
नेपालगन्ज, २९ अषाढ – चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि प्रबेश गरेका छन् ।
लामो समय मोडलिङ्ग क्षेत्रमा जमेका चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि डेब्यु गरेका हुन् । धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) को लागि चर्चित गायक खेम भौगरिया, मोडल, बिबश जिएच र मस्तिराम चौधरी (मस्तैला) ले सो टेलिसिरियलका लागि स्वर दिएका छन् ।

कर्णाली रेकडिङ्ग स्टुडियो अतरिया कैलाली स्टुडियोमा रेकर्डिङ्ग भएको छ । सो गितमा ३० बढि कलाकारहरुले भिडियोमा खेलाउने उद्देश्य रहेको कलाकार मस्तिराम चौधरी (मस्तैला) ले बताउनुभयो । चर्चित चर्चित कलाकारको जम्बो टिम भिडियोमा सहभागिता गराउने लक्ष्यका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।
वाई.एस मिडिया प्रालि युट्युव च्यानलले धतंगा टेलिसिरियलको छायाङकन गरि सार्वजनिक गर्ने कलाकार बिबश जिएचले जानकारी गराउनुभयो । थारु भाषामा आधारित धतंगा टेलिसिरियल केही दिनमा आउने सुटिङग युनिटको दाबी छ ।
धतंगामा डाइरेक्सन सन्देश के चौधरीले गर्नुभएको छ भने छायाङकन सम्पादन एमबहादुर थारुको रहेको छ । धतंगाको स्टोरी खेम भौगरियाले गर्नुभएको छ ।

यस्तै कथा/सम्बाद मस्तिराम चौधरी (मस्तैला) र सन्देशकुमार चौधरीको रहेको छ । धतंगामा मुख्य कलाकार चर्चित मोडल तथा डाइरेक्टर विवश जिएच, गायक, खेम भौगरिया, मोडल मस्तिराम चौधरी (मस्तैला), चर्चित डाइरेक्टर सन्देश के चौधरी, चर्चित मोडल शिशिर धम्लहवा, मोडलहरु लालधानी थारु, मनोज थारु, विकास थारु लगायतको मुख्य भुमिका रहेको छ । वाई एसले निर्माण गरिएको धतंगा भाग १ हो यसलाई निरन्तरता दिने धतंगा ग्रुपले जनाएको छ ।
