
नेपालगन्ज, १९ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले विकास निर्माण कार्यलाई विगत वर्ष झै यस वर्ष पनि तिब्रता दिंदै एकपछि अर्काे शिलान्यास गरेका छन् ।
आज साेमबार नेपालगन्ज वडा नं. १८ बर्दिया बाईपास बिशालचौकदेखि बनियागाँव सडक खण्ड अन्तर्गत रु. ५० लाखको लागतमा २०० मीटर लम्बाई ६:५० मी सब बेस चौडाई तथा ५:५० मीटर चौडाइ भएको अस्फाल्ट कालोपत्रे सडकको निर्माण शुरु गरेका छन् ।
आजबाट निर्माण कार्य शुरू गरिएकाे उक्त सडकको शिलान्यास टोल बिकास समितिका अध्यक्ष तथा जेष्ठ नागरिक टीकाराम कँडेलबाट गराईएकाे जानकारी गराउँदै वडा अध्यक्ष बर्माले- उक्त निर्माण कार्य पौष मसान्तसम्म सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झाैता गरिएकाे बताउनु भयाे ।
अध्यक्ष बर्माकाे वार्डमा एक हप्ता भित्र कालोपत्रे सडकको यो दोश्रो शिलान्यास हो । यस अगावै ७० लाखकाे लागतमा निर्माण हुन लागेकाे श्री तिरूपति बालाजी सडक शिलान्यास गरिएकाे थियाे ।
बडा अध्यक्ष बर्माकाे विकास निर्माण कार्यलाई स्थानियबासीहरूले सराहना गर्दै सादुबाद दिएका छन् ।