
नेपालगन्ज, १५ फागुन – विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बुधवार बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. वेदराज केसी र विभिन्न विषयमा विद्यावारिधि उपाधि पाएका नेपालगन्जका चार जना व्यक्तित्वलाई बधाई तथा सम्मान गरिएको हो ।
विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशकाअध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसीलाई विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले खादा, अबीर सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा रसविधान शीर्षकमा विद्यावारिधि प्राप्त गर्ने डा. हरिप्रसाद तिमिल्सिना (उहाँकी जीवन संगीनी श्रीमती मीना बराल), अछामका देउडा गीतमा धार्मिक तथा साँस्कृतिक शिक्षा शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट विद्यावारिधि प्राप्त गर्ने डा.जगतकुमार खत्री तिमिल्सिना (उहाँकी जीवन संगीनी गोमा डिसी), विवेकानन्द ग्लोबल विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गर्ने डा. कबिन्द्र भट्टराई, (उहाँकी जीवन संगीनी चन्द्रावती शर्मा) लाई प्रमुख अतिथि वेदराज केसी, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेल लगायतले खादा ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मानित गर्नु भएको थियो । विद्यावारिधि प्राप्त गर्ने अर्का डा. राजकुमार थारुको भने विशेष कारणवश उपस्थिति थिएन ।
कार्यक्रममा आयोजकको तर्फबाट विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक ्रसाद प्याकुरेलले विशिष्ट अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
साहित्यकार गीता आर्यालद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य विश्व नेपाली साहित्य महासंघ उपाध्यक्ष चरित्रा शाहले गर्नु भएको थियो भने विश्व नेपाली साहित्य महासंघ नेपाल बर्दियाका सचिव महेन्द्र सेडाईले बधाई गीत गाउनु भएको र बधाई कविता वाचन चन्द्रावती अधिकारी प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसी, विश्व नेपाली साहित्य महासंघ नेपालका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, विशिष्ट अतिथि विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, विशिष्ट अतिथिहरु नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति बिनोद प्रसाद ढकाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । विद्यावारिधि उपाधि पाएकोमा सम्मानित व्यतिmत्व डा. कजिन्द्र भट्टराई, डा.जगत तिमिल्सिना, डा. हरिप्रसाद तिमिल्सिना आ–आफ्ना बिचार राखेका थिए ।
सो कार्यक्रममा प्रा.डा. जनार्दन आचार्य, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष सुमित्रा न्यौपाने, प्रलेसका पुष्पमणि प्रधान कमान सिंह बोहरा, साहित्यकार चरित्रा शाह, ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, बद्री ढकाल, हरि सुवेदी, जीतबहादुर शाह, नेपाल टेलभिजन कोहलपुरका प्रमुख बिजय वर्मा, लुम्बिनी वाङ्मय, बाँकेका अध्यक्ष भरतबहादुर रानाभाट, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, बाँके शाखाका सभापति नवीन गिरी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, वरिष्ठ कलाकार सुन्दर गुरुङ्ग, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसी, विद्यावारिधि उपाधि पाउनु हुने सबैलाई शाश्वत आचार्य स्मृति प्रतिष्ठानको तर्फबाट अध्यक्ष प्रा.डा. जनार्दन आचार्य र उपाध्यक्ष किरण आचार्यद्वारा खादा ओढाएर बधाई र सम्मान गर्नु भयो भने प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष पंकजकुमार श्रेष्ठ र अछामी सेवा समाजबाट पनि उहाँहरुलाई खादा ओढाएर सम्मान गर्नु भएको थियो ।