
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज स्थित एस.ओ.एस. युवालयका युवाहरुको भेलालले लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरेको छ ।
लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष ला. विष्णुबहादुर रिमालको अध्यक्षतामा सम्पन्न लायन्स क्लब अफ नेग सेन्ट्रलको पहिलो कार्य विभाजन कार्यक्रममा लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरिएको हो ।
सो लियो क्लब लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका पूर्व अध्यक्ष तथा वर्ष २०२१ तथा २२ एरिया नं. ६ का रिजन चियर पर्सन तुलाराम विश्वासको संयोजकत्व खुलेको तथा ज्ञानेन्द्र श्रेष्ठ तथा अध्यक्ष रिमाल लगायत ला. सेन्ट्रलको सदस्यहरुको सल्लाहकार रहने गरी गठन गरिएको जानकारी गराउनु हुँदै रिजन चियर पर्सन विश्वासले यस लियो क्लबको गतिविधिमा ध्यान दिई समाजमा उल्लेखनीय कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
सर्वसम्मत रुपमा लियो अनिता शाही अध्यक्षतामा गठन भएको उक्त क्लबको प्रथम उपाध्यक्ष इन्द्र बुढा, द्वितीय उपाध्यक्षमा स्मृति चौलागाई, तृतीय उपाध्यक्षमा दुर्गा धामी, सचिवमा दिपा सापकोटा, कोषाध्यक्षमा गणेश सिंह सुनार चयन हुनुभएको छ ।
नवगठित क्लब विशेषगरी एसओएस युवालयमा रहेका भाई बहिनीहरुको संलग्नता रहेको छ भने अन्य ईच्छुक सदस्यहरुलाई पनि खुल्ला गरिएको जानकारी नवनियुत अध्यक्ष शाहीले दिनुभयो । अध्यक्ष शाहीका अनुसार क्लबले विशेष गरेर शिक्षा तथा वातावरणको क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै क्लबको निर्देशकहरुमा गणेशसिंह सुनार, विकास शाही र लोकबहादुर थापा, जनसम्पर्क अधिकारीमा नारायणी कोइराला, लायन टेमर सपना सिजापति तथा टेल ट्वीस्टर प्रतिभा रोकाय चयन भएका छन् भने सदस्यहरुमा अञ्जली राजी, अश्लेषा विश्वास, कृष्ण सिंह, टेकेन्द्र बोहरा लगायत रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लवका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ ज्ञानेन्द्रकुमार श्रेष्ठले लायन्स तथा लियो क्लबको महत्व तथा उद्देश्यहरु मथि प्रकाश पार्नु भएको थियो । क्लव अन्तर्गत लियो तथा लायन्स सदस्यहरु विशेष रुपमा आफुभन्दा कम भाग्यमानी व्यक्तिहरुलाई सहयोग गर्ने अर्थात् सेवा दिने र सामाजिक कार्यमा अग्रसरता देखाउने, फेलोसिप बढाउने कुराको जानकारी गराउनु भयो ।
उहाँले लायन्स क्लब विश्वमा सबैभन्दा ठुलो सामाजिक संस्था भएको तथा भेदभाव रहित मानब सहयोगको लागि कार्य गर्ने संस्थाको रुपमा समाजमा स्थापित भएको बताउनु भयो । नव गठित लियो क्लब लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको मातहातमा रही कार्य गर्ने सो क्लबको गतिविधिमा सहयोगीको भूमिका खेली आफ्नो कुनै विशेष कार्य गरी पहिचान बढाउन सक्ने बताउनु भयो ।
सो कार्यक्रका अध्यक्ष विष्णु रिमालले यस क्लब हाम्रो शाख जोगाउने तथा भरोसाको केन्द्र हुने बताउनु भयो । साथै उहाँले यस क्लबका सम्पूर्ण लियो भाई बहिनीहरु सामाजिक कार्यमा अग्रसर भई खटिने आशा गर्नु भयो ।
सो कार्यक्रममा लायन्स क्लब नेग सेन्ट्रलका कोषाध्यक्ष एलिजा पौडेल, ला. सिमा विश्वास, लियो दुर्गा धामी, नारायण्ी कोईराला, लोक खड्का, गणेशसिंह सुनार, कृष्ण सिंह, प्रतिभा रोकायलगायतको पनि सहभागिता रहेको थियो ।


