
नेपालगन्ज, १७ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्मा आज एक कार्यक्रम बीच ७० लाखकाे लागतमा आर.सी.सी. नालासहित अस्फाल्ट कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ सडक बिभाग पछाडी पशुपतिनगरमा कृष्ण बिष्टको घरदेखी निर्माणको क्रममा रहेको श्री तिरुपति बालाजी धाम जाने सडकको शिलान्यास टोलबासीहरूको उपस्थितिमा वडा अध्यक्ष बर्माले गरेका छन् ।
वडा अध्यक्ष बर्माले दिएकाे जानकारी श्री तिरुपति बालाजी धाम जान श्रद्वालु भक्तजन, टाेलबासीहरूलाई सहज हाेस भन्ने उद्देश्यका साथ उक्त अनुसार आर.सी.सी. नालासहित अस्फाल्ट कालोपत्रे सडक निर्माण थालनी गरिएकाे बताउनु भयाे ।