Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७, मंसिर –अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ । ‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने । अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिक्रिया दिएका छैनन् । (एजेन्सी)...
भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ मा नरवणे नियुक्त

भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ मा नरवणे नियुक्त

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २७, मंसिर - भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा नियुक्त भएका छन् । प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा नियुक्त भएका हुन् । रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् ।भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन् । (एजेन्सी)...
ओशोको सम्झनामा रुख लगाईयो

ओशोको सम्झनामा रुख लगाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ मंसिर – ओशोको जन्म सन् १९३१ मा सामान्य परिवारमा भएको थियो । भारतको मध्य प्रदेश स्थित कुचवाडा भन्ने गाउमा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकाल मै उनलाई दर्शनमा निकै रुचि थियो र उनी पढाईमा निकै तेज थिए । उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरेका थिए । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापकको रुपमा पनि काम गरे । उनले धर्म तथा जीवन जगतका विचार धारामाथि सन्सार भरि प्रवचन दिए । उनको प्रबचन निकै जीवन उपयोगी छन् र ध्यान बिधिहरु पनि निकै उत्कृष्ट मन मस्तिष्क छुने खालका छन् । उनको आकर्षक व्यक्तित्व र दमदार प्रबचनले मानिसहरु माथि निकै प्रभाव पर्ने गर्थ्यो । परम गुरु ओशोले छोटो समयमा बिश्व भरी लाखौ अनुयायी बनाई सकेका थिए । प्रवचनका साथसाथै उनले आफ्नै सक्रियतामा ध्यान शिविर पनि आयोजना गरेका थिए । शुरुमा उनलाई आचार्य रजनीश भनी चिनिन्थ्यो र ...
मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर - बाँके जिल्लाको नेपालगन्जमा नेपाल र भारतका उर्दू साहित्यकारद्वारा आज शनिवार मासिक गजल गोष्ठी महेन्द्र पुस्तकालय नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–८ स्थित महेन्द्र पुस्तकालयको हलमा आज शनिवार सम्पन्न गुल्जार–ए– अदब बाँकेद्वारा आयोजित मासिक गजल गोष्ठीमा नेपाल र भारतका उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । सो कार्यक्रममा संबिधान सभा सदस्य सर्वतआरा खानमका पिता नेपालगन्जका निवासी वरिष्ठ उर्दू शायर स्व.फारुक अहमद आरफीले नेपालगन्जमा उर्दू साहित्यकारहरुको जग बसालेका थिए त्यसैले आजको दिनमा उहाँले बसालेको जगलाई अझै बलियो बनाई गुल्जार–ए– अदब बाँकेलाई संबिधान सभा सदस्य सर्वतआरा खानमले धन्यवाद दिदैं उर्दू साहित्यकारको लागी एउटा भवन हुन जुरुरी रहेको छ । सो भवन बनाउनका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । अवधी साँस्कृतिक बि...
ध्यान नै जीवन हो

ध्यान नै जीवन हो

आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
हेमन्त राज काफलेमिति २०७८/०८/२५ गते, शनिबार शान्तितुल्यं तपो नास्ति, न संतोषात्परं सुखम ।न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः ।। ‘शान्तिजस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णाजस्तो कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म छैन भनेर हाम्रा ग्रन्थमा उल्लेख छ । मानिस चेतनसिल प्राणी जगतकै सर्बश्रेस्ठ प्राणी हो। मानिस दिनानु दिन कमजोर हुँदै गएको छ चिन्ता बढाउदै गएको छ आफ्नै कारणले । मानिस अरुको देखासिकि अनि आरिसे घमण्डले चुर्लुम्म फसेको छ अरुले प्रगति गरेको देख्नै सक्तैन स्वभावले नै आरिसे छ उसको । मानिस कहिले सन्तुष्ट हुदैन र सुखि खुसि हुदैन । मानिसका आशा आकाङ्क्षा हरु असीमित भएका छ्न, यसरी असीमित आशाहरुले गर्दा मानिस निकै पिडित छ। सधै मानिस चिन्तित देखिन्छ र हासेर समाजमा हिड्नै सक्दैन । जीवन आफैमा अनुभवको भण्डार हो । संघर्समै बित्छ जीवन अन्त्य सम्म। मानिस सधै जन्जिरले ब...
? चोर कि साधु ?

? चोर कि साधु ?

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
कबिताबिस्णु पोख्रेल नाना प्रपञ्च गरेर,फाटेको दुध मथेर,नौनी निकाल्छु भन्दै,अध्यक्ष बनेका एक नेताले,जनताको आड लिदैमञ्चका अरु सप्पै नेताचोरै चोर देखेछन, आफू जस्तालाई देखेपछिचोर आयो भन्दैजनताले लखेटेकोआभास पाएँ भनेछन,साधु बन्ने कसम तखाएको थाहा भएन,आफू जस्तै अरुलाईध्यानाकर्षणसम्म गराएछन, उनका अनुसारसबै नेता चोर रे,उनी आफू समेत चोर रे,झुक्केर म साधु हुँ भन्ने पनिअचम्ममा परेछन,सानो समयको भाषणमा उनलेे,ठुलो आत्मकथा पोखेछन। म पनि अचम्म परेँ,उनी पनि छक्क परिन,छिमेकी पनि जिल्लिए,नगरबासी महानगर बासी,गाउँ बासी समेत जिल्लिए, पिछलग्गुहरुको जमात त,लाजले राता पिरा टर्रा भए, आफैले आफैलाई चोर भने,सह-मञ्चासिनलाई चोर भने,चोर स्वीकार गरेरआत्मसात गरेठुलो गुन लगाए,आत्म सुधार गरून्,अरुले पनि उनलेे पनिआत्म सुधार गरून्,अनि चोर भन्दा बढीडाँका डाँका नजपुन,मसान बोलाउनडाँको नछोडुन । नेताका पिछलग्गुठुलो ...
सचेतनामुलक कार्यक्रम गरि दिवस मनाइयो

सचेतनामुलक कार्यक्रम गरि दिवस मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २५ मंसिर – अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले भ्रष्टाचार विरुद्धको अभियान हाम्रो अधिकार हाम्रो भुमिका भन्ने नाराका साथ यसप्रतिको प्रतिबद्धता गरि मनाएको हो । संस्थाले जिल्ला प्रशासन कार्यालय अगाडी दिप प्रज्जवलन कार्यक्रम गरेको छ भने डुडुवा गाउँपालिकामा भ्रष्टाचार विरुद्ध हाम्रो प्रतिबद्धतासहितको हस्ताक्षर संकलन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय अगाडी आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा समेत संस्थाले हस्ताक्षर संकलन गरेको थियो ।यसैगरि संस्थाले विश्व मानव अधिकार दिवस पनि मनाएको छ । जिल्लामा विभिन्न अधिकारकर्मी संस्थाहरुको समन्वयमा स्थानीय मानव अधिकार संजालको संयोजनमा अन्तत्र्रिmया कार्यक्रम गरिएको छ । यसैगरि लैङिक हिंसा विरुद्धको १६ दिने ...
बासको २१ औं वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

बासको २१ औं वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सकिल अहमद राईनेपालगन्ज, २४ मंसिर - भ्रष्टाचार बिरुद्व देशब्यापी रुपमा क्रियाशिल संस्था बास आजदेखि २१ बर्ष पुरा गरी २२औं बर्षमा प्रबेश गरेको छ । २१ बर्ष पुरा भएको अवसरमा बासले संस्थाको २१औं बार्षिकोत्सब समारोह नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ । बार्षिकोत्सवलाई भब्यताका साथ मनाउँदै संस्थाले विभिन्न साँस्कृतीक कार्यक्रम, मन्तब्य, सम्मान लगायतका कार्यक्रमहरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि डा. राणाले २१ बर्ष पुरा गर्दै गर्दा बास देश ब्यापी रुपमा भ्रष्टाचार बिरूद्वको अग्रणी संस्थाको रुपमा स्थापित भएकोमा बधाई ज्ञापन गरे । उनले भने बास देशभर परिचित भईसकेको छ। नेपालगन्जमा बास नभए कस्तो होला भन्ने भईसकेको छ । देश भ्रष्टाचारमा रुमल्लिरहेको अवस्थामा बास जस्ता संस्थाहरु अगाडी आ...
पुस्तक तथा स्टेशनरी व्यवसायी संघकाे प्रदेश अधिवेशन भाेलि हुने

पुस्तक तथा स्टेशनरी व्यवसायी संघकाे प्रदेश अधिवेशन भाेलि हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ मंसिर - प्रदेश भरका पुस्तक, स्टेशनरी, मसलन्द लगायत सम्पुर्ण शैक्षिक सामाग्री प्रकाशन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीहरूकाे हकहित संरक्षण र प्रर्वद्वन गर्ने प्रमुख उद्देश्यका साथ मंसिर २५ गते लुम्बिनी प्रदेश समितिकाे तेस्राे साधारण सभा तथा दाेस्राे प्रदेश अधिवेशन गर्ने जानकारी गराईएकाे छ । आज शुक्रबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराउँदै प्रविधिकाे अत्याधिक प्रयाेगका कारण पठन संस्कृति हराउँदै गएकाे अवस्थामा हामीले प्रदेश भरीका प्रत्येक जिल्लामा अत्याधुनिक ई लाईब्रेरीकाे अवधारणालाई अघि सार्दै बुटवलमा रूपन्देही शाखाले आफ्नै भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा ल्याउने बताउनुभयाे । व्यवसायीहरूकाे व्यवसायिक सुरक्षा तथा जाेखिम न्युनिकरणका लागि सामुहिक बिमा याेजना गराई व्यवसायीहरूकाे सम्पतिकाे सुरक्षालाई विशेष जाेड दिने याेजना रहेकाे जानकारी गराईएकाे थियाे । भाे...
‘नौवस्त औद्योगिक क्षेत्र बारे एक्सन लिएर काम गर्छु’: अर्थमन्त्री शर्मा

‘नौवस्त औद्योगिक क्षेत्र बारे एक्सन लिएर काम गर्छु’: अर्थमन्त्री शर्मा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ मंसिर – बाँके नौवस्ता औधोगिक क्षेत्र शिलान्यास कार्यक्रममा उधोग मन्त्री लेखराज भट्टद्वारा शिलान्यास गर्ने क्रममा त्यहाँका स्थानीयको असहमतिमा नै जबर्जस्ती शिलान्यास गरिएको औद्योगिक क्षेत्र अन्यौलमा भएको कुरा सोही स्थानका पीडित अर्थ मन्त्रालयसम्म पुर्याएका छन् । त्यस औद्योगिक छेत्र भित्र पर्ने घर जग्गा जमिनमा परापुर्वकालदेखि भोगचलन गर्दै आइरहेका स्थानीय युवा नेता दर्शन बताउँछ्न । सरकारी जग्गा भएता पनि जनताले नै ढाड सेक्ने तरिकाले राज्यलाई कर बुझाउँदै आइरहेका थिए र बिहान साझ हातमुख जोड्ने वर्ष भरि आफ्ना लालाबालालाई खुवाउने र कृषि प्रधान देशमा पशुपन्छीलाई दैनिक घासपात काठ दाउराले जिविका चलाएई रहेको कुरा स्थानीय बताउछन् । स्थानिय बासीहरुले भोगचलन गर्दै आएको जमिनमा एक इन्च पनि औद्योगिक क्षेत्र बन्न दिंदैनौ भनेर स्थानीयले शिलान्यास हुने क्षेत्र अगाडि नै विरोध गर्दा पनि केही ट...