Wednesday, June 17सत्यम खबर
Shadow

आस्था

नेपालगंज नगरी के ऐतिहासिकता अऊर प्रकृति से छेडछाड करेक अधिकार केहुक नाय हय

नेपालगंज नगरी के ऐतिहासिकता अऊर प्रकृति से छेडछाड करेक अधिकार केहुक नाय हय

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ बैशाख ९ गतेविद्रोही विद्रोही नेपालगंज नगरी कै इतिहास बहुतय पुरान हय । ई नगर भारत के लखनऊ मा भवा अंग्रेज कै विरोधमा गदर देखिस है । गदर करै वाले योद्धा का देखिस है । जब अन्तिम मुगल सम्राट बहादुर शाह जफर अंग्रेज कै विरोध मा ऊ गदर मा सहभागी हुई कै ई नेपालगंज नगरी तरफ आवै लागे ऊ समय उन का नेपाल भारत कै सीमावर्ती क्षेत्र कै कस्वा बाबागंज से पकरि कै म्यांमार मा बन्द करेक लै जावा गवा । ई नजारा भी नेपालगंज नगरी देखिस है । बेगम हजरत महल जब अग्रेज कै विरोध मा उतरीके संघर्ष करतय नेपालगंज कै बाँकी गाँव ऊ के बाद सोनपुर टप्पा, बैजापुर, महादेवपुरी मा बईठी, बाद मा जब दांग पहुँची ऊ समय मा नेपाल कै प्रधानमन्त्री जंग बहादुर राणा उनका पकरी कै काठमाण्डु कै बबर महल मा बन्द करिके उनीके तमाम धन दौलत लुटीस ई नजारा भी ई नेपालगंज नगरी देखिस है । सन् १८५७ लखनऊ लुट (गदर) कै खतम होयक बादमा जब नेपालगंज नग...
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
राप्तीसोनारी, ५ बैशाख – राप्तीसोनारी गाउँपालिकामा हालै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । राप्तीसोनारी गाउँपालिका कार्यालयमा आईतबार(आज) एक कार्यक्रमका बीच उहाँलाई स्वागत गरिएको हो । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको सभापतित्वमा भएको कार्यक्रममा निर्वतमान प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीले स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खत्रीले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनु भयो । जनप्रतिनिधी र कर्मचारीबीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उहाँले कर्मचारीलाई जनप्रतिनिधीले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउनु भयो । सो क्रममा प्रमुख प्रशा...
अवधी पत्रकार संघद्वारा अवधी भाषी पत्रकारहरुलाई सम्मान (तस्वीरहरुको केही झलक सहित)

अवधी पत्रकार संघद्वारा अवधी भाषी पत्रकारहरुलाई सम्मान (तस्वीरहरुको केही झलक सहित)

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई अवधी पत्रकार संघ नेपालको जिल्ला कार्यसमिति बाँकेले स्वागत सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदानको कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ । सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम नेपालगन्ज–४ श्री शिवपार्वती मन्दिर प्राङ्गण तथा अवधी पत्रकार संघ भवन निर्माण स्थलमा शनिवार सम्पन्न गरिएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, प्रदेश परिषदका मेराज सल्मानी, सदस्यतर्फ भीष्म लोध, जावेद अन्सारी, जावेद हलुवाईलाई सम्मान गरिएको थियो भने प्रदेश परिषदका मुस्ताक अहमद जसगढ, सदस्य दिनेश ठाकुर अस्वस्थ भएको कारण कार्यक्रममा अनुपस्थित रहेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी लियाक...
प्रशासकीय अधिकृत रेग्मीलाई उपमहानगरपालिकामा स्वागत

प्रशासकीय अधिकृत रेग्मीलाई उपमहानगरपालिकामा स्वागत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिव हिरालाल रेग्मी सरुवा भई आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई शुक्रबार नेपालगन्ज उपमहानगरपालिाकामा स्वागत गरिएको छ ।सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काको विदाई गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरलगायतले रेग्मीको स्वागत र खड्काको विदाई गर्नुभयो । २०५७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी लामो समयसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव छ । रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभयो ।२०६६ सालमा उपसचिव हुनुभएका रेग...
कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण

कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २ बैशाख – नेपाल पत्रकार महासंघ बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बिहिवार सम्पन्न हुँदै विभिन्न निर्णय गरेको छ ।बाँके शाखाको १२ औं निर्वाचन उत्साहप्रद तरिकाले सम्पन्न गर्न अह्म भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, मतदाता एवं साधारण सदस्य, प्रहरी, प्रशासन, नागरिक समाज, मानवअधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दल, जिल्ला समन्वय समिति लगायत सरकारी निकाय एवं सार्वजनिक सरोकार राख्ने सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । यसैगरी कोरोनाको संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाउन बाँकेका सम्पूर्ण सन्चारकर्मी, संचारमाध्यमहरुमा कार्यरत कर्मचारी एवं सर्बसाधारणलाई बिशेष अनुरोधका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण हुनु पर्ने जारी विज्ञप्तीमा ...
कसौधन मञ्चद्वारा मास्क तथा काडा वितरण

कसौधन मञ्चद्वारा मास्क तथा काडा वितरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ बैशाख – विक्रम सम्वत् २०७८ अर्थात नेपालीहरुको लागि महान दिन जुन एउटा पर्व कै रुपमा मनाईने गरिएको चलन रहि आएको छ । आज सोही नव वर्षको शुभारम्भ भएको दिन हो । विशेष गरी आज नेपाल भित्र रहेका नेपाली दाजु–भाई तथा दिदी–बहिनरु तथा विदेशमा रहेका नेपाली मूलका सम्पूर्णले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदान–प्रदान गरी मनाईरहेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि संकल्प गर्ने चलन समेत परम्परागत रुपमा रहि आएको पाईन्छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।नव वर्ष कै अवसरमा कसौधन वैश्य समाज मूल मञ्च तथा युवा मञ्च एवं महिला मञ्च नेपालगन्जको संयुक्त आयोजनामा आज बुधबार नेपालगंजमा प्रभात फेरी सम्पन्न गरेको छ । ...
आन्दोलन गर्ने तयारीमा लेखापढी व्यवसायी संघ

आन्दोलन गर्ने तयारीमा लेखापढी व्यवसायी संघ

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३० चैत – जिल्लामा रहेका लेखापढी व्यवसायीहरु संगठित हुँदै भूमि सुधार तथा मालपोत कार्यालयसँग सूचना माग गरेका छन् । नेपालको संविधान र प्रचलित लेखापढी व्यवसायी ऐनले गरेको व्यवस्था अनुसार पेशा रोजगार गर्न पाउने भन्दै एक संघर्ष समिति गठन गर्दै सूचना माग गरेका हुन । भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले चैत २५ गते एक निर्णय गर्दै भूसेवा केन्द्रले तयार गरेको लिखत तथा निवेदनहरु लिई आउनेहरुको मात्र काम हुने सूचना जारी गरेपछि भूसेवा केन्द्रमा दर्ता नभएका लेखापढी व्यवसायीहरु मर्कामा परेको बताएका छन् । हाल जिल्लामा २८ जना लेखापढी व्यवसायीहरु व्यक्तिगत र संस्थागत रुपमा भूसेवा केन्द्र दर्ता गराएका छन् । भू व्यवस्थापन तथा अभिलेख विभागले अपरझट तथा छोटो समयमा सूचना जारी गरेर भूसेवा केन्द्र दर्ता गराउन भनेको तर प्रयाप्त समयको अभावमा जिल्लामा दुई सय बढी लेखापढी व्यवसायीहरु यसबाट बञ्चित भएका छ...
सेटिङ्गको भरमा सामुदायिक र संस्थागत विद्यालयहरु !

सेटिङ्गको भरमा सामुदायिक र संस्थागत विद्यालयहरु !

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम् शर्मानेपालगन्ज, ३० चैत – वर्तमान अवस्थाभन्दा कैयौं गुणा गुणस्तरीय शिक्षा १ दशक अगाडी नै विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयहरुमार्फत हामीले अध्ययन गरेको भनाई हिजोका विद्यार्थी र आजका अभिभावकहरुले भन्ना थालेका छन् ।कारण विगतमा प्रदान गरिने शिक्षामा व्यवहारिक पक्ष जोडिएको हुने गर्दथ्यो भने हाल आएर त्यसमा व्यवसायिक पक्ष मात्र जोडिएको पाईन्छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अध्ययनमा कतिको फड्को मारेका छन् भन्दा पनि कुन विद्यार्थीबाट कति आर्थिक लाभ लिन सकिन्छ भन्ने ध्येय प्रायः विद्यालयहरुले बोके कै हुनले यो अवस्था आएको नेपालगन्जका विरेन्द्र यादवले बताउँछन् । फोटोः गुगुल हाल स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको प्रत्यक्ष निगरानीमा रहेका शिक्षा संस्थाहरुको सम्पूर्ण जिम्मेवारीलाई समेत तीन स्थानमा बांटफाँट गरिएको छ । एउटा वडामा रहेका सरकारी र गैरसरकारी विद्यालयहरुको शिक...
धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
२०७७ चैत २६ गतेधर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठूलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो ।धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका लागि स्विकारिएको कर्तव्य कर्म सदाचार धर्म हो । देवराज उपाध्याय धर्म शब्दको अर्थ हो, ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरुको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ । हामी हिन्दूहरुको मूलभूत आफ्नै स्वभाव हुन्छ । यही ...
बाँकेको मतगणना शुरू, उम्मेदवारहरुमा उकुस–मुकुस, समाचाररेखाद्वारा तिर्खा मेटाउन पानीको व्यवस्था

बाँकेको मतगणना शुरू, उम्मेदवारहरुमा उकुस–मुकुस, समाचाररेखाद्वारा तिर्खा मेटाउन पानीको व्यवस्था

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३ सय २३ रहेकोमा २ सय ९६ मत खसेको बताउनुभयो ।कूलमतको ९१.६४ प्रतिशत मतदान भएको थियो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्ट्रिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा रहेका छन् । यसैगरी, नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचनमा बाँकेका पत्रकारहरुले उत्साह जनक सहभागिता जनाई मतदान...