Monday, April 20सत्यम खबर
Shadow

जिम्मेवारीमा बसेका अध्यक्ष नै अन्यौलमा, श्रमदानको हिसाबै गोल

नेपालगन्ज, २२ श्रावण – निर्माणाधिन फुल्टेक्रा माध्यमिक विद्यालयमा पैसाको चलखेल भएको देखाउँदा समेत सम्बन्धित पक्ष मौन हुनु पछाडीको रहस्य बारे निर्माणाधिन स्थल कै स्थानीयबासीहरुको भनाई आएको छ ।
स्थानीयबासीका अनुसार विद्यालय निर्माण ईष्टीमेट अनुसार बनाएपछि जति खाँदा पनि के फरक पर्छ, काम फाईदा कै लागि गरिन्छ । तर यदि शौचालय निर्माणमा मात्र सरकारी ढुकुटीबाट १४ लाख लगाईएको अवस्था छ भने यसमा सब ईन्जिनियरदेखि डाकुमेन्ट तयार गर्ने र हस्ताक्षर गरी बिल फर्चोट गर्ने सबलाई केही रकम दिएर मिलाएको अवस्था हुनुपर्ने देखिन्छ ।
विद्यालय निर्माण स्थलमा हालपनि कुनै बोर्डसम्म राखिएको पाईन्दैन । तर ठेकेदारको भनाई अनुसार दोस्रो तलमा ईट्टाले च्यापेर बोर्ड राखिएको बताउनुभयो । ठेकेदारको भनाईलाई मान्ने हो भने विद्यालय निर्माण गर्न करीब ४० लाख रुपैयामा ४ कोठे भवन तयार गरिएको जसमा ५ प्रतिशत श्रमदान समेत आउँछ । त्यस अनुसार ८ कोठे भवन निर्माण गर्दा ८० लाख रुपैया संघीय बजेटमार्फत छुट्टाईएको यस अगावै सार्वजनिक गरिसकेका थिए । तर आज फोनमार्फत कुरा हुँदा हिसाब जोड–घटाउ गर्दा मलाई ४ लाख घाटा लाग्ने ठेकेदारले बताउनुभयो ।


ठेकेदारका अनुसार पहेलो ईट्टा कही कतै पनि प्रयोग नगरिएको तर शुरुको दिनमा ईट्टा उद्योगबाट कमसल ईट्टा पठाएको थियो त्यसलाई मेरै घरमा पठाउन लगाई घर निर्माणको लागि प्रयोग गरिने बताउनुभयो ।
यस अगावै यसबारे जानकारी माग्दा विद्यालय निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा शिक्षक रामसुमिरन मिश्रले निर्माण कार्य अन्तिम अवस्थामा रहेको र चाहिएको व्यहोरा अफिसमा भएको हुँदा अहिले उपलब्ध गराउन नसक्ने गरी आलटाल गर्ने जस्तो भनाई राखेका थिए ।
यसबारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर बर्मालाई फोन गरी जानकारी माग्दा उनी आफै अलमलमा परे जस्तो देखिए । उनले विद्यालय निर्माण कार्य व्यवस्थापन समिति मार्फत नै निर्माण भईरहेको भनाई समेत राखे ।
अध्यक्ष बर्माले व्यवस्थापन समितिमार्फत नै विद्यालय भवन निर्माण भईरहेको त्यसमा नेपालगन्ज उपमहानगरपालिकाबाट गोकर्ण सर र विद्यालयबाट प्राचार्यको सहभागिता रहेको जानकारी गराउनुभयो ।
अध्यक्ष बर्माले संघीय बजेटमार्फत निर्माण भईरहेको बजेटमा श्रमदान नै नरहेको भनाई राख्दै यो शिक्षा कार्यालयको बजेटमार्फत निर्माण भईरहेको भनाई राखेको हुँदा आम जनमानसले आफै मूल्यांकन गर्नुपर्ने देखिन्छ कत्रो गोलमाल रहेको छ ।
विद्यालय व्यवस्थापन समितिको जिम्मेवार पदमा रहेका अध्यक्षको भनाई कुनै तथ्य बिनाको रहेको पाईन्छ । उनलाई केही जानकारी नै नरहेको जस्तो कुरा गर्नुभयो । उनले समेत ५ प्रतिशत श्रमदान बिनाको ८ कोठे भवन निर्माणमा ७२ लाख नै रहेको बताउनुभयो । तर ईष्टीमेटमा ४ कोठे भवन निर्माणमा ३८ लाख ९६ हजार चानचुन बजेट रहेको देखिन्छ ।


यसबारे विद्यालय निर्माणमा प्रत्यक्ष नेपालगन्ज उपमहानगरपालिकाबाट खटेका ईन्जिनियर शुभम वैश्यका अनुसार निर्माण कार्यमा थोरै कमी कमजोरी शुरुमा भएको हो जुन बेला कमसल र पहेलो ईट्टा प्रयोग भयो । त्यसपछि हामी प्रत्यक्ष निगरानीमा ईष्टमेट अनुसार उपस्थिति भएर सम्पूर्ण कार्य सम्पन्न गरेको बताउनुभयो ।
सञ्चारमाध्यममा विद्यालय निर्माणको विषयमा सूचना माग भएपछि सम्बन्धित पक्ष हाल बिल भौचर मिलाउन ब्यस्त देखिएका छन् भने श्रावण ३१ गते निर्माण स्थल मै प्रेस मिट गर्ने समेत सूचना प्रकाशन गरिसकेको पाईन्छ ।
यसबारे विद्यालयका प्राचार्य समिम कुरैसीसँग जानकारी माग्दा उनले हामीले चेक दिनु अगावै निर्माण उपभोक्ता समितिमार्फत पेश गरिको बिल आदि चेकजाँच गर्ने र पेश भए अनुसारको निर्माण कार्य भए नभएको हेरी मात्र भुक्तानी दिने गरेको बताउनुभयो ।
यसबारे नेपालगन्ज उपमहानगरपालिका लेखाशाखाको अनुसार विभिन्न चरणमा गरी करीब ६३ लाख भुक्तानी भईसकेको जनाईएको छ । विद्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ भने करीब ५४ लाख भुक्तानी भईसकेको ठेकेदारको भनाई रहेको छ । जसमा १४ लाख शौचालय निर्माण र बाँकी विद्यालय भवन निर्माणमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *