Monday, June 22सत्यम खबर
Shadow

आस्था

आज गुरु पूर्णिमा मनाइँदै

आज गुरु पूर्णिमा मनाइँदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – तिथिको अनुसार हिजो बिहानदेखि नै गुरुपूर्णिमा लागेको भएता पनि मितिका अनुसार आज अषाढ शुक्ल पूर्णिमाका दिन गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा मनाइँदैछ ।ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ । गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।गुरु पूर्णिमाका अवसरमा ...
“भानु तिम्रो रामायणले” को लोकार्पण

“भानु तिम्रो रामायणले” को लोकार्पण

आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण - गायक तथा संगीतकार केशव शर्मा दाहालले आदिकवि भानु भक्त आचार्यको जन्म दिवसको अवसर पारेर “भानु तिम्रो रामायणले, मैले राम जाने” बोलको भजन गीतको लोकार्पण गरेका छन् । कनेक्टिकट नेपाली समाजले मनाएको २०८ औं आदिकवि भानु भक्त जन्म जयन्तिको अवसरमा औपचारिक लोकार्पण गरिएको भजन गीतको रचना कवि तथा गीतकार धन लामाले गर्नु भएको हो । नेपाली भाषा साहित्यको विकासमा आदिकवि भानु भक्त आचार्यको योगदान अतुलनीय छ । त्यसमा पनि साँस्कृत भाषामा रहेको वाल्मिकी रामायणको नेपाली भाषामा गरेको अनुवादले नेपाली समाजमा अध्यात्मिक जागरणको नयाँ युगको आरम्भ गरेको देखिन्छ । कवि तथा गीतकार लामाको “भानु तिम्रो रामायणले” गीत भजनले सिंगो रामायणको सार बोकेको छ । भानु तिम्रो रामायणले मैले राम जानें भानु तिम्रो रामायणले मैले राम जानेंउनै बिष्णु भगवानको अर्को नाम जानेंराम नाम जानें भानु, राम नाम जानेंतिमीले ग...
गाई चोरीमा दुईजना पक्राउ

गाई चोरीमा दुईजना पक्राउ

CoVid19, अपराध, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – विगत १५–२० दिन देखि छाडा रुपमा रहेको जनावरहरु मध्य खास गरी गाई, गोरु, बाछा, बाछीहरु चोरी हुने क्रम बढ्दै गएको छ ।सोमबार फुल्टेक्रा चौराहाबाट केही व्यक्तिहरुले चौकमा बसिरहेका गाईहरुलाई सामसुम पारी डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको, कहाँ लैजाने, कसले लैजाने भनी प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो । त्यसैगरी आज मंगलबार सेतु बिक चौकबाट कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खानलाई गाई चोरी गरिरहेकै अवस्थामा स्थानीयहरुले पक्राउ गरी वडा प्रहरी कार्यालयमा बुझाएका छन् ।वडा प्रहरी कार्यालयमा थुनिएका चोरद्वयलाई गाई किन चोरी गरेको प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्...
कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – कसौंधन वैश्य समाजद्वारा १८ वर्षमाथिका सम्पूर्णलाई कोभिड–१९ कोरोना भाईरस विरुद्धका खोप लगाउन माग गरिएको छ ।कसौंधन वैश्य समाज, कसौंधन वैश्य समाज युवा मञ्च, कसौंधन वैश्य समाज महिला मञ्चलगायतको टीमसँगै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउँदै कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले कोरोना भाईरसको संक्रमणबाट विगतमा नेपालगन्जमा देखिएको अवस्थालाई ध्यानमा राखी पुनः सोही अवस्था नआउन पाओस् भन्ने उद्देश्यका साथ आज सम्बन्धित जिल्ला प्रमुखमार्फत प्रधानमन्त्रीलाई खोप लगाउन ज्ञापनपत्र मार्फत माग गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले ज्ञापनपत्र बुझ्दै छिटोभन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा बुझाउँने आस्वासन दिनुभयो ।कसौंधन वैश्य समाजद्वारा बुझाईएको ज्ञापन पत्रमा “यस बाँके जिल्ला लगायत विश्व भरि नै कोरोना (क...
लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा भण्डारी

लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा भण्डारी

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – लायन्स क्लब अफ नेपालगन्जले सोमवार नेपालगन्ज स्थित स्वास्तिक कटेजमा भव्यताका साथ पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पी.डी.जीद्वय मधुसूधन शर्मा (रिजाल), सेम शाक्यको उपस्थिति रहेको थियो । यसैगरी अतिथिका रुपमा सम्पूर्ण लायन्स क्लब आफ नेपालगन्जका पूर्व अध्यक्ष लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सन् २०२०÷२०२१ का अध्यक्ष यज्ञप्रताप राणाले वर्षभरिमा गरेका कार्यहरुको बारेमा प्रकाश पार्दै सन् २०२१÷२०२२ का अध्यक्ष गणेश भण्डारी, कोषाध्यक्ष नर्मदा शाही तथा सचिव यज्ञबहादुर बस्नेतलाई पूर्वअध्यक्ष यज्ञप्रताप राणा, पूर्व कोषाध्यक्ष विष्णुबहादुर श्रेष्ठ तथा पूर्व सचिव यज्ञबहादुर बस्नेत अ–आफ्नो पद हस्तान्तरण गरेका थिए । यसैगरी शुभकामना मन्तव्य दिने क्रममा पी.डी.जी.मधूसूदन शमा (रिजाल), पी.डी.जी. सेम शाक्य ...
महिलालाई अक्षय कोषबाट सहयोग

महिलालाई अक्षय कोषबाट सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ श्रावण – आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई सहयोग प्रदान गरिएको छ । बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोषबाट बाँसगढी बर्दिया घर भई हाल नेपालगन्ज वडा नं. १२ मा बस्दै आएकी लक्ष्मी बुढालाई व्यवसाय सञ्चालन सहयोगका लागि १० हजार सहयोग गरिएको हो ।आर्थिक अवस्था कमजोर भएकी बुढाका श्रीमान १ वर्षदेखि सम्पर्क बिहिन छन् । बुढाले नेपालगन्जमा ठेलामा पसल सञ्चालन गरिरहेकी छन् । शाहको जन्म दिन साउन ३ गते कोषबाट विभिन्न व्यक्तिहरुलाई सहयोग प्रदान गरिदै आएको छ । नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका अतिथी बासका सल्लाहकार बरिष्ठ पत्रकार पूर्णलाल चुके, कानुनी सल्लाहकार अधिबक्ता लोकबहादुर शाहले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै अक्षय कोषकी संस्थापक दिला शाहले जिवित वुवा, मुवाको सम्मानमा अक्...
५० परिवारलाई २५ सय नगदसहित राहत बितरण

५० परिवारलाई २५ सय नगदसहित राहत बितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
टिकापुर, ३ श्रावण - माइती नेपाल नेपालगन्जले कैलालीको टिकापुर नगरपाकिाल वडा नं–८ सत्ति गाउँका ५० परिवारलाई राहत बितरण गरेको छ । सत्ति गाउँका महिला तथा बालबालिका लक्षित गर्दै माइती नेपालले आईतबार ५० परिवारलाई नगदसहित खाद्यन्न राहत बितरण गरेको हो । राहत बितरणमा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य उमा वादीले हालसम्म यो समुदायमा यति धेरै मात्राको सहयोग पहिलो पटक भएको बताउनुभयो । माइती नेपालले सधैं महिला तथा बालबालिका लक्षित कार्यक्रम गर्दै आएको र यो समुदाय लक्षित राहत बितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले दुःखी चेलीका लागि आखिर माइती नै रहेछ र माइतीको वास्तविक्ता व्यक्त गर्नुभयो । उक्त गाउँमा दैनिक ज्यालादारी गर्ने, यौन शोषणमा परेका, बिभिन्न रोगबाट ग्रसित, अपाङ्गता भएका, अभिभावक बिहिन र बादी समुदायका महिला तथा बालबालिका गक्षित गरी ५० घरपरिवारलाई राहत बितरण गरिएको माइती नेपाल ने...
नेपालगन्ज मुस्लिम समाज जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता

नेपालगन्ज मुस्लिम समाज जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता

CoVid19, आस्था, प्रदेश ५, समाचार
मनोज कुमार कौशलनेपालगन्ज, ३ श्रावण – नेपालगन्जमा विगत सात वर्षदेखि सामाजिक सेवा कार्य गर्दै आएको नेपालगन्ज मुस्लिम समाज जिल्ला प्रशासन कार्यालय, बाँकेमा विधिवत दर्ता भएको छ ।गत हप्ता समाजका अध्यक्ष मो. हकीम हलवाई लगायतका नेपालगन्ज मुस्लिम समाज, बाँकेका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगी त्यहाँबाट संस्था दर्ता भएको प्रमाणपत्र बुझेका छन् । समाजले २०७७ चैत्र महिनामा आएको कोभिड–१९ को संक्रमण र २०७८ वैशाख महिनाबाट कोरोना संक्रमण बढेपछि त्यसले नेपालगन्जमा गरिब, असहाय, विपन्न वर्गमा खाद्यान्न लगायत राहत वितरण त्यस्तै सशस्त्र प्रहरी, जनपथ प्रहरी र बाटो हिँड्ने सर्वसाधारण बटुवालाई मास्क, सेनिटाइजर र खाजा खुवाई प्रशंसा बटुल्दै आएको छ ।नेपालगन्ज मुस्लिम समाज विधिवत दर्ता नभएकोले यसलाई दर्ता गराउन संस्थाको विधान तयार पारी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो जसपछि अहिले भर्खरै त...
कब्रिस्तानको पर्खाल अग्लो पारिएपछि मुस्लिम समुदायमा असुन्तष्टि

कब्रिस्तानको पर्खाल अग्लो पारिएपछि मुस्लिम समुदायमा असुन्तष्टि

CoVid19, आस्था, प्रदेश ५, समाचार, समाज
– विद्रोहीनेपालगन्ज, ३ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सल्यानीबाग (सहाबा)मा रहेको मुस्लिम कब्रिस्तानको पर्खाल अग्लो पारिएपछि अधिकांश मुस्लिम समुदायका व्यक्तिहरुमा असुन्तष्टि रहेको छ ।नेपालगन्जमा रहेको मुस्लिम कब्रिस्तान धेरै नै पुरानो छ । नेपालगन्ज उमनपाभित्र रहेका मुस्लिम समुदायका व्यक्तिको देहान्त हुँदा यहिँ उनीको अन्तिम संस्कार हुने गरेको छ । हरेक समुदायको अन्तिम संस्कार गर्ने छुट्टा छुट्टै परम्परा रहेको छ । मुस्लिम समुदायको अन्तिम संस्कार गर्न कब्रिस्तानको पर्खाल धेरै अग्लो हुँदैन यसको कारण छ कि अन्तिम संस्कार गर्ने कार्य सबैले सहज सरल ढंगले देखी यो बोध गरुन् कि एक दिन सबैलाई मर्नुपर्छ र पछि शरीरलाई जमिनमा पुरी नष्ट गरिन्छ । यसलाई सुपुर्दे खाक भनिन्छ । सल्यानी बाग नजीक रहेको मुस्लिम कब्रिस्तानको कार्य वर्षाैदेखि व्यवस्थित ढंगले चल्दै आएको थियो तर दशकौंअघि कब्रिस्तानक...
नेपालगञ्जका जुँगे महादेव

नेपालगञ्जका जुँगे महादेव

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुमन थापा ‘संगम’ ’नेपालगन्ज, २ श्रावण – आखिर भगवानको रूप कसैले देखेको छैन र पनि मान्छेले नै बनाएको मूर्तिमा साक्षात् भगवानको रूप देखेर हामी श्रद्धाले शिर निहुराउँछौं । यसरी निहुरिँदा मनमा आनन्द छाउँछ । मैले नेपालगन्ज बाहेक अन्यत्र जुंगा भएका महादेवको मूर्ति देखेको छैन ! तपाईंले देख्नु भएको छ कि ?साउन अर्थात् शिवजीको महिना । वास्तवमा हामी नेपाली वर्षैभर भगवानप्रति आस्था राख्छौं । सत्कर्म गर्नु नै भगवानलाई पूज्नु हो ।जुँगे महादेवका बारेमा लेख्न मन लागिरहेको थियो । लेख्नका लागि धेरै कुरा मनमा आए । जब ती कुरा लेख्न बस्थेँ तब सागरको छालझैं एकैपटक हुत्तिँदै आउने कुराहरू तिनै छालले सर्लक्क सोहोरेर आफूसँगै लैजान्थे । अहँ म छोप्नै सक्दिनथें र फेरि रित्तो हुन्थें । दिनहरू वित्दै गए । लामो समयको अन्तरालमा फेरि नेपालगन्ज जाने मौका जुरेकाले लेख्नुपर्ने कुराले फेरि झक्झक्यायो ।समयले कति छिट्टै फड...