Tuesday, April 21सत्यम खबर
Shadow

आय आर्जनमा सहयोग पु¥याउन महिलाहरुलाई सामग्री सहयोग

नेपालगन्ज, २१ श्रावण – नेपालगन्ज उप–महानगरपालिकाले महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग गरिएको हो ।
बिहिवार नगर प्रमुख डा. धवल शम्शेर राणाले महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । उपमहानगरपालिकाले यसअघि तालिम प्राप्त महिलाहरुलाई ब्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।


उपमहानगरपालिकाका सामाविक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाईकटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ ।
यसैगरी ४९ जनालाई साईकाल सहयोग गरिएको छ । दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका महिलाहरुलाई सामग्री सहयोग गरेको छ । गत आवमा नगर कार्यपालिका सदस्यहरुले सञ्चालन गर्ने कार्यक्रमका लागि १२ लाख रुपियाँको कार्यक्रम विनियोजन गरिएकोमा कोभिडका कारण आयआर्जन मुलक कार्यक्रम सञ्चालन हुन नसकेपछि यसअघि तालिम प्राप्त महिलाहरुलाई सिलाईकटाई तथा इन्टरलक मेसिन उपलब्ध गराइएको हो ।


नेपालगन्ज उप–महानगरपालिकामा नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष सहित अन्य ८ जना कार्यपालिका सदस्य रहनुभएको छ । कौसलकुमार धोवी, देउमल सुनार, वशन्ता जोशी, इन्दिरा शाही, नन्कैै पठानी, सीमा बैश्य, मञ्जु नेपाली र देवेन्द्रपाल सिंह कार्यपालिका सदस्य रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *