Friday, July 11सत्यम खबर
Shadow

ब्रिटिस स्कूलमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपालगन्ज, ९ फागुन – नेपालगन्ज- १९ स्थित ब्रिटिस इंग्लिश बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहाको अध्यक्षता र नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, अतिथिहरू प्याब्सन नेपालगन्ज अध्यक्ष मान बहादुर थापा, प्याब्सनका कोषाध्यक्ष प्रविन गिरी, विद्यालयका संस्थापक विजय श्रेष्ठ र बिमल प्रधान रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफले विशिष्ट अतिथिको रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो।

कार्यक्रमको उद्घाटन पानसमा दियो र बिरुवामा पानी हालेर गर्दै प्रमुख अतिथि गोर्खबहादुर थापाले ब्रिटिस स्कूलले अन्य विद्यालयभन्दा फरक र उत्कृष्ट शिक्षण पद्धति अपनाएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थीको बौद्धिक, शारीरिक, सामाजिक तथा नैतिक विकासका लागि विद्यालय परिवार निरन्तर प्रयत्नशील रहनुपर्नेमा जोड दिनुभयो।

प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यले ब्रिटिस स्कूल नेपालगन्जका नमुना विद्यालयहरूमध्ये एक भएको बताउँदै यहाँ सञ्चालन भइरहेका विविध कार्यक्रमहरू विद्यार्थीहरूको समग्र विकासका लागि प्रभावकारी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफले विद्यालयका विविध शैक्षिक तथा भौतिक विकास गतिविधिहरूको बारेमा जानकारी गराउनु भयो। उहाँले विद्यालयको शैक्षिक सुधार मात्र नभई अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै ध्यान दिइएको बताउँदै भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

 

कार्यक्रममा विज्ञान प्रदर्शनी, विविध साँस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसमेत गरिएको थियो। विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्दै विभिन्न जातजातिका संस्कृति झल्काउने नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहाले विद्यालयको यो प्रगति सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनको सामूहिक प्रयासले सम्भव भएको बताउँदै आगामी दिनमा अझ उच्च शिक्षण स्तर कायम राख्न सबैको निरन्तर साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।

यस कार्यक्रमको संचालन बिधालयका ईन्चार्ज हिना बस्नेतले गर्नु भएको थियो विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम अझ आकर्षक बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *