Wednesday, March 12सत्यम खबर
Shadow

अवधी पत्रकार संघ बाँके शाखाका पदाधिकारीहरूलाई पदभार ग्रहण

नेपालगन्ज, १७ फागुन, अवधि पत्रकार सङ्घ बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं संघीय सांसद माननीय लक्ष्मी तिवारीले अवधि भाषा, संस्कृतिकलाई संरक्षण सम्बर्धन गर्न र संस्थागत विकासका लागिका आफूले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नु भयो । उक्त कार्यका लागि प्रस्ताव ल्याउन अनुरोध गर्नुभयो।

कार्यक्रममा निर्वाचन समिति संयोजक लियाकत अलिले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। अवधि पत्रकार सङ्घ बाँके शाखाका निवर्तमान अध्यक्ष प्रल्लाद विश्वकर्माले माइनेट बुक लगायत कागजातहरू वर्तमान अध्यक्ष समिर अलीलाई हस्तान्तरण गर्नुभएको थियो।

निर्वाचन समिति संयोजक लियाकत अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंकप्रसाद शर्मा, अवधि पत्रकार सङ्घ केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, निर्वाचन समिति सदस्य आरिफ अन्सारी लगायत व्यक्तिहरूले विचार व्यक्त गर्नुभएको थियो । सोही दिन निवर्तमान अध्यक्ष प्रहलाद विश्वकर्माको जन्मदिन परेकोले केक काटेर शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *