Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण विजयी

प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ असोज – रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा विजयी भएको छ ।भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणलाई खेमराज शर्माले ५६ मिनेटमा अग्रता दिलाएका थिए । ६१ मिनेटमा संगम चौधरीले गोल गर्दै भैरवप्रसाद गणको अग्रता फराकिलो बनाए । ६८ मिनेटमा खेमराज शर्माले अर्को गोल गरेपछि भैरवप्रसाद गण सहजै विजयी भएको थियो ।मध्यान्तरसम्ममा कडा चुनौती दिएको युनाइटेड क्लव पहिलो गोल खाएपछि खस्किएको थियो । एक गोलको अग्रतापछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की नै मैदानमा उत्रिएका थिए । गणपति नै मैदानमा उत्रिएपछि सेनाको खेलाडीको हौसला अझ बढेको थियो ।यो खेलमा भैरवप्रसाद गणका युद्ध शाही म्यान अफ द म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे ।ने...
प्रथम बागेश्वरी कपः न्यू डाँफे र नवदुर्गा विजयी

प्रथम बागेश्वरी कपः न्यू डाँफे र नवदुर्गा विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ असोज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र नवदुर्गा युथ क्लव विजयी भएका छन् । न्यू डाँफेले सिटी युथ क्लव र नवदुर्गाले दंगा प्रहरीलाई पराजित गरेको हो ।पहिलो खेलमा न्यू डाँफेले सन्देश गुरुङको ह्याट्रिकसहित सिटी युथलाई ५–० गोलले पराजित ग¥यो । एकतर्फी भएको खेलमा न्यू डाँफेले २७ मिनेटमा सन्देशको गोलबाट अग्रता लिएको थियो । ४७ र ८० मिनेटमा गोल थप्दै सन्देशले ह्याट्रिक गरे । न्यू डाँफेका दिपेन्द्रराज सिंहले ५६ र विमल बस्नेतले ६२ मिनेटमा गोल गरेका थिए ।प्याड नभएका कारण सिटी युथ क्लव शुरुवाती केही समय दश जनामात्रै खेलेका थिए । खेलको अन्तिमतिर फेरि सिटी दश खेलाडी मै सीमित भएको थियो । सिटीका आयुश कर्माचार्य दोहोरो पहेलो कार्ड पाएपछि बाहिरिएका थिए । यो खेलमा न्यू डाँफेका सन्देश म्यान अफ द म्याच भए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष गो...
जसपा नेपालको संगठन सुदृढीकरण तथा जनजागरण भेला सम्पन्न

जसपा नेपालको संगठन सुदृढीकरण तथा जनजागरण भेला सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु, १६ असोज - विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्तर्गत विजयनगर गाउँपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षतामा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ । नव गठित इकाइ कमिटीलाई शुभकामना दिंदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले विजयनगरमा जसपाको अभियानमा एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ । कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण, पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भए गरेका कार्यलाई जसपाले निगरानी गर्ने आवश्यकता रहेको जसपा उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ । साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नर...
नेपालगन्जमा अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

नेपालगन्जमा अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असाेज - विश्व अहिंसा दिवसको उपलक्ष्यमा अखिल भारतीय अदव परिषद एवं परिवर्तन फाउंडेशन नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्यताका साथ नेपालगन्जमा सम्पन्न भएकाे छ । कार्यक्रमको मुख्य अतिथि संघीय सांसद पूर्णकुमारी सुवेदी, विशिष्ट अतिथि कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सफीक बेहना, वरिष्ठ साहित्यकार सनत रेग्मी, सच्चिदानंद चौबे, बिष्णुलाल कुमाल, किरन आचार्य, कल्पना खरेल, गनेसा कार्की, मघई सिंह, सागर नेपाली, खुमा ओली, भारतबाट आएका सायर मुरादावादी, सरफराज हुसैन, शुभम कश्यप, पीके प्रचण्ड, देसराज सिंह, रश्मी प्रभाकर, रईस सिद्धकी लगायत दर्जनों बढी कविहरूले नेपाली र हिन्दी भाषामा आ-आफ्नाे गीत, गजल, कविता, सायर आदि प्रस्तुत गरी सभालाई मन्त्रमुग्द गराएकाे थिए । परिवर्तन फाउंडेशन नेपालका अध्यक्ष कृष्णादेवी पाण्...
प्रथम बागेश्वरी कप : धम्बोझी र रेसिङ साहरा विजयी

प्रथम बागेश्वरी कप : धम्बोझी र रेसिङ साहरा विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असोज – रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपालगञ्जको धम्बोझी क्लव र कोहलपुरको रेसिङ साहराले विजयी शुरुवात गरेका छन् ।नेपालगन्ज रंगशालामा चलिरहेको प्रतियोगितामा धम्बोझी क्लवले मोडेल टीम र रेसिङ साहराले न्यू भगवतीलाई पराजित गरेका हुन् ।पहिलो खेलमा धम्बोझीले मोडेल टीमलाई ३–१ गोलले पराजित ग¥यो । धम्बोझीले प्रशान्त केसीको गोलबाट ४५ मिनेटमा अग्रता लिएको थियो । ७४ मिनेटमा मिलनध्वज सलामीको गोलमा धम्बोझीले अग्रता बढायो । ८० मिनेटमा फेरि प्रशान्तले धम्बोझीका लागि अर्को गोल थपे । मोडेलका तर्फबाट सरोज खत्रीले ८२ मिनेटमा एक गोल गरेका थिए । पहिलो हाफसम्म राम्रो प्रतिस्पर्धा गरिरहेको मोडेल त्यसपछि खस्किएको थियो । पहिलो हाफमा धम्बोझीले भन्दा गोलका अवसर मोडेलले पाएको थियो । त्यो अवसरलाई मोडेलले सदुपयोग गर्न सकेन ।खेलमा धम्बोझीका प्रशान्त...
स्वास्थ्य क्षेत्रमा डुडुवा उत्कृष्ठ

स्वास्थ्य क्षेत्रमा डुडुवा उत्कृष्ठ

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १६ असोज – बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको पाइएको छ ।डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो ।उहाँका अनुसार मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो । प्रमुख शाहले बाँके जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको दुई दिने जनस्वास्थ्य क्रियाकलापबारे जिल्लास्तरीय वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका स...
‘अवधी पत्रकारिता दिवसको स्थापना गर्ने’– अध्यक्ष त्रिपाठी

‘अवधी पत्रकारिता दिवसको स्थापना गर्ने’– अध्यक्ष त्रिपाठी

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १७ असोज – मधेश मिडिया मिशन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकद्वारा विभिन्न निर्णयहरु गरिएको छ ।संस्थालाई चलायमान हुने गरी गरिएको विभिन्न निर्णयहरुमा संस्थाका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी समेत दिईएको संस्थाका सचिव सन्ध्य शर्माले बताउनुभयो । मधेश मिडिया मिशन नेपाल बाँके शाखा सचिव शर्माका अनुसार आज शनिबार गरिएको निर्णयहरु ऐतिहासिक रहेको तथा निर्णय नं. १ मा सहसचिवमा नयाँ मुलुक प्रकाशनका सञ्चालक रमेशचन्द्र कुमाललाई चयन गरिएको छ । निर्णय नं. २ मा कार्यसमिति पदाधिकारीहरुलाई परिचयपत्र वितरण गर्ने तथा उक्त कार्यको सम्पूर्ण जिम्मेवार शाखा कोषाध्यक्ष चन्दा सिंहलाई दिने निर्णय गरिएको बताउनुभयो ।यसैगरी, निर्णय नं. ३ मा संस्थाको विधान अनुसार अवधी भाषी सक्रिय पत्रकारहरुलाई संस्थामा आबद्ध गर्ने गरि नयाँ सदस्यता वितरण गर्ने निर्णय गर...
ढुंगा खसेर ८ जना विद्यार्थीसहित १ शिक्षक घाईते

ढुंगा खसेर ८ जना विद्यार्थीसहित १ शिक्षक घाईते

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बारेकाेट, १५ असाेज - बिद्यालय भवनको पर्खालबाट ढुंगा खसेर ८ जना वालबिकासका विद्यार्थी र १ जना शिक्षक घाईते भएका छन । बारेकोट गाउँपालिका वड नं २ स्थित बिरेन्द्र एश्वर्य प्राथमिक विद्यालयको बाल बिकास ब्लकको पर्खालबाट ढुंगा खसेर एक शिक्षक सहित ३ छात्रा र ५ जना छात्र घाईते भएका हुन । स्कुल पढ्न गएका बाल बिकासका विद्यार्थीको कोठामा ११ बजे ढुंगा खसेपछि विद्यार्थीहरु घाइते भएको र उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार भैरहेको स्थानीय जयराज गिरिले बताए । उनले घाईते मध्य ७ जनालाई सामान्य चोट लागेको र २ जनाको गम्भीर अवस्था रहेको जनाएका छन ।स्थानीय द्वारा निर्माण गरिएको बाल बिकास केन्द्र द्वन्द्वकालमा युद्धमा घाईते भएकाहरुको उपचार गर्ने केन्द्रका रुपमा प्रयोग गर्ने गरिएकाले तत्कालीन माओवादीले उक्त भवन बनाईदिने भनिएतापनी नबनाईएको स्थानीयहरुले गुणासो ब्यक्त गरेका छन । नयाँ ब्लकका लागी ...
सभापति खत्री विरुद्धको अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण

सभापति खत्री विरुद्धको अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १५ असोज – नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति माधवराम खत्रीकाविरुद्ध हालै सार्वजनिक भएको ‘कपोकल्पित’ र ‘भ्रमपूर्ण’ अभिब्यक्तिप्रति कांग्रेस क्षेत्र नम्बर १ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।क्षेत्रीय सचिव लक्ष्मण थारुले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘हारको मानसिकता’ बाट ग्रसित भएका ब्यक्तिले क्षेत्रीय सभापतिविरुद्ध भ्रमपुर्ण अभिब्यक्ति दिएको ठहर गरेका छन् । ‘विधि विधान, नीति नियम नमान्दा र दम्भ, अहंकारका कारण क्षेत्र नम्बर १ मा विवाद बल्झिएको भनि क्षेत्रीय सभापतिमाथी लगाएको आरोप खेदजनक छ, यस्ता अपुष्ट र निराधार आरोपका पछाडी नलाग्न हामी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसमा आस्थावान आम नेता, कार्यकर्ताहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘चुनावबाट डराईरहेका ब्यक्तिले क्षेत्रीय सभापतिविरुद्ध अनेक षडयन्त्र र अफवाह फैलाएर आफु पन्छिन खोजेको प्रष्ट देखिन्छ, यस्ता ...
नेपाल र भारतीय अधिकारी बैठकमा पुनर्निर्माण परियोजनाहरूको समीक्षा

नेपाल र भारतीय अधिकारी बैठकमा पुनर्निर्माण परियोजनाहरूको समीक्षा

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डाै, १५ असाेज - भूकम्पपछिको पुनर्निर्माण परियोजना सम्बन्धी नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपिएमसी) मा पुनर्निर्माण परियोजनाहरूको समीक्षा भएको छ । भारतीय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा काठमाडौंमा बिहीबार बैठक सम्पन्न भएको हो ।बैठकमा भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत् समीक्षा भएको छ । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाह...