Thursday, November 21सत्यम खबर
Shadow

धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

२०७७ चैत २६ गते
धर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठूलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो ।
धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका लागि स्विकारिएको कर्तव्य कर्म सदाचार धर्म हो ।


धर्म शब्दको अर्थ हो, ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरुको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ । हामी हिन्दूहरुको मूलभूत आफ्नै स्वभाव हुन्छ । यही नै मानव धर्म हो भन्ने मान्यता रहेको पाइन्छ । धर्म भनेको व्यवहारिक वस्तु हो । धर्मको वारेमा ठूला ठूला कुरा गरेर मात्र धर्मको पालना हुँदैन । यदि हामी साँच्चै नै असल र धर्म पालक बन्न चाहन्छौं भने धर्मशास्त्रको अध्ययनको साथै ऋषिमुनिहरुबाट निदेर्शित मार्ग र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु अति आवश्यक ठानिएको छ ।
धर्म धेरै किसिमका छन् । वैदिक धर्म, शैवधर्म, वैष्णव धर्म, बौद्ध धर्म, दयाधर्म, विशेष धर्म, विद्या धर्म, वर्णाश्रम धर्म, ब्राह्मण धर्म, क्षेत्रीय धर्म, वैश्यधर्म, शूद्रधर्म र सामान्य धर्म, धर्म के हो र किन मान्ने ?
संस्कृति ः
संस्कृति भनेको अनादिकालदेखि प्रचलनमा आएको परम्परा हो । संस्कृति भनेको सभ्यता होइन । सभ्यता कहिलेदेखि सुरु भयो । मोटामोटी रूपमा भन्न सकिएला तर संस्कृति कहिलेदेखि सुरु भयो । अनुमान गर्न असम्भव भएकाले संस्कृति भनेको अनादिकालदेखि चलेको परम्परा हो भन्ने बुझ्नुपरेको छ ।
संस्कृति र परम्परा आ–आफ्नै हुन्छन् । देशको नागरिकता हुन्छ, राष्ट्रियता हुन्छ, राष्ट्रभाषा हुन्छ, राष्ट्रिय पर्वहरू हुन्छन् तर संस्कृति भनेको जातजाति, गोष्ठीको मात्रै हुन्छ, देशको संस्कृति हुँदैन राई, याख्खा, आठपहरिया तथा लिम्बूहरूको आफ्नै संस्कृति छ । हाम्रो देशमा धेरै जातजाति भएका हुनाले संस्कृति धेरै छन् । संविधानले पनि यो कुरा स्वीकारेर बहुजाति, भाषा, धर्म, संस्कृति भनेकै छ ।
संस्कार ः
संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहो¥याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ ।
मनुस्मृतिमा भनिएको पनि छ –
जन्मना जायते शूद्र संस्काराद् द्विज उच्यते ।
वेद–पाठात् भवेत् विप्रः ब्रहृम जानाति ब्राहृमणः ।।
अर्थात् जन्मदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरू विप्र हुन्छन् भने ब्रहृमवेत्ताहरू ब्राहृमण हुन्छन् ।
हुन त संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रूपमा प्रयोग गरिने चलन छ तर यिनमा फरक पनि उत्तिकै छ । संस्कार शब्दले पूर्ण गराइएको, तरासिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने अर्थ बोध गराउँछ ।
जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरेपछि खिया नगाग्ने स्टील बन्छ । हीरा र मणिलाई तरासिएपछि चमक आउँछ । मानिसमा पनि संस्कारले त्यस्तै गुण आउँछ भन्ने विश्वास संस्कार दर्शनको छ ।
विश्वका प्रायः सबै सभ्य संस्कृतिमा विविध संस्कारहरू पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो
यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः
तब कहाँनेर छ विवाद स् अस्वीकार गर्नुपर्ने ठाउँ ऋग्वेदमा भनिएको छ कि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ वास्तवमा समस्त विश्वको साझा विश्व धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरुपको धर्ममात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमा चाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनुपर्ने हुन्छ ।
धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ मारकाट हिंसा शस्त्रास्त्रको उपयोग आदि–इत्यादि त राजनीति हो अर्थनीति हो ः– धर्मनीति होइन । कहिलेकाहिँ ती पनि आवश्यक पर्लान् स् तर तिनलाई नै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा ती बाट प्रायः पर रहनुपर्दछ । कर्म रीतिरीवाज विधि–विधान चालचलन प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै–झगडा र मारकाट हुँदैन हिंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ ।
सर्वे भवन्तु सुखिनः को भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरुप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ, हुनुपर्छ । तब कुटुम्ब–कुटुम्ब बीचमा पनि के को युद्ध ।
सावधान
सनातन र हिन्दू अलग भनेर, खश र आर्य अलग भनेर, किँरात र युमा साम्यो अलग भनेर, मधेशी र दरभङ्गिया अलग भनेर नै हो अब पराइहरुले नेपालमा फुटाउने, लडाउने ।
पहिले खस आर्य र दलित अलग लेखेर, मधेशी र पहाडी भन्ने विपरित पार्न प्रयास गरेर, आदिवासी जनजाति र अन्यको कित्ताकाट घुसाएर आपसमा फुटाउने, लडाउने प्रयास गरे । केही सफलता पाए । अब झन् सघन बनाउँदै छन् कित्ताकाट, फुट, झगडा । हामी एकताको सूत्रमा आबद्ध रहौँ ।
(लेखकः कनखल संत बिहार नारायणी निवास आश्रम उत्तराखण्ड हरिद्वार, हालको बसाई गौरीगंगा नगरपालिका– ४, राजिपुर कैलाली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *