Saturday, November 23सत्यम खबर
Shadow

प्रशासकीय अधिकृत रेग्मीलाई उपमहानगरपालिकामा स्वागत

नेपालगन्ज, ३ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिव हिरालाल रेग्मी सरुवा भई आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई शुक्रबार नेपालगन्ज उपमहानगरपालिाकामा स्वागत गरिएको छ ।
सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काको विदाई गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरलगायतले रेग्मीको स्वागत र खड्काको विदाई गर्नुभयो ।


२०५७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी लामो समयसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव छ । रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभयो ।
२०६६ सालमा उपसचिव हुनुभएका रेग्मी २०७६ सालमा सहसचिव हुनुभएको हो । सहसचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभएका रेग्मी यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत रहनुभएको थियो ।


२०५९ सालमा घरेलु कार्यालय नेपालगन्जमा उद्योग अधिकृतको रुपमा एकवर्ष काम गरेको अनुभव भएका रेग्मीले नेपालगन्जबारे आफु पूर्णरुपमा जानकार रहेको बताउनुहुन्छ । नेपालगन्जलाई मुलुककै प्रमुख आर्थिक नगरीको रुपमा विकास गर्न, महानगरको रुपमा विकास गर्न, ग्रामीण वस्तीमा विकास द्रुतगतिमा अघि बढाउन, शिक्षा, स्वास्थ्यको हब बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै उहाँले प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफु समन्वयकारी भूमिकामा रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *