Sunday, April 26सत्यम खबर
Shadow

पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

नेपालगन्ज, १८ असाेज – पत्रकारमाथि भएको आक्रमण प्रयासको घट्नाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अवधी पत्रकार संघ नेपालका सदस्य तथा अनलाईन खोजखबरका पत्रकार जावेद अहमद शाह र माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरेमाथी बाँके जानकी गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष चन्द्रीका प्रसाद गुप्ता नेतृत्वको समुहले गरेको दुव्र्यवहार एवम् आक्रमण प्रयासको घटनाप्रति अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संघले सोमबार एक बिज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा वडाध्यक्ष र प्रहरीबाट भएको दुब्र्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय रहेको उल्लेख गरेको छ । यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन अवधी पत्रकार संघ नेपालले जोडदार माग गरिएको संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *