३५ जनाले रक्तदान
नेपालगन्ज, २९ मंसिर - वण्डर ल्याण्ड फन पार्कले रक्तदान जीवनदान मूल नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा आज बुधवार महिला, पुरुष गरी ३५ जनाले रक्तदान गरेका छन् ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.२० मनिकापुर सुर्खेरोड स्थित रहेको वण्डर ल्याण्ड फन पार्कले आयोजना गरेको रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता, समाजसेवी, वण्डर ल्याण्ड फन पार्कका कर्मचारी लगायत ३५ जना महिला, पुरुषले रक्तदान गरेका छन् ।
वण्डर ल्याण्ड फन पार्कका म्यानेजर क्षितिज श्रेष्ठले १ पिन्ट रगत दिएर रक्तदान कार्यक्रममा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
वण्डर ल्याण्ड फन पार्कका एमडी शिवाँशु यादव र म्यानेजर क्षितिज श्रेष्ठले संयुत रुपमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्राविधिक सुनिता कुमाई र ममता खडकालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभए...








