Thursday, July 16सत्यम खबर
Shadow

आस्था

लागू औषध विरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

लागू औषध विरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ६ फागुन – नेपाल प्रहरीले "हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी" भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ। अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको र्‍यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी, विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । र्याली नगर परिक्रमा गर्दै लागू औषधको दुव्र्यसन समाजका लागि घातक रहेको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले प्लेकार्ड र ब्यानरसहि...
जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह

जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह

आस्था, प्रदेश ५, मौसम, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – एनआईआरसीले नेपाली मिडियामा जलवायु परिवर्तन बारे छलफल कार्यक्रम सम्पन्न गरेको छ । गहन अध्ययन गरी जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह गरिएको थियो । नेपाली मिडियामा जलवायु परिवर्तन बारे कसरी रिपोर्ट गरिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । जसमा मिडियाको फ्रेमिङ र जनधारणालाई कसरी प्रभाव पार्छ सहभागी सञ्चारकर्मीहरुद्वारा विश्लेषण गरिएको थियो । जलवायु परिवर्तन अहिले विश्वभरकै गम्भिर चुनौतीको रुपमा देखिएको छ । नेपाल यसको प्रत्यक्ष प्रभावमा परेका शिर्ष १० मुलुकहरु मध्ये एक रहेको छलफलमा बताईएको थियो । बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरु पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरुले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरुमा ठूलो असर पु¥याईरहेको छ । नेपालको ऊर्जा उत्पाद न मुख्य रुपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष अ...
सगरमाथा ई.बोडिङ्ग स्कूलको २० औं वापिर्षकोत्सव भब्यता साथ सम्पन्न

सगरमाथा ई.बोडिङ्ग स्कूलको २० औं वापिर्षकोत्सव भब्यता साथ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – सगरमाथा ई. बोर्डिङ्ग स्कूल कारकाँदो नेपालगन्जले २० औं बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम शनिवार भव्यताका साथ मनाएको छ । विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. स्कूल कारकादोले आफ्नो २० औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो । स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता स्कूलका अभिभावक तथा समाजसेवी चुडामणि प्रसाई रहनु भएको थियो । प्रमुख अतिथि प्रसाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विद्यालयको उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँके कै उत्कृष्ट रहेको सहभागि वक्ताहरुले बताएका छन् ...
द ह्युमन लव च्यारिटी/फण्डद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

द ह्युमन लव च्यारिटी/फण्डद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दिपेन्द्र चौधरी सहनी पर्सा धोबनी, ३ फागुन - द ह्युमन लव च्यारिटी /फण्डको आयोजनामा सामुदायिक माध्यमिक विद्यालयहरू बीच माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।   कार्यक्रम संस्थाका सदस्य म.रेयाज हुसैनको सभाध्यक्षतामा तथा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान एवं वडा नं.-५ का वडा अध्यक्ष मनौवर अहमदको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगितामा धोबिनी गाउँपालिकाका तीन वटा विद्यालयका समुहहरूले भाग लिएका थिए । जस मध्ये कडा प्रतिस्पर्धाका बीच धोबिनी-५ स्थित श्री अजिज मियाँ मा.वि प्रथम स्थान हासिल गरेको थियो।   त्यसैगरी धोबिनी-१ भिखमपुरको श्री नेपाल राष्ट्रिय मा.वि दोस्रो स्थान हासिल गरेको थियो भने धोबिनी-४ लंगडीको श्री काली प्रसाद लाखे मा.वि तेस्रो स्थानमा रहेको थियो। विजेता टोलीहरूलाई मेडल पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । ...
नेपाल किसान महासंघको संगठन विस्तार, अध्यक्षमा प्रमोदकुमार शर्मा

नेपाल किसान महासंघको संगठन विस्तार, अध्यक्षमा प्रमोदकुमार शर्मा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ फागुन – नेपाल किसान महासंघ बाँकेको संसदीय क्षेत्र नम्बर १ प्रदेश क्षेत्र "क" को बिधिवत संगठन बिस्तार भएको छ । नेपाल किसान महासंघ बाँके प्रदेश क्षेत्र "क" को अध्यक्षमा प्रमोदकुमार शर्मालाई चयन गरिएको छ भने उपाध्यक्षमा होमबहादुर अधिकारी, सचिवमा निर्मल खड्का, सहसचिवमा निरा थारुलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष शर्माले बताएका छन् । त्यसैगरी सदस्यहरुमा भोला थारु, संजय राना, राकेशकुमार मौर्य, खेमराज मौर्य, बिना बिक, गायन थारु, फुलमति थारुलगायतलाई चयन गरिएको छ । किसानहरुको समस्यालाई कसरी सम्बोधन गरी सम्बन्धित सरोकारवाला निकायहरु समक्ष पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपाल किसान महासंघ बाँके प्रदेश क्षेत्र "क" शाखाको गठन गरिएको जनाईएको छ ।...
पूर्व खेलाडी समाज बाँकेमा प्रकाश

पूर्व खेलाडी समाज बाँकेमा प्रकाश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० माघ - प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ। बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो। समाजको बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्तकुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभयकुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ रहेका छन। त्यसैगरी सदस्यहरुमा गोबिन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोजकुमार श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन् । निर्वाचन समिती प्रमुख शिव कुमार श्रेष्ठले सम्पुर्ण कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियाे । यस अघि समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घघाटन सत्र...
ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेप विरुद्ध राष्ट्रिय एकता अभियानको रैली

ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेप विरुद्ध राष्ट्रिय एकता अभियानको रैली

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० माघ – राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज ठमेलमा विशाल रैलीको आयोजना गरेको छ। "स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!" भन्ने नाराका साथ निकालिएको यो विरोध र्‍यालीमा स्थानीय व्यापारीहरूको व्यापक सहभागिता देखिएको थियो। राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको र्‍यालीमा सहभागीहरूले "ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर!", "स्थानीय व्यापार जोगाऊ, विदेशी चलखेल हटाऊ!", "चिनियाँ प्रभुत्व चाहिँदैन, हाम्रो ठमेल जोगाउनै पर्छ!", "ठमेल हाम्रो, व्यापार पनि हाम्रो!", "ठमेलको मौलिकता मेट्न पाइँदैन, नेपाली पहिचान जोगाउनै पर्छ!", "स्थानीय उद्यमीलाई संरक्षण देऊ, विदेशी हस्तक्षेप बन्द गर!", "ठमेललाई व्यापारिक उपनिवेश बनाउन पाइँदैन!", "ठमेलका व्यापारीहरूलाई विस्थापित हुन दिनुहुँदैन!", "ठमेललाई संरक्षण गर, न...
मेयर कप फुटबलमा ग्रीन पिस सेमिफाइनलमा प्रवेश

मेयर कप फुटबलमा ग्रीन पिस सेमिफाइनलमा प्रवेश

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ माघ – कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । ग्रीनपीसले पेनाल्टी सुटआउटमा आदर्श मावि राँझालाई ५–४ ले हराउँदै जित हासिल गरेको हो । नेपालगन्ज रंगशालामा भएको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ग्रीनपीसका विराज रोकायले २५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर आदर्शका खगेन्द्र थापाले ४८औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ग्रीनपीसका विशाल थापा मगर, विराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारी र झलक सिंहले गोल गर्नु भएको थियो । आदर्शका आर्यन भुजेल, आकाश सुनार, उज्जवल खत्री र खगेन्द्र थापाले गोल गर्नु भयो । खेलमा ग्रीनपीस माविका विराज रोकाय प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई कोहलपुर सिटी एकेडेमीका निर्देशक प्रशान्त रिजाल र युवा व्यवसायी प्र...
पिछडावर्गको आरक्षणका लागि ओबीसीले फागुनदेखि आन्दोलन गर्ने

पिछडावर्गको आरक्षणका लागि ओबीसीले फागुनदेखि आन्दोलन गर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, २९ माघ – नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् । महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा.केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’ पूर्वमन्त्री डा.शाक्यले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए । उनले मधेशी आयोगभन्दा पनि पिछडावर्ग आयोग गठन हुनुपर्नेमा जोड दिएका हुन् । ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्...
होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत

होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – होप इन्टरनेशनल, ब्राइटल्यान्ड, मनकामना र सगरमाथा स्कुलले शनिबारदेखी सुरु भएको मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा होप इन्टरनेशनलले डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई २–० ले पराजित गरेको छ । होपको जितमा सुवास मगरले १८ औं मिनेट र सुदिप केसीले ५७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा विजेता होपका सुवास मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सुरुआतमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएका सुवास गोल गरेपछि घाइते भएर मैदान छाडनु भएको थियो । सुवासको तर्फ होपका कप्तानलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्रीले पुरस्कृत गर्नु भयो । शनिबारको दोस्रो खेलमा ब्राइटल्याण्डले पेनाल्टी सुटआउटमा पशुपति मावि राझाँलाई ४–३ ले हरायो । निर्ध...