Friday, November 22सत्यम खबर
Shadow

बाँकेको मतगणना शुरू, उम्मेदवारहरुमा उकुस–मुकुस, समाचाररेखाद्वारा तिर्खा मेटाउन पानीको व्यवस्था

नेपालगन्ज, २६ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३ सय २३ रहेकोमा २ सय ९६ मत खसेको बताउनुभयो ।
कूलमतको ९१.६४ प्रतिशत मतदान भएको थियो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्ट्रिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा रहेका छन् ।


यसैगरी, नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचनमा बाँकेका पत्रकारहरुले उत्साह जनक सहभागिता जनाई मतदान गरेका छन् ।
सबै पत्रकारहरुलाई पायक पर्ने गरी जिल्ला समन्वय समितिको भवनमा राखिएको मतदान केन्द्रबाट उत्साहजनक तवरले मतदाता पत्रकारहरुले सहभागिता जनाई आ–आफ्नो प्यानललाई मतदान गरेका छन् ।
देशभरीका ९७ केन्द्रमा भएकोे निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिएका छन् । केही ठाउँमा भने बुधबारदेखि नै मतगणना कार्य समेत शुरु भईसकेको केन्द्रिय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी गराउनुभएको छ ।


पहिलो पटक देशभरी एकै पटक भएको निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यता नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्वका लागि बुधबार सम्पन्न मतदानपछि आज बिहिबार मतगणना प्रक्रिया शुरु गरिने भएको छ भने उक्त मत परिणाम आउनु अगावै उम्मेदवारहरुलाई उकुस मुकुस भएको देखिन्थ्यो ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा बाँके शाखाको ३ सय २३ मतदाता रहेको मध्ये बुधबार गरिएको मतदानमा जम्मा २ सय ९६ मत खसेको निर्वाचन संयोजकले जनाएका छन् ।


नेपाल प्रेस युनियन बाँके, प्रेस संगठन नेपाल बाँके, प्रेस चौतारी नेपाल बाँके र प्रगतिशील पत्रकार संघ बाँकेको लोकतान्त्रिक व्यसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानल र डक्ट धिताल नेतृत्वको प्यानलले आ–आफ्नो उम्मेदवारलाई चुनावमा उठाएका थिए ।
संयुक्त प्यानलबाट १ सय ५९ वटा मत खसेको र धिताल प्यानलबाट १ सय ३७ मत खसेको प्यानलहरुले जनाएका छ । निर्वाचन अधिकृत केशव कोईरालाका अनुसार बुधबार साँझसम्म सम्पूर्ण मतपेटिकालाई शील गरि सुरक्षित तरिकाले राखिएको थियो भने आज बिहीबार बिहान १० बजेबाट मतगणना शुरु गरिने जनाएका छन् ।
लोकतान्त्रिक व्यवसायिक श्रमजिवी पत्रकारहरुको संयुक्त प्यानलका अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा उपाध्यक्षद्वय संगित शर्मा, करुणा शाह, सचिव क्षेत्रनाथ देवकोटा (आकाश), सहसचिवद्वय, कृष्णबहादुर ओली, हेमन्त चौधरी, कोषाध्यष विनोद पौडेल, सदस्यहरु जावेद अहमद शाह, दिनेश ठाकुर, खगेन्द्रप्रसाद आचार्य, शंकर लामिछाने (अशान्त), डिल्ली शाही, शौरभ गिरी, निर्मल आचार्य, सुनिल रेग्मी, सावित्री गिरी, कालिबहादुर परियार (कविन्द्र), राधेश्याम चौधरी, भिष्मप्रसाद लोध, मोहम्मद जावेद हलवाई चुनाव मैदानमा होमिएका थिए ।


त्यसैगरी, अध्यक्ष डाक्ट धितालको नेतृत्वमा रहेका प्यानलमा उपाध्यक्षद्वय सकील अहमद कादरी, रेजिना मल्ल, सचिव कमल डाँगी, सहसचिवद्वय आलम खान, भगतराम थारु, कोषाध्यक्ष देवेन्द्रराज पौडेल, सदस्यहरु रविन्द्र सिंह ठकुरी, रवि रोकाय, चन्दा सिंह कसेरा, नन्दलाल देवकोटा, सजनकुमार आर.सी., यदुराज मिश्र, चन्द्र बोहरा, खीमप्रसाद घिमिरे, मोबीनुद्दिन सिद्दिकी, गिरीस गुप्ता, प्रज्वल श्रेष्ठ, पवित्रा परियार, लक्ष्मी तिमिल्सेना चुनाव मैदानमा होमिएका थिए ।
आम मतदाता (बाँकी ८ पृष्ठमा) हरुको बुझाईएको कोहीभन्दा कोही कम नभएको अवस्थामा झिनो मत परिणामले नै नतिजा आउने बताईएको छ । आउने भवि अध्यक्ष जोसुकै भएपनि नेपाल पत्रकार महासंघ बाँके शाखाको गरिमालाई कायम राख्न सक्नु पर्ने प्रायः उपस्थिति मतदाता पत्रकारहरुले बताएका छन् । यी दुबै प्यानलका उम्मेदवारहरुको मत परिणाम आज बिहिबार साँझसम्म आउने बताईएको छ ।


त्यसैगरी, निर्वाचन केन्द्रमा मतदाताहरुलाई तिर्खा मेटाउनय सञ्चारकर्मी र सञ्चारप्रेमहरुले पानी, नास्तालगायतको व्यवस्थापन गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाबाट प्रकाशित हुने समाचाररेखा राष्ट्रिय दैनिकको प्रधान कार्यालयद्वारा तिर्खा मेटाउन मतदान केन्द्र मै शुद्ध खानेपानीको व्यवस्था गरिएको दैनिकका प्रकाशक समिर अलीले बताउनुभयो । यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष तथा समाजसेवी मो. सफिक बेहेनाले समेत सञ्चारकर्मी मतदाताहरुलाई आफै मतदान केन्द्रमा खटि पानी, नास्तालगायतको व्यवस्था गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *