Monday, June 22सत्यम खबर
Shadow

आस्था

पाकिस्तानमा मन्दिर तोडफोड सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण

पाकिस्तानमा मन्दिर तोडफोड सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण

CoVid19, अपराध, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगनज, २२ श्रावण - पाकिस्तानको पन्जाब शहरमा रहेको मन्दिरमा तोडफोडको घट्नाप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ नेपालले एक बिज्ञप्ति जारी गर्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार साँझ भएको तोडफोडको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म, संस्कृति अवलम्बन गर्न पाउने अन्तर्राष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासंघ सचेत गराउँदछ, बिज्ञप्तिमा उल्लेख छ । मन्दिरमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासंघले माग गरेको छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनबिरुद्ध कानून बनाई तत्काल लागु गर्न पनि माग गरिएको महासंघ नेपालका प्रवक्ता राजन अधिकारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप...
जिम्मेवारीमा बसेका अध्यक्ष नै अन्यौलमा, श्रमदानको हिसाबै गोल

जिम्मेवारीमा बसेका अध्यक्ष नै अन्यौलमा, श्रमदानको हिसाबै गोल

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ श्रावण – निर्माणाधिन फुल्टेक्रा माध्यमिक विद्यालयमा पैसाको चलखेल भएको देखाउँदा समेत सम्बन्धित पक्ष मौन हुनु पछाडीको रहस्य बारे निर्माणाधिन स्थल कै स्थानीयबासीहरुको भनाई आएको छ ।स्थानीयबासीका अनुसार विद्यालय निर्माण ईष्टीमेट अनुसार बनाएपछि जति खाँदा पनि के फरक पर्छ, काम फाईदा कै लागि गरिन्छ । तर यदि शौचालय निर्माणमा मात्र सरकारी ढुकुटीबाट १४ लाख लगाईएको अवस्था छ भने यसमा सब ईन्जिनियरदेखि डाकुमेन्ट तयार गर्ने र हस्ताक्षर गरी बिल फर्चोट गर्ने सबलाई केही रकम दिएर मिलाएको अवस्था हुनुपर्ने देखिन्छ ।विद्यालय निर्माण स्थलमा हालपनि कुनै बोर्डसम्म राखिएको पाईन्दैन । तर ठेकेदारको भनाई अनुसार दोस्रो तलमा ईट्टाले च्यापेर बोर्ड राखिएको बताउनुभयो । ठेकेदारको भनाईलाई मान्ने हो भने विद्यालय निर्माण गर्न करीब ४० लाख रुपैयामा ४ कोठे भवन तयार गरिएको जसमा ५ प्रतिशत श्रमदान समेत आउँछ । त्यस अनुसार...
आय आर्जनमा सहयोग पु¥याउन महिलाहरुलाई सामग्री सहयोग

आय आर्जनमा सहयोग पु¥याउन महिलाहरुलाई सामग्री सहयोग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ श्रावण – नेपालगन्ज उप–महानगरपालिकाले महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग गरिएको हो ।बिहिवार नगर प्रमुख डा. धवल शम्शेर राणाले महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । उपमहानगरपालिकाले यसअघि तालिम प्राप्त महिलाहरुलाई ब्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । उपमहानगरपालिकाका सामाविक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ ।यसैगरी ४९ जनालाई साईकाल सहयोग गरिएको छ । दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका...
कष्ट निवारणका लागि शिव महापुराण पाठ आज ११ औं दिन

कष्ट निवारणका लागि शिव महापुराण पाठ आज ११ औं दिन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० श्रावण – बाँके जिल्लाको नेपालगन्जमा श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठ प्रथम भाग आज बुधबार ११ औं दिनसम्म निरन्तर बाचन भईरहेको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका लागि श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठको आयोजाना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी समाजसेवी स्व. बाबुराम कुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित श्री शिव पार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठकद्वारा बिहान ९ बजेदेखि ११ बजेसम्म शिव महापुराण पाठ वाचन गरिन्छ भने पाठ वाचन अवधीसम्म जजमानको रुपमा लक्षमण भारती र पाठ व...
छात्राहरुलाई साईकल सहयोग

छात्राहरुलाई साईकल सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ ।नेपालगन्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मङ्गलबार साईकल हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विदकिरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गर्नुभयो । नगर प्रमुख राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको तयारीमा लागेको जानकारी दिनुभयो ।कन्या विद्यालय पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकांश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन् ...
पूर्वमंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

पूर्वमंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, १८ श्रावण - श्रावण महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ। श्रावण महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मंदिरमा पूर्व मंत्री इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मंदिरमा रुद्राभिषेक गरेका छन् । जस्मा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मंदिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरुले सपना देखेर त्यहाँ उत्खननको क्रममा शिव भगवानको मुर्ति भेटिएको थियो । त्यस पश्चात उक्त मंदिरको नाम प्रगटेश्वर महादेव मंदिर राखिएको थियो । उक्त शिव मंदिर सिद्ध मंदिरको रूपमा चिनिन्छ । उक्त शिव मंदिरमा उत्खनन गरेर कति बर्ष पुरानो मंदिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसंधान गर...
“महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्तिमा दुई श्रष्टालाई पुरस्कार तथा सम्मान

“महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्तिमा दुई श्रष्टालाई पुरस्कार तथा सम्मान

CoVid19, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ श्रावण – बाँके जिल्लाको नेपालगन्जमा सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्ति आज शनिवार एक साहित्यिक कार्यक्रमका बिच मनाईएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८६ औं जन्मजयन्ति, पुरस्कार अर्पण तथा सम्मान कार्यक्रमको आयोजना गरी मनाइएको छ ।रुकुम जिल्लाको मुसीकोट, सेरिगाउँमा जन्मनु भएका प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को विनासकारी महाभूकम्पको पूर्व सन्ध्या बि.सं. २०७२ साल वैशाख ११ गते निधन भएको थियो । प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को छोरी वाणीश्री मल्ल, जुवाई बखतबहादुर मल्ल र भेरी साहित्य समाजद्वारा स्थापित प्रेमप्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्ने क्रममा आज शनिवार ८६ औं जन्मजयन्तिको अवसरमा यस वर्ष बाँकेका वरिष्ठ लोकगायक कमल विके निर...
रङ्ग बिराङ्गी पतंग उडाऔं

रङ्ग बिराङ्गी पतंग उडाऔं

CoVid19, आस्था, प्रदेश ५, बिचार, समाज
मिति २०७८ श्रावण १६ गतेशिवराज साहुआज पनि जब आकाशमा उडीरहेको पतंग हेर्दछु तब लाग्छ की बालापन जिंदा भैरहेको छ । जीवनको प्रति उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन महशुस गर्नु हुन्छ भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भरना सक्नुहुन्छ । “बालापनलाई बालापनको जस्तो नै जिउन दिनुहोस् । बालापनमा बच्चाहरु माथि धेरै जिम्मेवारीहरु न थोप्नुहोस्”बालापनमा मलाई पतंग उडाउन अति नै प्रिय थियो अर्थात शौक थियो । हाम्रो बेलामा बालापन र पतंगको एक आपसमा गहिरो सम्बन्ध रहने गर्दथ्यो । आज पनि अब म आकाशमा पतंगलाई उडेको देख्छु, त मेरो मन पुरोनो आफ्नो बालापनको त्यो अवस्थालाई सोच्दै उत्साहले भरी हाल्छ । आज वर्तमान समयमा पतंग आवश्य उड...
मानवअधिकारलाई कार्यन्वयन गर्दै बढैयाताल गाउँपालिका

मानवअधिकारलाई कार्यन्वयन गर्दै बढैयाताल गाउँपालिका

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बढैयाताल (बर्दिया) १६ श्रावण – स्थानीय सरकारमा मानवअधिकार संरक्षण तथा सम्र्वद्धनका लागि मानवअधिकार सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । स्थानीय तहमा मानवअधिकारको अवस्थामा सुधार गर्नका लागि निर्माण गरिएको मानवअधिकार निर्देशिका २०७७ लाई कार्यन्वयन गरिएको हो ।मानवअधिकार सम्वन्धी नितिलाई कार्यन्वयन गरिएपछि देश कै स्थानीय तहहरु मध्ये बर्दियाको बढैयाताल गाउँपालिका पहिलो भएको छ । सम्भवतः नेपालका ७५३ वटा स्थानीय तह मध्ये बर्दिया पहिलो भएको हो । गाउँपालिकाले शुक्रबार एक कार्यक्रममार्फत मानवअधिकार नितिलाई कार्यन्वयन गर्ने क्रममा मानवअधिकार संरक्षण समिति गठन गरेको छ । मानवअधिकार निर्देशिका अनुसार स्थानीय मानव अधिकारकर्मी बीरबहादुर थारुको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दलबहादुर सुनार, ममता माझी, करिस्मा थारु, हरिबहादुर घर्ति, श्रीकान्ती गिरीलाई चयन गरिएको...
शाहको महाकाली–मेची शान्ति यात्रा १८ गतेदेखि शुरु

शाहको महाकाली–मेची शान्ति यात्रा १८ गतेदेखि शुरु

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम शर्मानेपालगन्ज, १५ श्रावण – कोभिड–१९ बाट ज्यान गुमाउने नागरिकहरुप्रति समर्पित महाकाली–मेची शान्ति साइकल यात्रा–२०७८ को लागि बाँकेमा तेज विक्रम शाह जाने भएको छन् ।आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफूले विश्वभर कोभिड–१९ को महामारीबाट ज्यान गुमाउनेहरुको आत्मा चिरशान्तिका लागि उक्त महामाली–मेची यात्रा गर्न लागेको बताउनुभयो । कोभिड–१९ बाट विश्वभर ज्याद गुमाएकाहरुको आत्माको चिरशान्तिका लागि शाहले साउन १८ गतेदेखि महाकालीबाट साईकल यात्रा गर्ने भएका छन् ।उक्त साईकल यात्राका लागि रुट समेत तय गरिएको छ । दोधारा चाँदनी–टिकापुर १ सय ३५ किलोमिटर, टिकापुर–नेपालगन्ज ८० किलोमिटर, नेपालगन्ज–लमही १ सय २७ किलोमिटर, लमही–चन्द्रौटा ६० किलोमिटर, चन्द्रौटा–बुटवल ९५ किलोमिटर, बुटवल–कावासोती ८५ किलोमिटर, कावासोती–हेटौडा १ सय ६ किलोमिटर, हेटौडा–लालबन्दी, सर्लाही १ सय ४ किलोमिटर, लालबन्दी–बर्दिबास १ सय ३...