Thursday, November 21सत्यम खबर
Shadow

कसौधन मञ्चद्वारा मास्क तथा काडा वितरण

नेपालगन्ज, १ बैशाख – विक्रम सम्वत् २०७८ अर्थात नेपालीहरुको लागि महान दिन जुन एउटा पर्व कै रुपमा मनाईने गरिएको चलन रहि आएको छ । आज सोही नव वर्षको शुभारम्भ भएको दिन हो । विशेष गरी आज नेपाल भित्र रहेका नेपाली दाजु–भाई तथा दिदी–बहिनरु तथा विदेशमा रहेका नेपाली मूलका सम्पूर्णले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदान–प्रदान गरी मनाईरहेका छन् ।


आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि संकल्प गर्ने चलन समेत परम्परागत रुपमा रहि आएको पाईन्छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
नव वर्ष कै अवसरमा कसौधन वैश्य समाज मूल मञ्च तथा युवा मञ्च एवं महिला मञ्च नेपालगन्जको संयुक्त आयोजनामा आज बुधबार नेपालगंजमा प्रभात फेरी सम्पन्न गरेको छ ।


सोही अवसरमा नेपालगन्जमा रहेको हिन्दू शमशाम भूमिको प्रा·णमा मञ्चद्वारा बृहत बृक्षारोपण गरिएको छ । मञ्चद्वारा नेपालगनजको त्रिभुवन चौकमा कोरोना महामारीबाट बाच्नको लागि मास्क तथा जडीबुटीको काडा समेत आम सर्वसाधारणहरुलाई वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *