Monday, June 22सत्यम खबर
Shadow

आस्था

उत्साहपूर्वक ६७ जनाले गरे रक्तदान

उत्साहपूर्वक ६७ जनाले गरे रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ श्रावण – “दान मध्येको महादान, रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ नेपालगन्ज जुता चप्पल व्यवसायी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले श्रावण २ गते शनिवार उत्साहपूर्वक रक्तदान गरेका छन् ।नेपालगन्ज जुता चप्पल व्यवसायी संघका उपाध्यक्ष माधवप्रसाद पोख्रेलका अनुसार नेपालगन्जको सुर्खेतरोड स्वास्तिक कटेज नेपालगन्जमा श्रावण २ गते शनिवार रक्तदान कार्यक्रम नेपालगन्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि अव्दुलवाहिद मन्सुरी, अतिथि लगायतले रगत संकल गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । नेपालगन्ज जुता चप्पल व्यवसायी संघका महासचिव कुलराज सञ्जनद्वारा सञ्चालित क...
भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !

भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !

CoVid19, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, श्रावण १–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.६ मा ६ वटै वडाका युवाहरुको भेला गरी सती राम यादवको अध्यक्षतामा पालिका स्तरिय युवा संघ गठन गरेको छ । वडा नं.६ का नेकपा एमाले वडा कमिटी अध्यक्ष ओरीलाल मौर्यको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य मो.हारुन कादरीको प्रमुख आतिथ्य, नेकपा एमालेका नीरज गुरुङ्ग, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्ली बि.सी., नेकपा एमाले डुडुवा गाऊँ पालिका अध्यक्ष शकील खाँ, जिल्ला सदस्य जमील खाँ, सत्य नारायण बर्मा, मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा ओम प्रकाश पुन, सचिव बुधराम जयसवाल, सह–सचिव उमेश सोनकर, कोषाध्यक्ष मनोज कुमार चौधर त्यसै गरी सदस्यमा अर्जुन बर्मा, सब्बीर खाँ, गणेश भण्डारी, शंकर क्षेत्री, रमेश जैसी, मुनव्वर शेष, राजेश खटिक, रंगीलाल यादव, इन्द्र बहादुर थापा, राम पाल गडरिया...
लियो क्लब अफ नेपालगन्ज सेन्टूल गठन

लियो क्लब अफ नेपालगन्ज सेन्टूल गठन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज स्थित एस.ओ.एस. युवालयका युवाहरुको भेलालले लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरेको छ ।लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष ला. विष्णुबहादुर रिमालको अध्यक्षतामा सम्पन्न लायन्स क्लब अफ नेग सेन्ट्रलको पहिलो कार्य विभाजन कार्यक्रममा लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरिएको हो ।सो लियो क्लब लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका पूर्व अध्यक्ष तथा वर्ष २०२१ तथा २२ एरिया नं. ६ का रिजन चियर पर्सन तुलाराम विश्वासको संयोजकत्व खुलेको तथा ज्ञानेन्द्र श्रेष्ठ तथा अध्यक्ष रिमाल लगायत ला. सेन्ट्रलको सदस्यहरुको सल्लाहकार रहने गरी गठन गरिएको जानकारी गराउनु हुँदै रिजन चियर पर्सन विश्वासले यस लियो क्लबको गतिविधिमा ध्यान दिई समाजमा उल्लेखनीय कार्य गर्नु पर्नेमा जोड दिनुभयो । सर्वसम्मत रुपमा लियो अनिता शाही अध्यक्षतामा गठन भएको उक्त क्लबको प्रथम उपाध्यक्ष इन्द्र बु...
६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ ।शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गर्नुभयो । ६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको नगर प्रमुख राणाले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपिया मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो ।नेपालगन्जमा २०१ जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।महिला स्वास्थ्य स्वयमसेविका न...
नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्राप्रति पूर्व कप्तान क्षेत्रीको कटाक्ष

नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्राप्रति पूर्व कप्तान क्षेत्रीको कटाक्ष

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – विश्व कोरोनाले थल्ल परेको बेला सम्बन्धित खेलाडी र खेल सम्बन्धी विज्ञहरुलाई समावेश नगरी गैर खेलाडी र कर्मचारीहरुलाई त्यसमा समावेश गराउनु प्रति कटाक्ष गर्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबि क्षेत्रीले सार्वजनिक सञ्जालमार्फत विरोध जनाएका छन् ।पूर्व कप्तान क्षेत्रीकाले आफ्नो स्टाटसमा लाज मर्दो अवस्था, १६ जना पदाधिकारी, विभिन्न बहानामा ओलम्पिकको सयर गर्न । यिनीहरुमा राष्ट्रप्रति जिम्मेवारी खोई ? भनी प्रश्न गर्दै आदर्शवादी गफ मात्रै,व यस्ता छन् हाम्रो देशका नीति निर्माताहरुलाई समेत प्रश्न तेरछाएका छन् ।पूर्व कप्तान क्षेत्रीले सम्मानीय प्रधानमन्त्रीज्यू आफै अहिले युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । यो हरकतको जिम्मेवारी कस्ले लिने हो ? दुर्भाग्य हाम्रो खेलकुद को भनी कटाक्ष गर्दै प्रश्न गरेका छन् । ओलम्पिकमा सफलता हरेक खेलाडीको लागि आफ्नो करिअरको उच्च वि...
‘स्वास्थ्य मापदण्डसहित शनिबार बिहान ६ बजेदेखि कोरा यात्रा शुरु’– संयोजक श्रेष्ठ

‘स्वास्थ्य मापदण्डसहित शनिबार बिहान ६ बजेदेखि कोरा यात्रा शुरु’– संयोजक श्रेष्ठ

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज साईक्ली· क्लबको आयोजनामा तेस्रो पटक शुरु हुन गईरहेको कोरा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबका वरिष्ठ उपाध्यक्ष तथा २०२१ कोरा संयोजक लभराज श्रेष्ठले जानकारी गराउनुभयो ।नेपालगन्ज साईक्ली· क्लबका वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार शनिबार हुने विभिन्न धार्मिक स्थलहरुको साईकल यात्राबाट परिक्रमा गर्ने कार्यको सम्पूर्ण तयारी पुरा भएको तथा स्थानीय बागेश्वरी मन्दिर पूर्वलाईन न्यूरोड जोडिएको पार्कमा बिहान ६ बजेदेखि आफूले तय गरेको रुटमा कुनै औपचारिक कार्यक्रम नगरी आउनेलाई पठाउँदै गर्ने बताउनुभयो । १०० किलोमिटर र ३० किलोमिटरको साईकल राईडि· रहेको जानकारी गराउँदै अनलाईनमार्फत फर्म भर्ना समेत सबैमा अनुरोध गर्नुभएको छ । यसमा १५ जनाभन्दा बढी साईकल राईडरको सहभागिता नहुने र सहभागीहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने बताउनुभयो ।साईकल राईडरले आफ्नो रुट ...
संयुक्त आयोजनामा ५४ जनाले गरे रक्तदान

संयुक्त आयोजनामा ५४ जनाले गरे रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ अषाढ – बाँकेको नेपालगन्जमा एकै दिन विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा ५४ जना महिला पुरुषले रक्तदान गरेका छन् ।सो रक्तदान कार्यक्रममा समाज सेवा संस्था नेपाल केन्द्रिय कार्यालय कोहलपुर, माइती नेपाल नेपालगन्ज, माइती युवा सञ्जाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त आयोजनामा आज विहिबार गरिएको रक्तदानमा महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका कार्यालयका नगर प्रमुख डा. धवलशम्शेर राणा र बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रक्तदान जीवनदान मूल नाराका साथ १ पिन्ट रगत दिएर कार्य...

अन्सारीको अध्यक्षता मुस्लिम इत्तेहाद संगठन कमिटी गठन !

CoVid19, अवधी, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरी डुडुवा, ३१ अषाढ-नेकपा एमाले डुडुवा गाउँपालिकाले पालिका स्तरीय नेपाल मुस्लिम इत्तेहाद संगठन कमिटी गठन गरेको छ । बनकट्टीमा आज भएको भेलाले जलील अन्सरीको अध्यक्ष १५ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा समीम शेष, सचिव रमजान शेष, सह-सचिव शरीफ शेष र कोषाध्यक्ष नसरुद्दीन खाँलाई चयन गरेको छ । करिब एक सय जनाको सहभागिता रहेको भेलाले सदस्यहरुमा तसलीम दर्जी, नजीर दर्जी, साकिर अलि सलमानी, जोखन सलमानी, लल्लन खाँ, साबिर अन्सारी, अलिम दर्जी, तालिम शेष, अब्दुल हासिम खाँ र आरिफ खाँ रहेका छन् । भेलामा गाउँपालिकामा बसोवास गर्ने मुस्लिम समुदायमा रहेको विद्यमान समस्या समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो । भेलामा जिल्ला सदस्य मोहम्मद सगीर खाँ, सत्यनारायण बर्मा र कैयुम खाँ लगा...
राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, २९ अषाढ – राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । राप्ती सोनारी गाउँपालिका कार्यालयमा आज सोमबार सम्पन्न भएको नवौं गाउँसभा तथा बजेट अधिवेशनले सो बजेट सर्वसम्मत रुपले पारित गरेको छ ।गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको उक्त बजेटलाई सभामा उपस्थित भएका सम्पूर्ण सदस्यहरुले हात उठाएर पारित गरेका छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम भने यसअघि नै सर्वसम्मत रुपमा पारित भएको थियो । गाउँपालिकाको असार १० गतेबाट नवौं गाउँसभा सुरु भएको थियो । उक्त सभामा उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएकोमा लामो छलफल तथा अध्ययन पश्चात आज सर्वसम्मत रुपमा पारित भएको प्रमु...
चर्चित मोडल बिबश र मस्तिरामको स्वरमा धतंगाको गित डेब्यु

चर्चित मोडल बिबश र मस्तिरामको स्वरमा धतंगाको गित डेब्यु

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ अषाढ – चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि प्रबेश गरेका छन् ।लामो समय मोडलिङ्ग क्षेत्रमा जमेका चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि डेब्यु गरेका हुन् । धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) को लागि चर्चित गायक खेम भौगरिया, मोडल, बिबश जिएच र मस्तिराम चौधरी (मस्तैला) ले सो टेलिसिरियलका लागि स्वर दिएका छन् । कर्णाली रेकडिङ्ग स्टुडियो अतरिया कैलाली स्टुडियोमा रेकर्डिङ्ग भएको छ । सो गितमा ३० बढि कलाकारहरुले भिडियोमा खेलाउने उद्देश्य रहेको कलाकार मस्तिराम चौधरी (मस्तैला) ले बताउनुभयो । चर्चित चर्चित कलाकारको जम्बो टिम भिडियोमा सहभागिता गराउने लक्ष्यका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।वाई.एस मिडिया प्रालि युट्युव च्यानलले धतंगा टेलिसिरियलको छायाङकन...