Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

पत्रकारमाथी दुर्व्यवहार गर्ने असइ चौधरीले माफी मागे

पत्रकारमाथी दुर्व्यवहार गर्ने असइ चौधरीले माफी मागे

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असोज - बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ । वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो । सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेका थिए । पत्रकार महासंघ बांकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम र बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपाने बिच आज भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन । चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नु भयो महासंघका अध्यक्ष भण्डारीले भन्नुभयो-`पत्रकारहरुको सुरक्षाका लागि महासंघ प्रतिबद्ध छ । ´ वडाअध्यक्ष भने अहि...
चीनकाे विस्तार नितिले नेपालकाे भुभाग खतरामा : प्रवक्ता पठान

चीनकाे विस्तार नितिले नेपालकाे भुभाग खतरामा : प्रवक्ता पठान

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु, १८ असोज - विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्तर्गत विजयनगर गाँउपालिका भित्र वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ ।नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले विजयनगरमा जसपाको अभियानमा एकबद्ध भएर लाग्न अनुरोध गर्दै चाइनाको विस्तार नीतिले नेपाल को भूभाग समेत खतरा रहेको बताउनु भएको छ । कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भै गरेका कार्यलाई जसपाले निगरानि गर्ने आवश्यक रहेको जसपा उपाध्यक्ष राम निवास पुरीले बताउनु भ...
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्‍न

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्‍न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असोज – भारतको पिथौरागढमा सञ्चालित ‘एक्स सूर्य किरण’ पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्‍न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो। भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिबार अन्तिम प्रवचन भएको उक्त अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेना...
पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असाेज - पत्रकारमाथि भएको आक्रमण प्रयासको घट्नाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अवधी पत्रकार संघ नेपालका सदस्य तथा अनलाईन खोजखबरका पत्रकार जावेद अहमद शाह र माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरेमाथी बाँके जानकी गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष चन्द्रीका प्रसाद गुप्ता नेतृत्वको समुहले गरेको दुव्र्यवहार एवम् आक्रमण प्रयासको घटनाप्रति अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले सोमबार एक बिज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा वडाध्यक्ष र प्रहरीबाट भएको दुब्र्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय रहेको उल्लेख गरेको छ । यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन अवधी पत्रकार संघ ...
चीनमा बसोबास गर्ने अल्पसंख्यक उईगर मुस्लिमहरुको लागि शान्तिको सन्देश बाँकेबाट ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’

चीनमा बसोबास गर्ने अल्पसंख्यक उईगर मुस्लिमहरुको लागि शान्तिको सन्देश बाँकेबाट ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – ईस्लाम धर्मावलम्बीहरुको ताजिया, मोहरम पर्वको चालीस दिनपछि मनाउने चलिसवा (चहेल्लुम) छुट्टाछुट्टै स्थान र मितिमा मनाउने परम्परा रही आएको छ । बाँकेको नेपालगन्जमा यस पटक फरक सन्देशका साथ धुमधाम बाजागाजासहित मनाएका छन् ।बाँकेमा मनाईएको चहेल्लुम पर्वमा यस पटक सचेतना र शान्तिको सन्देश विश्व माझ दिंदै वर्तमान अवस्थामा चीनमा बासोबास गरिहेका मुस्लिम अल्पसंख्यक माथी अन्यायको बारे मौन बसेका युवाहरूलाई सचेत हुन जरुरी रहेको बताएका छन् । बाँकेको जैसपुर, बाबुगाउँमा चहेल्लुम पर्व बाजागाजासहित जुलुस निकाली सम्पन्न भएको छ । तर हरेक बर्ष जस्तो मनाउने चलिसवा पर्व यस पटक केही फरक देखिएको छ । नेपाली मुस्लिमहरुले बिश्वमा रहेका ईस्लामिक धर्म मान्नेहरुलाई शान्तिको कामना समेत गरेका छ्न । बाँकेको नेपालगन्जमा विभिन्न स्थानमा ब्यानर लगाएर शुभकामना सन्देश दिएका छन् । बाँकेको जयसपुर, बाबुगाउँ, ...
मधेश मिडिया मिसनबाट मधेशी जनताको अपेक्षा

मधेश मिडिया मिसनबाट मधेशी जनताको अपेक्षा

CoVid19, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
मितिः २०७८ असोज १८ गतेविद्रोहीकरीब १५ वर्षअघि बाँके जिल्लामा मधेश मिडिया मिसन नेपालको शाखा गठन गरिएको थियो । मधेश मिडिया मिसन बाँके जिल्लामा स्थापना गर्दा सो समय मधेशको आन्दोलन चरममा थियो । बराबरीको हक अधिकार पाउन मधेशी जनता सडकबाट संघर्ष गरी रहेका थिए । सो मधेशी आन्दोलनाई सघाउन यहाँ मधेश मिडिया मिसन नेपालले आफ्नो अहम भूमि निर्वाह गरेकोले बाँके जिल्लाबाट मधेशी जनअधिकार फोरम भारी मतले निर्वाचनमा विजयी भयो । मधेशी राजनीतिक दलले मधेश मिडिया मिसनबाट धेरै लाभ उठायो । तर संस्थाको विकासको लागि केही कार्य गरेन, जसको कारण आर्थिक अभावको कारण यो निष्क्रिय बन्न पुग्यो ।एउटा कटु सत्य भन्ने हो भने निर्धक्क रुपमा भन्न सकिन्छ कि चाहे त्यो मधेशको आन्दोलन होस् वा निर्वाचन होस् मधेशी जनता र मधेशी मिडियाले मधेशी राजनीतिक दललाई तन, मन र धनले सघाए । तर सो मधेशी दल यति मौका परस्त बने कि सत्ता, कुर्सी र रकमको लोभ...
कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

CoVid19, अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
- रमेश चन्द्र कुमालनेपालगन्ज, १८ असोज – कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटकको मञ्चन नहुने कुरा जानकारीमा आएको छ ।नेपालगन्जमा एक शताब्दीभन्दा बढीदेखि बडादशैंमा रामलीला नाटकको मञ्चन हुने गरेको छ । बडादशैं तथा विजया दशमीमा केही वर्षदेखि १३ नं. वडा बाँकी बगिया मैदानमा निर्माण भएको नाट्य मञ्चमा रामलीला नाटक कार्यक्रमको आयोजन हुँदै आएको छ । यसअघि ८ न. वडाको सेतु बाबुको हातामा लामो समयसम्म कार्यक्रमको आयोजना भयो सो पछि केही वर्षसम्म नाकाटोलको टण्डन राइस मिलमा आयोजन हुँदै आएको थियो । सबै भन्दा पहिले नेपालगन्ज टाँगास्टैण्ड नजिक सो रामलीला नाटकको मञ्चन गर्ने शुरुवात स्व. विशेश्वरनाथ सरजुप्रसाद टण्डनबाट आयोजन हुने गरेको इतिहास छ ।यसरी नेपालगन्जमा १५२ वर्षदेखि रामलीला नाटकको मञ्चन हुने गरेको पाइन्छ । २०७५ चैत्र ११ गतेमा कोरोना संक्रमणको कारण लकडाउन गरिएको थियो जसको कारण २०७७ मा १...
नेपालको सीमा चीनले अतिक्रमण गरेको विरोधमा प्रदर्शन

नेपालको सीमा चीनले अतिक्रमण गरेको विरोधमा प्रदर्शन

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १८ असोज – नेपालको सीमा चीनले अतिक्रमण गरेकोमा राष्ट्रिय एकता अभियानले राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।अभियानले माइतीघर मण्डलामा चीनको विरुद्ध प्रदर्शन गर्दै चिनिया राष्ट्रपति सि जिनपिंगको पुतला समेत जलाएको छ । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गर्ने क्रममा चाइना हस्तक्षेप बन्द गर, नेपाली भूमिमा अतिक्रमण बन्द गर, नाकाबन्दी खुल्ल्ला गर भन्ने किसिमको नारा लगाएका थिए ।विस्तारवादी नीति राखेको चीनले हुम्लाको २ वटा ठाउँमा बलमिच्याई गर्दै नेपाली भूमि भित्र पसेर अवैध गतिविधिहरु गरेको पाइएको छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीनले आफै बनाएको खुलासा गृह मन्त्रालयका सहसचिव जयनाराण आचार्यले गरेका थिए । लाप्चा भञ्ज्यांग लिमीको लाप्चा क्षेत्रमा सिमाना अतिक्रमण भएको छ भने सिमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । हुम्लाको सीमा ५.१ र ५.२...
हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

CoVid19, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, १८ असोज – नेपालगन्ज उमनपा ८ नं. वडा बुलबुलिया गाउँ नजीक रहेको हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि त्यहाँ दिवंगतहरुको अन्तिम संस्कार गर्न कठिनाई परेको छ । नेगउमनपा ८ वडा समिति कार्यालयले हिन्दु शम्शान भूमिमा अन्तिम संस्कार कार्य गराउन आवश्यक रहेको काठ सर्वसुलभ ढंगले उपलब्ध गराउन शैलेन्द्र जोशी पण्डालाई नियुक्त गरेको थियो । अहिलेसम्म शम्शान भूमिमा काठ न्यूनतम मूल्यमा उपलब्ध गराउने कार्य भई रहेको थियो । तर भाद्र महिनादेखि त्यहाँ काठको अभाव भएको छ जसको कारण दिवंगत भएका परिवार सदस्य मृतकको अन्तिम संस्कार गर्न बाहिरबाट चर्काे मूल्यमा काठ खरीद गर्न बाध्य बनेका छन् । शम्शान भूमिमा अहिलेसम्म रु. १ हजारमा ५ क्विन्टल काठ उपलब्ध गराउने कार्य भइ रहेको थियो तर अब काठको अभाव भएपछि बाहिरबाट खरीद गर्दा १२ सय रु. प्रति क्विन्टलमा काठ खरीद गर्नु पर्ने बाध्यता छ । काठ अभावक...
मुस्लिम कब्रिस्तानको विवाद चरममा

मुस्लिम कब्रिस्तानको विवाद चरममा

CoVid19, अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – नेगउमनपा ४ नं. वडा सल्यानीबाग नजीक रहेको मुस्लिम कब्रिस्तानको विवाद अहिले चरममा पुगेको छ । केही दिन अगाडी देखि यो विवाद बाहिर आएको हो, केही महिनाअघि मुस्लिम कब्रिस्तानको उत्तरतर्फको पर्खाल अग्लो पारी त्यस कब्रिस्तानको पछाडि रहेको जमिन प्लटिंग गरिएको थियो । कब्रिस्तान पछाडि रहेको जमिन प्लटिंग गर्ने क्रममा कब्रिस्तानको पर्खाल जुन कि एक प्रकारले एल आकारको थियो त्यसलाई भत्काई नयाँ पर्खाल खडा गर्दा ३ मीटर जति कब्रिस्तानको जमिन हराएको थियो । यसै कारणले यहाँ अहिले मुस्लिम कब्रिस्तानको विवाद चरममा पुगेको छ ।कब्रिस्तानको दक्षिणतर्फ राप्ती पथ जाने मूल सडकको उत्तरपट्टी विगत समय करीब ५४ वटा पसल निर्माण गरिएको थियो । यो पसल निर्माण गराउने उद्देश्य एउटा मात्र थियो कि पसलबाट उठेको भाडा रकम गरीब निर्धन मुस्लिमलाई सहयोग गर्दै कुनै गरीब परिवारको मुस्लिमको छोरा छोरीको बिहे हुँदा त्यसमा र...