बिसीले जानकारी दिनुभयो । दोश्रो सेमिफाईनल अघि शुक्रबार नै मैत्रीपूर्ण लिजेण्ड फुबल हुनेछ । प्रतियोगिताको फाईनल खेल शनिबार दिउ“सो हुनेछ । प्रतियोगितामा ...
विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा उपकुलपति र विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई सम्मान

विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा उपकुलपति र विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई सम्मान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ फागुन – विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बुधवार बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. वेदराज केसी र विभिन्न विषयमा विद्यावारिधि उपाधि पाएका नेपालगन्जका चार जना व्यक्तित्वलाई बधाई तथा सम्मान गरिएको हो । विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशकाअध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीलाई विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले खादा, अबीर सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट सिद्धिचरण श्रेष्ठका ...
महिला उद्यमीलाई उत्प्रेरणा दिंदै सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

महिला उद्यमीलाई उत्प्रेरणा दिंदै सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ फागुन – महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सम्भावनाको उजागर गदैं नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँके (विन बाँके) को आयोजनमा फागुन ६ देखि १० गते सम्म नेपालगन्जमा प्रदर्शनी भएको थियो । महिलाहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि विन बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्ने गरेको छ । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरको योगा हलमा भएको प्रदर्शनीमा लुम्बिनी, कर्णाली प्रदेशका महिलाहरुले आफनो वस्तुको बिक्री वितरण गर्नु भएको थियो । प्रदर्शनीमा करिब ६० महिला उद्यमीहरुले स्टल राख्नु भएको थियो । प्रदर्शनीको समापन कार्यक्रमलाई सम्बोधन गदैं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारले गर्ने काम विन बाँकेले गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘म निकै खुसी छु । यस्तो राम्रो कार्यक्र...
महिला पुरुष गरी ५६ जनाले गरे रक्तदान

महिला पुरुष गरी ५६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ फागुन – समृद्धि फाउण्डेसन नेपाल बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५६ जना स्वयंसेवी रक्तदाताहरुले शनिवार रक्तदान गरेका न् । जानकी गाउँपालिका वार्ड नं.३ को आर्थिक सहयोगमा जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको परिसरमा आयोजित, समृद्धि फाउण्डेसन नेपालका सचिव चिरञ्जिबी बुढाद्वारा सञ्चालित, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षता, जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष राजकुमार वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । प्रमुख अतिथि तथा वार्ड नं.३ का वडाध्यक्ष राज कुमार वर्माले ब्यानर वाचन गरेर कार्यक्रमका उद्घाटन गरेका थिए । यसरी सो कार्यक्रममा शतक रक्तदाता १ सय ५६ पटक रक्तदान गरेका समाजसेवी नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ निवासी गोपीनाथ बैश्य, नेपालगन्ज–१९ निवासी १ सय २ पटक रक्तद...
ब्रिटिस स्कूलमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

ब्रिटिस स्कूलमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन - नेपालगन्ज- १९ स्थित ब्रिटिस इंग्लिश बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहाको अध्यक्षता र नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, अतिथिहरू प्याब्सन नेपालगन्ज अध्यक्ष मान बहादुर थापा, प्याब्सनका कोषाध्यक्ष प्रविन गिरी, विद्यालयका संस्थापक विजय श्रेष्ठ र बिमल प्रधान रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफले विशिष्ट अतिथिको रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो। कार्यक्रमको उद्घाटन पानसमा दियो र बिरुवामा पानी हालेर गर्दै प्रमुख अतिथि गोर्खबहादुर थापाले ब्रिटिस स्कूलले अन्य विद्यालयभन्दा फरक र उत्कृष्ट शिक्षण पद्धति अपनाएको उल्लेख गर्दै शिक्षा...