
खजुरा, १६ फागुन – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा जारी दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लव फाईनल प्रवेश गरेको छ ।
ई गाउँस्थित मनकामना माविको खेल मैदानमा बिहिबार भएको पहिलो सेमिफाईनलमा न्यू जेनेरेशन एफसीलाई ० का बिरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक न्यू दर्पण फाईनलमा प्रवेश गरेको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच विपिन थापा मगर र श्याम बयादी गरि २ जनाले ह्याट्रिक पुरा गरे ।
प्रतियोगिताको दोश्रो सेमिफाईनल खेल शुक्रबार न्यू डाँफेस्पोर्टस क्लवब डि गाउँ र पशुपति युवा क्लव खजुरा ८ घियाबीच हुने आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवका कोषाध्यक्ष देबबहादुर बिसीले जानकारी दिनुभयो । दोश्रो सेमिफाईनल अघि शुक्रबार नै मैत्रीपूर्ण लिजेण्ड फुबल हुनेछ । प्रतियोगिताको फाईनल खेल शनिबार दिउ“सो हुनेछ ।
प्रतियोगितामा बिभिन्न १४ समूहको सहभागिता रहेको आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवका अध्यक्ष प्रकाश केसीले बताउनुभयो । प्रतियोगितामा प्रथमलाई नगद एकलाख ११ हजार १११ र दोश्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारको ब्यवस्था गरिएको उपाध्यक्ष गोबिन्द खत्रीले बताउनुभयो ।