Saturday, May 30सत्यम खबर
Shadow

‘स्वास्थ्य मापदण्डसहित शनिबार बिहान ६ बजेदेखि कोरा यात्रा शुरु’– संयोजक श्रेष्ठ

नेपालगन्ज, १ श्रावण – नेपालगन्ज साईक्ली· क्लबको आयोजनामा तेस्रो पटक शुरु हुन गईरहेको कोरा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबका वरिष्ठ उपाध्यक्ष तथा २०२१ कोरा संयोजक लभराज श्रेष्ठले जानकारी गराउनुभयो ।
नेपालगन्ज साईक्ली· क्लबका वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार शनिबार हुने विभिन्न धार्मिक स्थलहरुको साईकल यात्राबाट परिक्रमा गर्ने कार्यको सम्पूर्ण तयारी पुरा भएको तथा स्थानीय बागेश्वरी मन्दिर पूर्वलाईन न्यूरोड जोडिएको पार्कमा बिहान ६ बजेदेखि आफूले तय गरेको रुटमा कुनै औपचारिक कार्यक्रम नगरी आउनेलाई पठाउँदै गर्ने बताउनुभयो ।


१०० किलोमिटर र ३० किलोमिटरको साईकल राईडि· रहेको जानकारी गराउँदै अनलाईनमार्फत फर्म भर्ना समेत सबैमा अनुरोध गर्नुभएको छ । यसमा १५ जनाभन्दा बढी साईकल राईडरको सहभागिता नहुने र सहभागीहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने बताउनुभयो ।
साईकल राईडरले आफ्नो रुट आफै तय गर्ने र उक्त रुटमा २ मिटर बराबरको दुरी गरी साईकल सर्कल गरी यात्रा गर्नुपर्ने जानकारी गराउँदै १०० देखि १५० जनाको सहभागिता रहने लक्ष्यसहित शनिबार बिहान ६ बजेदेखि शुभारम्भ हुने बताउनुभयो ।
नेपालगन्जलाई साईकल सिटी भनी चिनाउने उद्देश्य राखी कोरा कार्यक्रम विश्व व्यापी रुप मै राखिएको हुँदा नेपालगन्जमा पनि आयोजना गर्न लगिएको बताउनुभयो ।


उपाध्यक्ष श्रेष्ठका अनुसार जस्तो सुकै साईकल भएपनि चलाउन जान्ने व्यक्तिले सहभागिता जनाउन सक्ने छन् । नेपालगन्जलाई चिनाउन सुनौलो अवसर भएको हुँदा जो सुकैले चाहे महिला वा पुरुष समेत सहभागिता जनाउन अनुरोध गर्नुभयो ।
आफूले साईकल यात्रा पुरा गरिसकेपछि हैच कोरा २१ गरी फेसबुकमा फोटो राख्नुपर्ने छ जसले गर्दा अधिराज्य भरी साईकलमा यात्रा गरिएका वा सहभागिता जनाएकाहरुको रेकर्ड रहने छ ।
विहिबारदेखि आज शुक्रबारसम्म अनलाईन फर्म परेकाहरुका लागि टिसर्ट वितरण कार्य जारी रहेको बताउनुभयो । रजिष्ट्रेशन फर्म भरेकाहरुले सम्पर्क गर्न सक्ने छन् ।
कोराको नेपालगन्जमा तेस्रो सिजन मनाउन गईरहेको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘कोरा तिब्बती भाषा हो, यसको अर्थ आफ्नो क्षेत्रमा रहेको विभिन्न धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, गुरुद्वारालगायतलाई घुम्नेलाई कोरा भनिने गरेको बताउनुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *