Sunday, April 26सत्यम खबर
Shadow

कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण

नेपालगन्ज, २ बैशाख – नेपाल पत्रकार महासंघ बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बिहिवार सम्पन्न हुँदै विभिन्न निर्णय गरेको छ ।
बाँके शाखाको १२ औं निर्वाचन उत्साहप्रद तरिकाले सम्पन्न गर्न अह्म भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, मतदाता एवं साधारण सदस्य, प्रहरी, प्रशासन, नागरिक समाज, मानवअधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दल, जिल्ला समन्वय समिति लगायत सरकारी निकाय एवं सार्वजनिक सरोकार राख्ने सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।


यसैगरी कोरोनाको संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाउन बाँकेका सम्पूर्ण सन्चारकर्मी, संचारमाध्यमहरुमा कार्यरत कर्मचारी एवं सर्बसाधारणलाई बिशेष अनुरोधका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण हुनु पर्ने जारी विज्ञप्तीमा जनाईएको छ ।
यसैगरी, पत्रकार आंचारसहिताको सचेतनाका लागि बाँकेका प्रत्येक संचारगृह र महासंघमा समेत आचारसंहिताको पूर्ण विवरण देखिने गरी ‘आचारसंहिता बोर्ड’ राख्ने । संचारगृहमा राखिने आचारसंहिता बोर्डको व्यवस्थापन महासंघ स्वयंले गर्ने निर्णय गरिएको शाखा सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *