
नेपालगन्ज, ११ फागुन – समृद्धि फाउण्डेसन नेपाल बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५६ जना स्वयंसेवी रक्तदाताहरुले शनिवार रक्तदान गरेका न् ।
जानकी गाउँपालिका वार्ड नं.३ को आर्थिक सहयोगमा जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको परिसरमा आयोजित, समृद्धि फाउण्डेसन नेपालका सचिव चिरञ्जिबी बुढाद्वारा सञ्चालित, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षता, जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष राजकुमार वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
प्रमुख अतिथि तथा वार्ड नं.३ का वडाध्यक्ष राज कुमार वर्माले ब्यानर वाचन गरेर कार्यक्रमका उद्घाटन गरेका थिए ।
यसरी सो कार्यक्रममा शतक रक्तदाता १ सय ५६ पटक रक्तदान गरेका समाजसेवी नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ निवासी गोपीनाथ बैश्य, नेपालगन्ज–१९ निवासी १ सय २ पटक रक्तदान गरेका समाजसेवी, शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा नेपाल अधिराज्यमा पत्रकारहरुमा अधिकत्म रक्तदान गरेका पवन जायसवाल र ७६ पटक रक्तदान गर्नु भएका बाँके ÷बर्दिया जिल्लामा उत्कृष्ठ महिला रक्तदाता नेपालगन्ज–१० निवासी सरिता ज्ञवालीलाई प्रमुख अतिथि राज कुमार वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेशकुमार चौधरीले संयुक्त रुपमा खादा सहित सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
यसरी उक्त रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राजकुमार वर्मा, भूपेन्द्र ओली, वडासदस्य हुसेनी अहिर, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेशकुमार चौधरी, जोगराज वर्मा, अनिल वर्मा, तेजबहादुर शाही, दिपेन्द्र खत्री, बिजय वर्मा, सन्दिप यादव, सागर राँढ, भगवान शरण यादव, सुरज ठाकुर, निराजन वर्मा, लक्ष्मण बिश्वकर्मा, दिलिपकुमार वर्मा, युवराज वर्मा, तिलकराम वर्मा, गंगाबहादुर पुन, किर्तन हरिजन, पवन यादव, प्रदिपकुमार यादव, सुरेन्द्रकुमार वर्मा, सुनिल वर्मा, अमीन दर्जी, प्रदिप वर्मा, बिवेक शुक्ला, लोकबहादुर, शिवम् वर्मा, यमबहादुर थापा, महेन्द्र सिंह ठकुरी, प्रमोदकुमार हरिजन, अक्षय कुमार, दिनेश पासी, रहिम यादव, उमेशकुमार वर्मा, पवन कुशबँधिया, लक्ष्मण कुशबँधिया, अर्जुन कुशबँधिया, रामजनक नाउँ, अमरेश सिंह, अर्जुन खडका, रियाज सिद्दीकी, बिजयकुमार यादव, शकील अहमद खान, तेजबहादुर खत्री, सञ्जय खडका, अनिल खडका, अंकित वर्मा, राजेश नाउँ, समृद्धि फाउण्डेसन नेपालका सचिव चिरञ्जिबी बुढा, रमेश गडरिया, कृष्णा सोनी लगायत ५६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, समृद्धि फाउण्डेसन नेपालका पदाधिकारी, ३ नं. वडा कार्यालयका कर्मचारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरी, सोनिया माँझी, राधिका चौलागाई, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।