कोभिड–१९ बारे सचेतना अभियान
नेपालगन्ज, ३० श्रावण – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट ग्रस्त भएको अवस्थामा बाँके जिल्लामा समेत विगतले भयावाह अवस्था देखाईएकोलाई ध्यानमा राखी कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्टबाट जोगिन सचेतना अभियानको आयोजना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका भन्सार कार्यालय अगाडी हुँदै सीमानाका सम्म कोभिड–१९ सचेतना अभियानको आयोजना बि¥योंसेल्फ नेपालगन्ज बाँके लुम्बिनी प्रदेशको आयोजनामा आज शनिबार सम्पन्न गरिएको छ ।आज आयोजना गरिएको अभियानमा तपाईको मास्क खोई ? मास्क लगाऔं, जीवन बचाऔंलगायतको स्लोगन लगाईएको ब्यानर टाँगी युवाहरु सचेतना ¥याली आयोजना गरी मास्क बाड्दै अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष अनुपा चौधरीले बताउनुभयो ।
आयोजक संस्थाका उपाध्यक्ष प्रेक्छा के.सी., सचिव शिवम् शाह, कोषाध्यक्ष विजय कोरी, सदस्यहरुमा मधु शाह, रोशी श्रेष्ठ, सुप्रिया शाह, दिलिप शाह, रविन आचार्य, अमित...









